Free songs
Home / विचार / विकास अभियन्ताहरुको दिगो परिचालन

विकास अभियन्ताहरुको दिगो परिचालन

रमेशकुमार अधिकारी

नेपालमा समुदायस्तरमा सरकारले पु¥याउनुपर्ने विकास सम्बद्ध केही आधारभूत सेवाहरु सम्बन्धित समुदायबाट व्यक्तिको छनोट गरी उनीहरुलाई प्रशिक्षण र प्रोत्साहन प्रदान गरेर दक्ष र सिपालु बनाउ“दै उनीहरुबाटै गाउ“वस्तीमा उक्त विकास सम्बन्धी सेवा प्रदान गर्ने काम लामो समयदेखि भइरहेको छ। सरकारी स्थायी संयन्त्र प्रत्येक गाउ“वस्तीमा पु¥याउन नसकिरहेको सन्दर्भमा समुदायमा विकास अभियन्ताको परिचालनको प्रयोग उपयोगी, मितब्ययी र प्रभावकारी देखिएको छ। सन्निकटताको सिद्धान्तले पनि यस्ता तरिका अवलम्बन गर्न उत्पे्ररित गर्दछ। यही सन्दर्भमा अहिले समुदायमा क्रियाशील केही विकास अभियन्ताहरुको दिगो परिचालनका बारेमा यस लेखमा चर्चा गर्न लागिएको छ।

महिला स्वास्थ्य स्वयंसेविकाः महिला स्वास्थ्य स्वयंसेविकाको परिचालनले टोल–वस्तीमा सरसफाइ र स्वच्छता प्रबद्र्धन गर्न तथा रोग नलाग्ने चेतना फैलाउज्ञद्दन अभूतपूर्ब योगदान पुगेको छ। गर्भवती महिलाको हेरविचार र नवजात शिशुको स्याहार सुशारलगायत खोप लगाउन र औषधि खुवाउने अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा, सल्लाह र सहयोगले लाखांैलाख परिवार लाभान्वित भएका छन्। आर्थिक दयनीयता र सामाजिक चेतनाको कमी भएका परिवारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सेवाले कतिपय अवस्थामा जीवन रक्षाको काम गरेको छ। त्यसैले महिला स्वास्थ्य स्वयंसेविका स्थानीय समुदायका लागि नजिकमा भेटिने डाक्टर हुन् भन्न सकिन्छ।

पशु कार्यकर्ताः नेपालको ग्रामीण क्षेत्रमा उल्लेख्य संख्यामा पशु पालन गर्ने चलन पुरानो हो। केही दशक पहिलेदेखि उन्नत जातका पशुपालनतर्फ आकर्षण बढ्दै गयो र स्थानीय जातका पशु पनि थोरै संख्यामा पाल्ने तर गुणस्तरमा ध्यान दिन थालियो। यसले गर्दा पशुको मूल्य बृद्धि हु“दै गयो। अर्कोतर्फ कुखुरा पाल्ने चलन पनि पोल्ट्री व्यवसायको रुपमा फष्टाउन थाल्यो। यसबाट समुदायस्तरमा पशुपक्षीको स्वास्थ्य र प्राविधिक सेवा टेवाको आवश्यकता महसुस हुनथाल्यो। यही परिवेशमा समुदायमैै पशु कार्यकर्ता तयार गर्ने कार्यक्रम सरकारले शुरु ग¥यो। जसको प्रभाव स्वरुपअहिले गाउ“ वस्तीमा पशु कार्यकर्ताको उपस्थिति छ र सेवाप्रवाह भइरहेको छ। पशु कार्यकर्तालाई भेटेरेनरी डाक्टरको प्रतीकको रुपमा लिन सकिन्छ।

अगुवा कृषकः सरकारले धेरै वर्ष पहिले समुदायका माझबाट कृषकहरु छनोट गरी उनीहरुलाई आधारभूत प्रशिक्षण प्रदान गरेर कृषि सहायकको रुपमा गाउ“वस्तीमा कृषकहरुलाई सघाउन खटाउने व्यवस्था गरेको थियो। उनीहरु स्वयं रोलमोडल बनेर अरुलाई सघाउ“थे। अड्चालीस उन्चास सालसम्म कृषि सहायकको परम्परा मुलुकभर कायम थियो। त्यसपछि अगुवा कृषक तयार पार्न थालियो। यो अभ्यास आयोजनागत रुपमा अद्यापि कार्यान्वयन भइरहेको छ। यस प्रकारको तरिकाबाट प्रशिक्षित अगुवा कृषकहरुले परम्परागत तथा निर्वाहमुखी कृषिलाई उन्नत, आधुनिक र व्यवसायिक बनाउन यथेष्ट योगदान पु¥याएका छन्। बाली विविधिकरण र बेमौसमी खेतीमा लाग्न अगुवा कृषकहरुले गरेको प्रयास प्रशंसनीय छ। पछिल्लो समयमा गोठेमल सुधार र अर्गानिक खेतीतर्फ कृषहरुलाई डो¥याउन अगुवा कृषकहरुले गरेको काम अनुकरणीय छ। यसरी काम गरिरहेका अगुवा कृषकहरु प्लान्ट डाक्टरका प्रतिविम्ब हुन् भन्न सकिन्छ।

सामाजिक परिचालकः नेपाल सरकारले मुलुकभर सञ्चालन गरेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममार्फत स्थानीय निकायमा सामाजिक परिचालकको व्यवस्था ग¥यो। उक्त व्यवस्थाले समृदायमा विकासको माहोल बनाउन सहज भयो। विकासमा नागरिक संलग्नताको आवश्यकता र महत्व उजागर ग¥यो। नागरिक सचेतना र सशक्तीकरण बढ्यो। समुदायले आफ्ना आवश्यकताको प्राथमिकीकरण गर्न सक्ने भए। समूह बनाएर बचत तथा ऋण परिचालन गर्ने कार्य अझ सशक्त भयो। सामाजिक न्यायका आवाज अझ मुखरित हुन थाले। लक्षित कार्यक्रमको लाभ लिन लक्षितवर्ग अग्रसर बन्नुपर्ने चेतना स्थापित भयो। स्थानीय तहका योजना प्रक्रियामा समुदायको सहभागिता बाक्लिदै गयो। सारांशमा समुदायमा विकासको रि–इञ्जिनियरिङ भयो। त्यसैले सामाजिक परिचालकलाई सोसियल इञ्जिनियरको बिम्ब मान्न सकिन्छ। यद्यपि सामाजिक परिचालक पदलाई तलबी बनाएर परिचालन गरियो। तर अब समुदायकै युवाले स्वयंसेवी भएर यो पदको जिम्मेवारी समेत सम्हाल्नुपर्दछ।

मेलमिलापकर्ताः घरपरिवारमा देखापर्ने ससाना विवाददेखि समुदायस्तरका विकासका काममा देखा पर्ने वादविवाद, असमझदारी वा बाधा विरोधलाई समाधान गर्न मेलमिलापकर्ताको सेवा उपयोग भइरहेको छ। स्थानीय तहका न्यायिक समितिले मेलमिलापकर्ताको परिचालनलाई अझ सघन बनाउ“दैछन्। समय र लागतका दृष्टिले यो सेवा छिटोछरितो र किफायती देखिएको छ। विकपूर्ण न्याय प्राप्त हुने समुदायको बुझाइ छ। यस प्रकार समुदायमा सेवारत मेलमिलापकर्ता समुदायका लागि नजिकका न्यायाधीशको रुपमा बुझ्न सकिन्छ।

यसरी विभिन्न विषयमा समुदायमा तयार भएका विकास अभियन्ताहरुले विकासका विभिन्न आयाममा गाउ“वस्तीमा आधारभूत सेवा पु¥याइरहेका छन्। यसबाट समाज रुपान्तरणमा सघाउ पुगिरहेको छ। यी विकास अभियन्ताहरुको बारेमा भविष्यमुखी भएर सोच्दा पनि निरन्तरता दिन आवश्यक देखिन्छ। किनभने समुदायका लागि मानव स्वास्थ्य सबल बनाउन सरसफाइ, पोषण र खानपिनका बारेमा समुदायलाई तरिका सिकाउ“दै मातृशिशु स्वास्थ्यका बारेमा विशेष सेवा पु¥याउन महिला स्वास्थ्य स्वयंसेविकाको सेवा आवश्यक छ। पशुपक्षीपालन पेशा व्यावसायिक बन्दै गएकाले पशुपक्षीको स्वास्थ्य रेखदेखका लागि गाउ“घरमै दक्ष र सिपालु मानिसको सेवा निरन्तर आवश्यक पर्ने देखिन्छ। कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्न कृषकहरुलाई ज्ञान, प्रविधि, र सीप दिन तथा बोटविरुवाको स्वास्थ्य हेरचाहको सेवा घरदैलोमा पु¥याउन अगुवा कृषकको उपलब्धता पनि उत्तिकै आवश्यक छ। विकास प्रक्रियामा सामाजिक परिचालनलाई सशक्त बनाउ“दै विकासको माहोल तयार पार्न सामाजिक परिचालकको भूमिका आवश्यक छ। साथै समुदायस्तरमा देखा पर्ने वादविवाद, असमझदारी वा अवरोधलाई साम्य पार्न मेलमिलापकर्ताको सेवा पनि जरुरी छ।

अब प्रश्न उठ्न सक्छ कि उल्लेखित सबै विकास अभियन्ताहरु क्रियाशील छ“दैछन्, यो विषय उठाउन किन जरुरी भयो ? यो विषय उठाउनुको कारण के हो भने साविकमा उल्लेखित विकास अभियन्ताहरु केन्द्रीय नीति र जिल्लास्तरीय निकायबाट प्रबद्र्धन गरिएका हुन्। मौजुदा संघीय शासन प्रणालीमा साविकका सरकारी संरचनाहरु बदलिएका छन्। अलि अलमलको अवस्था छ। अब विलम्ब नगरी सम्बन्धित पालिकाले यी विकास अभियन्ताहरुको स्वामित्व लिनुपर्दछ। अन्यथा विकास अभियन्ताको काम राम्रो मान्दा मान्दै पनि एक पछि अर्को गर्दै हराउन सक्छन्। कुनै समय गाउ“ विकास कोषले तयार पारेका अध्यक्ष, म्यानेजरलगायतका अभियन्ताहरु ओझेल पर्दै गएका छन्। अतः उल्लेखित विकास अभियन्ताहरु जसलाई यस लेखमा प्रतीकात्मकरुपमा डाक्टर, इञ्जिनियर र न्यायाधीश भनेर चिनाउन प्रयास गरिएको छ– लाई स्थानीय सरकारले अभिभावक भएर दिगो परिचालन गर्न पाथमिकता दिनुपर्दछ।

अब प्रश्न उठ्छ कसरी दिगो परिचालन गर्ने ? यसको बाटो यसरी पहिल्याउन सकिन्छ। गाउ“पालिका र नगरपालिकामा विभिन्न संख्यामा वडा कार्यालय रहेका छन्। वडा कार्यालयहरु जनताका सबै भन्दा नजिकका सरकारी निकाय हुन्। वडा कार्यालयबाट गरिने विकासका कामहरु सालसालै बढ्दै गएका छन्। त्यसैले गाउ“ वस्तीमा विकास अभियन्ताको भूमिका अझ सशक्त र सघन बनाउन आवश्यक छ। यस सन्दर्भमा साविकमा सरकारी प्रयासबाट तयार भएका विकास अभियन्ताहरुलाई अब उक्त वडा कार्यालयले नै परिचालन गर्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ। वडा कार्यालयले परिचालन गर्दा के ख्याल गर्नुपर्दछ भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम हरेक पालिकाका प्रत्येक वडामा टोल विकास संस्था गठन गरिएका छन् । उक्त गठित सबै टोल विकास संस्थामा उल्लेखित पा“च प्रकारका स्वयंसेवी विकास अभियन्ता क्रियाशील रहने व्यवस्था गरिनुपर्दछ। यसरी स्वयंसेवी विकास अभियन्ताहरुको दिगो र सघनरुपमा परिचालन हु“दा वडा कार्यालयले जनतामा विकास सम्बन्धी आधारभूत सेवा पु¥याउन सजिलो हुन्छ। विकास अभियन्ताहरुलाई पनि नजिकमा आफ्नो अभिभावक पाएको न्यानो अनुभूतिका साथ परिचालित हुन ऊर्जा मिल्छ। यस निमित्त जुनजुन निकायले उल्लेखित पा“च प्रकारका विकास अभियन्ता प्रबद्र्धन गरेका हुन् तिनीहरुले विवरणसहित वडा कार्यालयलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्दछ। यसरी आफ्नो जिम्मेवारीमा आएका विकास अभियन्ताहरुलाई मानव पू“जीको रुपमा संरक्षण गर्र्दै तिनीहरुलाई वडा कार्यालयले पे्ररणा, प्रशिक्षण र प्रोत्साहनद्वारा अझ दक्ष बनाउ“दै परिचालन गर्नुपर्दछ। वडाको हरेक टोल विकास संस्थामा उक्त पा“च प्रकारका संरचनाको समूह रहने व्यवस्था गर्न हाल क्रियाशील विकास अभियन्ताको संख्या अपर्याप्त भएमा थप अभियन्ता तयार गर्नुपर्दछ।

विकासका विषयमा स्थानीय सरकारकोे जिम्मेवारी धेरै छ। सरकारलाई समुदायको संलग्नतामा विकास व्यवस्थापन गर्न सहज भएको बिगतको सिकाइ छ। सामुदायिक वन व्यवस्थापन एक सफल दृष्टान्त हो। तसर्थ यस लेखमा चर्चा गरिएका पा“च प्रकारका विकास अभियन्ताहरु साविकमा सरकारका अलग–अलग निकायबाट प्रबद्र्धन गरिएका हुन्। समुदायका लागि यी अत्यन्त उपयोगी छन्। अब यिनलाई एकीकृत रुपमा स्थानीय सरकारका वडा कार्यालय मातहतमा राखेर प्रत्येक टोल विकास संस्थामा क्रियाशील हुने व्यवस्था गर्न आवश्यक छ। यस निमित्त स्थानीय तहले कार्यविधि बनाएर वडा कार्यालयको जिम्मेवारीमा परिचालन हुने व्यवस्था गर्न उपयुक्त हुन्छ। यस प्रकारको व्यवस्थाबाट सदरमुकामदेखि दूरदराजका गाउ“वस्तीसम्म विकासको आधारभूत सेवा सुविधाको उपलब्धता सहज हुनेछ। साथै पालिका वा प्रदेश सरकारका विषयगत सरकारी निकायले टोलवस्तीमा गर्ने कार्यक्रमका लागि वडा कार्यालयस“ग समन्वय गरेर विकास अभियन्तास“ग सहकार्य गर्दा विकास सम्बन्धी कामको प्रभावकारिता अझ बृद्धि हुनेछ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top