Free songs
Home / फिचर समाचार / बालीघरे छाडेर व्यावसायिक आरन पेशामा

बालीघरे छाडेर व्यावसायिक आरन पेशामा

सागर रिजाल

प्युठान। निधारभरी पसिना छाड्दै  एक हातमा घन, अर्काे हातले फलाम छोपी हसिया बनाउदै  हुनुहुन्छ फुर्सबहादुर विश्वकर्मा । प्युठानको मध्यबजार प्युठान नगरपलिका–४ स्थित विजुवारमा सानो छाप्रोमा व्यावसायिक आरन सञ्चालन गर्नुभएको छ फुर्सबहादुरले। ४२ वर्ष पुगेका विश्वकर्माले बालीघरे पेशा छाडेर व्यावसायिकरुपमा काम गर्नुपर्छ भन्ने सोच आएपछि प्युठान आएर आरन व्यवसाय गर्न थालेको उहा बताउनुहुन्छ।

गुल्मीको मलागिरी घर भई गाउ“मै  पुख्र्याै ली पेशा गर्दै  आउनुभएका उहा“ पछिल्लो समय प्युठानमा आफ्नो पेशामा व्यस्त देखिनुहुन्छ। वर्षभरि काम गरी वार्षिक डोकोमा मकै  उठाउन जाने विश्वकर्मा हाल व्यावसायिकरुपमा आरन पेशा गदैर्  आउनुभएको छ। ‘कसै ले डोकोभरी मकै  दिन्थे त कसै ले आधी दिन्थे त्यो मकै  बनाउ“दा चार पा“च पाथी हुन्थ्यो’– उहा“ले भन्नुभयो– ‘वर्षभरि काम गरेर उठाएको अन्न खान पनि पुग्ने थिएन, दुख सारै  हुन्थ्यो।’ वर्षभरी कुर्नुपर्ने हुनाले बालीघरे पेशामा जीविकोपार्जनमा समस्या आएको उहा“ले बताउनुभयो।

ज्यामी छाडेर आरन व्यवसायमा
गाउ छाडेर बजार झर्नुभएका विश्वकर्माले बजारमा ज्यामी काम पनि गर्नुभयो। लामो समय अरुको भारी बोकेर गुजारा नचलेपछि आरन व्यवसाय नै  गर्नुपर्छ भन्ने सोचले आरन व्यवसाय शुरु गरेको उहा“ बताउनुहुन्छ। एक वर्षदेखि विजुवारमा आरन व्यवसाय गर्नुभएका विश्वकर्मा चार छोराछोरी र एक श्रीमती गरी छ जनाको परिवार छ। जेठी छोरी आठ कक्षामा पढ्ने र अरुलाई विद्यालयमा भर्ना नगरेको विश्वकर्मा बताउनुहुन्छ। विश्वकर्माको परिवार अहिले कोठा भाडामा बसेको छ।

विश्वकर्माले विभिन्न किसिमका फलामे हतियारहरु हसिया, बन्चरो, चक्कु, छुरी, विडा, खुकुरी, छुर्फी, कोदालीलगायतका सामग्रीहरु बनाउ“दै  आउनुभएको छ। आफूले बनाएका सामान ग्राहक आफै  किन्न आउने गरेको विश्वकर्मा बताउनुहुन्छ। उहा“ भन्नुहुन्छ– ‘पुख्र्याै ली पेशा त जगेर्ना गर्नु पर्ने हो तर कामको ज्याला पाउन वर्ष कुर्नुपथ्र्यो, व्यवसाय गरेपछि त दै निक ज्याला आउ“छ।’ विश्वकर्मालाई आरन पेशामा श्रीमतीको पनि सहयोग पाएको बताउनुभयो। नया“ सामान बनाउन परे श्रीमतीले नै  घन हान्ने उहा“ले बताउनुभयो। काखमा  दुधेबालक हु“दा हु“दै  पनि काम परे आफूले पनि फलाम कुट्ने गरेको श्रीमती काली विश्वकर्माले बताउनुभयो।

मासिक ४० हजार आम्दानी

एक अर्काको सहयोगमा आरन पेशा गरिरहनुभएका विश्वकर्माले मासिक ४० हजार आम्दानी हुने बताउनुभयो। विगतमा छाक टार्न समस्या हुने आफ्नो परिवार अहिले आरन व्यवसायबाट निकै  सन्तुष्ट भएको उहा“ बताउनुहुन्छ। सफल हुनको लागि मेहनत धेरै  आवश्यक पर्ने उहा“को भनाइ छ। मेहनत गर्ने व्यक्ति जहा“ पनि सफल हुने उहा“को भनाइ छ । व्यवसाय सञ्चालनका लागि विजुवार स्थित ओमप्रकाश श्रेष्ठले जग्गा दिएर सहयोग गरेको उहँ“ले बताउनुभयो। सफल व्यवसायीका लागि स्थानीय सरकार र सरोकारवालाहरुले विशेष चासो दिनुपर्छ।

सौ तामारेमा सामुहिक आरन व्यवसाय

झिमरुक गाउ“पालिका वडा नम्बर १ सौ तामारेमा सामूहिक आरन उद्योग सञ्चालनमा आएको छ। यस क्षेत्रका दलित मिलेर आरन उद्योग सञ्चालनमा ल्याएका हुन्। आठजना स्थानीयले बालीघरे छाडेर सामूहिक व्यावसायिक आरन उद्योग सञ्चालन गरिरहेका छन्।

झिमरुक गाउ“पालिकाको दुई लाख आर्थिक सहयोगमा २०७५ माघदेखि आरन उद्योग सञ्चालनमा आएको हो। यस क्षेत्रका रामबहादुर विश्वकर्मा, दलबहादुर कामी, दिपबहादुर सुनुवार, गोपाल विश्वकर्मा, रुवु सुनुवार, विसाद विक, टोपबहादुर विश्वकर्मा र झग बहादुर विश्वकर्माले सामूहिक रुपमा उद्योग सचालन गर्नुभएको हो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top