Free songs
Home / विचार / गरिवी निवारणमा वित्तीय साक्षरताको योगदान

गरिवी निवारणमा वित्तीय साक्षरताको योगदान

प्रेम सुवेदी

वित्तीयरुपमा साक्षर ब्यक्ति विस्तारै समृद्धितर्फ अघि बढेकै हुन्छ। अब यो वित्तीय साक्षरता भनेको के हो त ? सामान्यतया साक्षर भन्नाले लेखपढ गर्न जान्नेलाई साक्षर भनिन्छ भने आफ्नो परिस्थिति अनुसार पैसाको उपयुक्त ब्यवस्थापन गर्न जान्नु नै वित्तीय साक्षरता हो। नेपालमा दिनानुदिन आर्थिक संकट चुलिदो छ। जब आर्थिकरुपमा संकट बढ्दै जान्छ तब सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक पक्ष पनि विकृत हुदै जान्छन्। वैदेशिक रोजगारीले निम्त्याएका तमाम सामाजिक घटनाहरु हामीले भोग्दै आएका छौं। यी सबै पक्षको समस्या समाधान गर्न आर्थिक पाटो बलियो हुनु जरुरी हुन्छ। प्रसिद्ध दार्शनिक कार्ल माक्सले भने जस्तै आधार संरचनाले उपरी संरचनाको निर्माण गर्छ र उपरी संरचनाले आधार संरचनालाई टिकाउने काम गर्छ। हाम्रो आर्थिक हैसियतले (धरातलले) हाम्रो त्यही अनुसारको चेतना बनाउ“छ र जस्तो चेतना स्तर बन्छ त्यसले विद्यमान आर्थिक अवस्थालाई टिकाउन मद्दत गर्छ।

मानिसलाई आर्थिकरुपमा पतन गराउने मुख्य विषयहरु ः
देखासिकी गर्नु ः नेपाली समाजमा यो गरिवीको मुख्य कारण बनेको छ। आफ्नो आर्थिक धरातल कस्तो छ ? आम्दानीका स्रोतहरु के–के छन् ? कतिसम्म हामीले खर्च गर्दा हामीलाई आर्थिक बोझ कम हुन्छ ? भन्ने विषयमा ख्याल नगरी अरुले के भन्लान् भनेर अरु बाहिरी मान्छेको दृष्टिकोणको आधारमा खर्च गरिन्छ। चाडपर्व, विवाह, ब्रतबन्ध जस्ता क्षेत्रमा आफ्नो हैसियत ख्याल नगरी अरुको देखेर म के कम भन्ने भावनाले समाजमा आर्थिक बोझ बढिरहेको छ।

सम्पत्तिमा भन्दा दायित्वमा लगानी गर्नु ः नियमितरुपमा तपाइ“को खल्तीमा जुन चिजले आम्दानी हालिदिन्छ त्यो सम्पत्ति हो र जुन चिजले नियमतिरुपमा तपाईंको खल्तीबाट पैसा झिक्छ त्यो दायित्व हो। सम्पत्ति बढाउ“दै लगियो भने धनी भइन्छ भने दायित्व बढाउ“दै लगियो भने गरिव भइन्छ। दायित्व जस्तै
घर बनाउनु, गाडी मोटर साइकल खरिद गर्नु, सुन खरिद गर्नु आदि दायित्व हो। घर बनाउ“दा लागेको ऋणको ब्याज तिर्दा तिर्दै मान्छेको जीवन जान्छ उसले अरु प्रगति गर्नै सक्दैन तेसैले। आम्दानीको केही हिस्सा लगानी गरेमा भविष्यमा आर्थिक संकटबाट जोगिन सकिन्छ। खर्च अत्यधिक हुनु लगानी नहुनुले दीर्घकालमा आर्थिक संकट निम्त्याउने छ।

बचतलाई लगानीमा रुपान्तरण नगर्नु ः लगानी नगर्नु गरिवीको मुख्य कारण हो। वित्तीयरुपमा साक्षर ब्यक्तिले आम्दानीको केही भाग छुट्याएर अनिवार्य लगानी गर्दछ जसले गर्दा भविष्यमा आर्थिकरुपमा स्वतन्त्र हुन सकिन्छ।

बजेट नबनाउनु ः गरिवीको मुख्य कारक तत्व भनेको बजेट नबनाउनु हो। आफ्नो आम्दानी कस्तो छ ? आम्दानी बढाउन के–के गर्नुपर्दछ ? कति पैसा खर्च गर्ने कति बचत गर्ने र कति लगानी गर्ने ?

भन्ने विषयको ख्याल नगरी अन्धाधुन्द खर्च गर्नाले समस्या सिर्जना गर्दछ। सम्पन्न हुने हो, आर्थिक हैसियत माथि उठाउने हो र वित्तीयरुपमा सुरक्षित रहने हो भने अनिवार्य बजेट बनाउनुपर्दछ।

हरेक निर्णय भावना÷आवेगमा लिने ः वस्तुनिष्ठ र दिमागले निर्णय लिनुपर्दछ। कसैको बहकावमा, उक्साहटमा वा आवेगमा आर्थिक निर्णय लिदा बा“की जिन्दगी कष्टकर र ऋणै ऋणमा बित्छ। एउटा मासिक ३०,०००।– आम्दानी भएको ब्यक्तिले ३० लाख लागतमा घर बनायो भने मासिक ३०,०००।– ब्याज तिर्दा उसको जीवन बर्बाद हुन्छ। यसर्थ कुनै पनि निर्णय गर्दा बजेट अनुसार गर्नु पर्दछ।

वित्तीय साक्षरताको ज्ञान नहुनु ः गरिवीको मुख्य घटकमध्येको एक वित्तीयरुपमा साक्षर नहुनु हो। पैसा कहा“ लगायो भने के हुन्छ ? कसरी आम्दानी गर्न
सकिन्छ ? बढीभन्दा बढी आम्दानी कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकार हुनु र पैसाको महत्व नबुझ्दा आर्थिक संकट आइ लाग्छ।

कर्जा शिक्षा नहुनु ः बैंक तथा वित्तीय संस्था दिनानुदिन बढ्नु कर्जा दिनु तर कर्जाको ठीक सदुपयोग नभएकाले पनि गरिवी बढ्न सक्छ। कर्जा किन
लिने ? कर्जा लिएर के गर्ने ? जस्ता विषयको ज्ञान नभई कर्जा लिएको पाइन्छ। ब्यावसायिक योजनाविना घरायसी खरखा“चो टार्न, विवाह भोजभतेर गर्न, सामाजिक, सांस्कृतिक कार्यको लागि कर्जा लिएको पाइन्छ। बैंकहरुले वित्तीय साक्षरता, कर्जा शिक्षा, ब्यावसायिक योजना शिक्षाजस्ता विषयमा विस्तारै तालिम, गोष्ठी दिदै आएका छन्। ती पनि पर्याप्त छैनन्।

धनी देखिन खोज्नु ः एकथरि मान्छे धनी बन्ने दिशामा लागेको हुन्छ भने अर्को थरि धनी देखिन लागिपरेका हुन्छन्। धनी देखिन, ऋण खोजेर सुन लगाउने, ऋणमा घर बनाउने, ऋणमै राम्रा कपडा, गाडी खरिद गर्ने गरेका हुन्छन्। धनी देखिए पनि खासमा दिनप्रतिदिन ब्याज तिर्दा गरिव बनिरहेका हुन्छन् भने उता धनी बन्ने ध्याउन्नमा लागेकाहरु दिनप्रतिदिन लगानी गरेर धनी बनिरहेका हुन्छन्। आफूमा जे छ त्यसैमा खुशी भएर, समृद्धिको लागि नियमित मेहनत गर्नेहरु सफल हुन्छन्। तसर्थ धनी देखिन होइन बन्न कोसिस गरौं।

रेमिटेन्सको भरमा धाकधक्कु लगाई राखिएको छ। खर्च र सुविधा उपभोगमा पश्चिमा भन्दा कम छैंनौं। उनीहरुको खर्च गर्ने शैली सिक्यांै । तर उनीहरुको कमाउने शैली सिकेनौं। गाडी, घोडा, टिभी, मोबाइल उनीहरु भन्दा कम बोक्दैनौ । तर आम्दानीको मुख्य स्रोत कृषि दिनानुदिन कमजोर ह“ुदैछ। तमाम जग्गा÷जमिन बा“झो छ। यस्तो कार्यशैलीले देशमा विकाराल स्थिति ल्याउने देखिन्छ।

(लेखक लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका अधिकृत हुनुहुन्छ)

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top