Free songs
Home / समाचार / संक्षिप्त समाचार / अटोचालकहरुको निःशुुल्क स्वास्थ्य जाँच

अटोचालकहरुको निःशुुल्क स्वास्थ्य जाँच

युगबोध समाचारदाता

घोराही । हंसराज हुलास चन्द्र एण्ड कम्पनी प्रालिको घोराहीका लागि आधिकारिक बिक्रेता ओम बाबा अटो प्रालि घोराहीले सोमवार अटो रिक्साचालकहरुको स्वास्थ्य सेवामा टेवा पु¥याउने उद्देश्यले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

चालकहरुको स्वास्थ्य प्रत्यक्ष यात्रुुहरुको सेवासग जोडिएकाले शिविर आयोजना गरिएको ओम बाबा अटो प्रालिका प्रबन्ध निर्देशक धनीराम योगीले बताउनुुभयो। चालकहरुको स्वास्थ्य समस्याका कारण कुनै पनि यात्रुुले जोखिम मोल्नुु नपरोेस् भन्ने उद्देश्यका साथ शिविर आयोजना गरिएको उहा“को भनाइ छ।

एकदिने शिविरले आयोजकलाई मात्रै होइन, सेवाग्राहीलाई पनि उत्तिकै हर्षित बनाएको छ। घोराहीमा अटो रिक्सा चलाउ“दै आइरहनुुभएका घोराही निवासी नारायण थापाले भन्नुुभयो– ‘सधै मान्छे ल्याउने र पुु¥याउने काम मात्रै हुन्छ, हाम्रो स्वास्थ्य कस्तो छ भन्नेबारे सोच्ने कुनै मौका छैन हामीलाई । तर शिविरले अब आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुुपर्छ भन्ने सोच बनाइदिएको छ।’ जसले स्वास्थ्यमा ठूलै राहत थपिदिएको उहा“ले बताउनुुभयो। ‘मलाई उच्च रक्तचापको समस्या रै’छ तर थाहा थिएन। म जहा“नेर जे पनि हुुन सक्थ्यो। अब नियमित औषधि र खानपानमा ध्यान दिन सके म स्वस्थ्य रहन सक्ने डाक्टरसापको सुुझाव छ’– उहा“ले भन्नुुभयो।

उहा मात्रै होइन उक्त शिविरमा सेवा लिन आएका करीव ५० बढी सेवाग्राहीहरुको भनाइ यस्तै थियो। शिविरले स्वास्थ्य सेवामा ठूलो राहत पुु¥याएको उहा“को भनाइ थियो।

उपचारमा संलग्न राप्ती उपक्षेत्रीय अस्पतालका डा. जीतनारायण यादवले अटोरिक्सामा जोडिएका हरेक व्यक्तिको आर्थिक स्थिति अलि निम्नस्तरकै हुुन्छ। जसले दैनिक सडकमा रिक्सा गुुडाई आफ्नो जीविका चलाइरहेका छन्। तर उनीहरुलाई आफ्नो स्वास्थ्य भन्दा आज कति कमाउने र कति बचाउने भन्ने मात्रै ध्यान हुु“दा अधिकाशको खानपानको समस्याका कारण रक्तचाप, पिसाव खरावी र सुुगरको समस्या देखिएको बताउनुुभयो।

जसले समयमा औषधि सेवन र खानपानमा ध्यान पुु¥याउन नसके जति बेला जे पनि हुन सक्छ। जसको जोखिममा यात्रुुहरु पनि पर्न सक्ने भएकाले यो शिविरले व्यस्त सडकमा गुड्ने रिक्सा, त्यसका चालक र यात्रुुहरुको सुुरक्षित र सचेत बनाउन काम गरेको बताउनुुभयो। व्यवसायी बलदेव योगीले हंसराज हुलास चन्द्र एण्ड कम्पनी प्रालिको घोराहीका लागि आधिकारिक बिक्रेता ओम बाबा अटो प्रालि घोराहीले व्यापार व्यवसायस“गै नियमित सामाजिक सेवाको काम पनि गर्दै आइरहेको बताउनुुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top