Free songs
Home / समाचार / प्रमुख समाचार / प्रदेश पाँच समन्वय परिषद्को बैठक, कर्मचारी अभावले विकासमा समस्याः मुख्यमन्त्री

प्रदेश पाँच समन्वय परिषद्को बैठक, कर्मचारी अभावले विकासमा समस्याः मुख्यमन्त्री

 

मलाल भुसाल

बुटवल। प्रदेश पाचका मुख्यमन्त्री शंकर पोख्रेलले पर्याप्त कर्मचारी व्यवस्थापन नहु“दा प्रदेशको विकासमा समस्या भएको बताउनुभएको छ।

उहाले प्रदेशमा तीन हजार कर्मचारी आवश्यक भए पनि हाल एक हजार मात्रै  कर्मचारी रहेकाले कर्मचारी अभावका कारण अपेक्षाकृत काम गर्न नसकिएको स्वीकार गर्नुभयो।

सोमवार प्रदेश पा“च प्रदेश समन्वय परिषदको दोस्रो बै ठक उद्घाटन गदैर्  मुख्यमन्त्री पोखे्रलले त्यसका बावजुद पनि कानुन निर्माणको काममा अन्य प्रदेश भन्दा अगाडि रहेको उल्लेख गर्नुभयो। उहा“ले प्रदेश विकासका दृष्टिकोणले पनि राष्ट्रिय औ षत भन्दा माथि रहेको र आर्थिक बृद्धिदर ३.१ रहेको उल्लेख गर्नुभयो। उहा“ले स्थानीय तह र प्रदेश सरकारबीच समन्वयको अभाव हु“दा राजश्व संकलनमा समेत द्विविधा रहेकाले प्रदेश सरकार र स्थानीय तहबीच प्रयाप्त समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्रदेश समन्वय परिषद्को दोस्रो बै ठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौ डेल र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले क्रमशः प्रदेश पा“चको आवधिक योजना, प्रदेश समन्वय परिषद र बजेट तर्जुमा तथा कार्यान्वयन, आर्थिक अनुशासन र वित्तीय जवाफदेहीताका सवालहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

प्रदेश योजना आयोगका उपाध्यक्ष श्रेष्ठले कार्यपत्र प्रस्तुत गदैर्  उच्च आर्थिक बृद्धिसहित समृद्ध अर्थतन्त्र, रोजगारीसहित जीवन निर्वाहका लागि प्रयाप्त आम्दानी, आधारभूत भौ तिक सुविधाको उपलब्धता, सुरक्षा र स्वच्छ वातावरण, कायम रहने समृद्ध प्रदेश सरकारको दीर्घकालीन सोच रहेको बताउनुभयो। उहा“ले समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समावेशी समुन्नत र दिगो विकासका माध्यमबाट आर्थिक बृद्धिदरलाई जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने तथा सामाजिक न्यायमा आधारित रही अवसरको सिर्जना, उत्पादन बृद्धि, रोजगारी प्रवद्र्धन र गरिबी निवारण गर्ने सरकारको योजना र लक्ष रहेको बताउनुभयो।

उहा“ले प्रदेश र स्थानीय तहबीच समन्वय गरी कृषि उद्योग र पर्यटन क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गरी आर्थिक बृद्धिदर बढाउने, आवश्यक भौ तिक पूर्वाधार निर्माण तथा विस्तार गर्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्य विस्तार गरी मानवीय पू“जी निर्माण गर्ने, सामाजिक समावेशिता र लै ंगिक समता प्रवद्र्धन गर्ने, प्रभावकारी विपत व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलित विकास गर्ने, विधिको शासन कायम गर्दै  सुशासन प्रत्याभूति गर्ने सरकारको योजनागत रणनीति रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, मन्त्रालयका सचिवहरु, प्रदेश पाचका १२ वटै  जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी छन्।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top