Free songs
Home / समाचार / संक्षिप्त समाचार / लमहीमा एक दिने निःशुल्क आँखा शिविर

लमहीमा एक दिने निःशुल्क आँखा शिविर

लमही  (युस)– लमही नगरपालिका वडा नम्बर पॉचको वडा कार्यालयको आर्थिक सहयोग तथा लमही आखा अस्पतालको प्राविधिक सहयोगमा लमहीमा एकदिने निःशुल्क आ“खा जा“च तथा उपचार शिविर सञ्चालन गरिएको छ।

लमही नगरपालिका वडा नम्बर पॉचका अध्यक्ष वीमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले एक दिने निःशुल्क आ“खा जा“च तथा उपचार शिविरको उद्घाटन गर्नुभएको हो।

आइतवार शिविरको उद्घाटन गर्दै नगर प्रमुख केसीले नगर क्षेत्रमा रहेका प्रत्येक वडाहरुमा अन्धोपन निवारण गर्ने लमही नगरपालिकाको मुख्य उद्देश्य रहेको बताउनुभयो। शिविरमा ६६ जना पुरुष र ९० जना महिलाको निःशुल्क आ“खा जा“च गरी औषधि वितरण गरिएको थियो। जसमध्ये २३ जना मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने विरामी भेटिएको लमही आ“खा अस्पतालका नेत्र अधिकृत लालबहादुर चौधरीले जानकारी दिनुभयो। २३ जनाको सोमवार लमही आ“खा अस्पतालमा निःशुल्क मोतीविन्दुको शल्यक्रिया हुने भएको छ।

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर पॉचका अध्यक्ष वीमबहादुर केसी, वडा सदस्य जगनारायण चौधरी, भगवता बस्नेतलगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो। शिविरमा लमही आ“खा अस्पतालका नेत्र अधिकृत लालबहादुर चौधरी, नेत्र सहायक प्रशिक्षार्थी अशोककुमार शाही, मीरा चौधरी र चन्द्रकला अर्यालको सहभागिता थियो। कार्यक्रममको सहजीकरण फिल्ड संयोजक टेकबहादुर चौधरीले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top