Free songs
Home / विचार / हामीमा नकारात्मक सोच किन बढ्दैछ ?

हामीमा नकारात्मक सोच किन बढ्दैछ ?

मधुसूदन सुवेदी

संसारमा सबै सकारात्मक पक्ष मात्र छ भन्न सकिन्न। संसारमा सबै सकारात्मक हुनुपर्छ भन्ने मान्यता पनि होइन। सकारात्मक हुनको लागि नकारात्मक बन्नैपर्छ। नकारात्मक हुनको लागि सकारात्मक बन्नैपर्छ। हामीले विद्युतीय ऊर्जाको विधि र नियम हे¥यौं भने पनि त्यहा“ नेगेटिभ (–) र पोजेटिभ (+) को संयुक्त कनेक्शनबाट बत्ती बल्छ र उज्यालोले संसार झलमल्ल हुन्छ। त्यही नेगेटिभ ऊर्जा नै नकारात्मक हो भने त्यही पोजेटिभ ऊर्जा नै सकारात्मक हो। बिजुली बाल्नको लागि प्लस (+) र माइनस (–) चाहिए जस्तै यो सांसारिक जीवन चलाउन र बाल्नको लागि पनि सकारात्मक र नकारात्मक चाहिन्छ। तर यी दुबै ऊर्जा वा पक्ष समतुल्य हुने गरी बराबर र नियन्त्रणजनक भयो भने त्यसलाई सामान्य नै मानिन्छ। जब हुनुपर्ने आवश्यकता भन्दा बढी र नियन्त्रण भन्दा बाहिर भयो भने त्यो सबैका लागि सोचनीय विषय बन्छ।

अहिले पछिल्लो समयमा हामीमा देखिएको कमजोरी भनेको नकारात्मक सोचको हावी हो। हामी हरेक कुरामा सकारात्मक भन्दा नकारात्मक नै बढी छौं। आफ्नै विषयमा किन नहोस्– हामीलाई कसैले तपाइ‘“को निकै राम्रो व्यवस्था छ। छोराछोरी पनि आफ्नो काम कर्तव्यमा लागिसके। तपाइ“ पनि सधै व्यस्त हुनुहुन्छ। ऋण पनि छैन। राम्रो जीवन निर्वाह गरी रहनुभएको छ भनेर भन्यो भने ठीकै छ। यो सबै देवी देवताको आशीर्वाद तथा तपाइ“जस्तो शुभचिन्तकको आशीर्वादले हो। यो आशीर्वाद थपिदै जाओस्। तपाइ“ले देखेको र सुनेको सधै सत्य सावित होस्। सबै शक्ति हाम्रा लागि चाहिने र दाहिने रहुन् भनेर कहिल्यै भन्दैनांै। उल्टै हामी के भन्छांै भने के हुन्थ्यो तपाइ“ले जे भन्नुभयो त्यो एकदमै गलत हो। भित्रभित्रै धमिरो लागेर खतम छ। छोराछोरी आफ्नै तालमा व्यस्त छन्। कमाएको एकसुक्को देखाउ“दैनन्। चारैतिर ऋण नै ऋण छ। जति गरे पनि यस्तै हो। कहिल्यै सन्तोष नहुने भयो।

यस्तो विचार किन हामीमा प्रकट हुन्छ ? कसैले राम्रो देख्छ भने त्यसलाई नराम्रोमा पुष्टि किन गर्नुप¥यो। कसैले सम्पन्न देख्छ भने त्यसलाई विपन्नतामा किन अथ्र्याउनुप¥यो ? कसैले धनी देख्छ भने त्यसलाई गरिवमा विश्लेषण किन गर्नुप¥यो। कसैले शान्ति देख्छ भने त्यसलाई अशान्तिमा किन रुपान्तरण गर्नुप¥यो ? हामी किन आफ्नै निम्ति पनि सकारात्मक किन छैनांै र हु“दैनौं ? कसैका सामु सम्पन्न सावित भएर न त केही लिनु नै पर्ने हो। यदि दिनु लिनु केही छैन भने सकारात्मकका लागि सकारात्मक बनिदिएर हाम्रो के जान्छ ? हाम्रो के सकिन्छ ? हामी व्यक्तिगत कुरामा र निजी मामिलामा त यति धेरै नकारात्मक छौं भने हामी भन्दा पर र हामी भन्दा बाहिरको कुरा र मामिलामा झन् कति नकारात्मक हौंला ? एक पटक गम्भीर भएर सोचौं त ? कसैले कसैको बारेमा फलानो कति दानी र उदार है ? भनेर प्रशंसा गर्न थाल्यो भने त्यो प्रशंसालाई झट्ट नस्वीकारेर कहा“ होला ? त्यसका बारेमा त तपाइ“लाई थाहै रहनेछ । लौ सुन्नुस उसका बारेमा म एउटा कथा भन्छु भनेर त्यसलाई फेल गराउने हाम्रो प्रयास हुन्छ।

यस्तै कसैले कुनै बेला भएको घटना र दुर्घटनाको कुरा ग¥यो भने हामी कहिल्यै देख्न सुन्न र भोग्न नपरोस् भन्ने हो नि। हामी त्यो कदापि भन्दैनौं। हामीले बरु के भन्छौं भने त्यो घटना के हो र ? मेरो घटना सुन्नुहोस् भनेर अझ ठूलो भयानक कुरा गरेर त्यस्तो त भइरहन्छ। यस्तो त चलिरहन्छ भनेर सामान्यकरण गर्छौं। त्यस्तै कुनै ठाउ“ र स्थान विशेषको दैवीप्रकोपको कुरा चल्यो भने हामीले त्यस्तो आपत्ति र विपत्ति कहिल्यै आइनपरोस् भनेर भन्दैनांै। उल्टै हामीले आज त्यहा“ भयो। अब यो क्रमशः देशभर फैलन्छ र सबैको दशा र हविगत त्यस्तै हुन्छ भनेर अशुभ संकेत गर्छौं।

कुनै दलीय राजनीतिका राम्रा कुरा हुन लागे भने त्यसको विपक्षमा उत्रेर अनेकौं बहाना र लाञ्छना विशेषका गुणगान गर्ने बित्तिकै उसको विपक्षमा अनेकौं तर्क र प्रसंग निकालेर त्यो भन्दा बढी बोल्नै दिन्नौं। कुनै देश विकास र राष्ट्र विकासको राम्रो पक्षलाई लिएर कोही बोल्यो भने उसलाई पंगो र लफंगो बनाएर देश विकासको नाटक भनेर संज्ञा दिन्छौं। कुनै बाटोघाटोको कुरा ग¥यो भने हिउ“दमा शीतले चिसो हुने वर्षामा पानीले हिलो हुने र गर्मीमा हावाले धुलो हुने तर्क राखेर बाटोलाई धिक्कार्न बनाउ“छांै।

देशमा बगेका नदीनालाको कुरा गर्दा गर्मीमा चरीले पिउने पानी नहुने र वर्षामा खहरे भेलले सर्वनाश गर्ने भनेर सराप्छौं। पडाही भिरालो जमिन र चुरे क्षेत्रको वर्णन गर्ने हो भने वर्षाको समयमा पहिरोको जोखिम र कैयौं जनधनको क्षतिको कुरा गरेर त्यसको औचित्य नै समाप्त पारिदिने तर्क अघि सार्दै जान्छौं। कसैले हरियो वन नेपालको धन भन्यो भने गर्मी समयमा तिनै वनबाट आगो र डढेलो लागेर सैयौं घरवार र सैयौ दरवार नष्ट हुने कुरा गरेर व्यर्थ बनाइदिन्छौं। सडकमा गुड्ने मोटर तथा यातायातका साधनका कुरा गरेर आवागमनको सहजतामाथि गर्व गर्ने हो भने त्यसबाट हुने दैनिक सडक दुर्घटना तथा घाइते तथा मृतकको तथ्यांक अघि सारेर त्यसलाई पनि फेल बनाइदिन्छौं।

हामी कही कतै र कोहीस“ग पनि सकारात्मक हुन र बन्न सकेनौं। यो हाम्रा लागि आफ्नै चुनौतीको चाङ हो। हामी जहिले पनि सकारात्मक सोच्नुपथ्र्यो र सकारात्मक ओझेलमा पर्दै गयो। कि त बराबर हुने गरी समतुल्य वा नियन्त्रणको भावमा हुनुपथ्र्यो। कि नकारात्मक भन्दा बढी सकारात्मक नै हुनुपथ्र्यो। यहा“ न त सन्तुलनमा भयो न त सकारात्मक भाव नै भयो। दुबै नहु“दा हामी आफैबाट सिर्जित समस्याले तड्पिनुपर्ने हो कि भन्ने शंकाले खान थालिसकेको छ। हामीले आफू काम गर्दा सकारात्मक सोच र सकारात्मक भावना राखेर काम गर्न सकेनौ । जसका कारण नजिता (फल) पनि अपेक्षाकृत बन्न सकेन। हामी अरुले गर्न लागेको काम देखेर पनि सकारात्मक ऊर्जा र सकारात्मक बल प्रदान गर्न सकेनौं। यसरी हरेक स्थिति र परिस्थिति वा हरेक अवस्था वा व्यवस्थामाथि नै आवश्यक भन्दा बढी नकारात्मक सोचको भारी बोक्ने हो भने कसरी सकारात्मक पोको फेला पर्छ त ? बोक्ने नकारात्मक डोकोको भारी र खोज्ने सकारात्मक पोको सम्भव छ ?

अरु कुरा छोडांै यदि कोही कसैले हाम्रै विषयमा र आफ्नै विषयमा कोही कसैलाई आहा तपाइ“ कति राम्रो । तपाइ“का छोराछारी कति राम्रा। तपाइ“की श्रीमती कति राम्री भन्यो भने पनि हामी त्यो स्वीकार्दैनौ क्या। हामी भन्छौ म के राम्रो मेरी श्रीमती के राम्री मेरा छोराछोरी के राम्रा । कसैले फलानो राम्रो छ भनेर चर्चा गर्दा पनि आफैले त्यसलाई नराम्रो भनेर पुष्टि गर्ने। कसैले आफूलाई राम्रो भन्यो भने आफूभन्दा अर्को राम्रो छ भनेर देखाउने। भनेपछि हामी कहॉ“नेर दोषी छौं र कहा“नेर खोटी
छौं ? पत्ता त लगाउनुप¥यो नि। अरुलाई राम्रो भन्दा पनि सुन्न मन नलाग्ने। आफूलाई राम्रो भन्दा पनि स्वीकार्न मन नलाग्ने। हाम्रो चिन्तन र सोच खराव हो कि
होइन ? अहिले पछिल्लो समयको मानवीय त्रुटि तथा मानवीय कमजोरी नै यही हो। अरुको उन्नति प्रगतिमा समभाव प्रकट गर्न नसक्नु र आफ्नो उन्नति प्रगतिमा सन्तुष्टि भएर रमाउन नसक्नु। यसो हुनुमा हाम्रो खानपान र दिनचर्या नै संस्कारमा आधारित छैन। हामी दैनिकरुपमा के कस्ता आहार विहार गर्छौ र हामी दैनिकरुपमा के कस्तास“ग हेलमेल र सतसंगत गर्छौं ? यसैको फल नै हामीमा उत्पन्न हुने हो।

शरीरमा जब निराश र नेगेटिभ ऊर्जा उत्पन्न हुन्छ तब हामीले फाइबर युक्त रेशादार खाने कुरा बढी खाने गर्नुपर्दछ। सकारात्मक कुराको ऊर्जा दिने नदी ताल बगैचा फूलबारी मन्दिर आदि जस्ता स्थानमा गएर घुम्नेहरुले र त्यहा“को दृश्यावलोकन गर्नुपर्दछ। गीत संगीत तथा भजनको धुनमा मस्त हुने र बस्ने गर्नुपर्दछ। हा“सो मनोरञ्जन र ज्ञान दिने पठनीय पुस्तक तथा सामग्री पढ्नुपर्दछ। हामीले खाने खाना हामीले यात्रा गर्ने गन्तव्य हामीले बोल्ने वाणी हामीले पहिरिने कपडा हामीले अ“गाल्ने साथीभाई र सहचर हामीले भोग्ने र व्यहोर्ने पारिवारिक सदस्य यी यावत कुराहरुले हाम्रो सोचमा अहं भूमिका खेलिरहेका हुन्छन्। त्यसैले सबै जिब्रो स्वादी खाना हाम्रा लागि अमृत हुन नसक्छ। सबै आ“खा लोभी दृश्यहरु हाम्रा लागि पवित्र हुन नसक्छन्। सबै मन प्रेमी साथीभाई र सहचारी प्रेरणादायी स्रोत बन्न नसक्लान्। सबै चिटिक्क पार्ने रुपी प्रेमी पहिरन र कपडा हाम्रा लागि ऊर्जावान र सकारात्मक स्रोतका रङ नबन्न सक्छन्। सबै खुट्टा प्रेमी गन्तव्य स्थलहरु हाम्रा लागि असल मार्गदर्शक र असल पथप्रदर्शक नहुन सक्छन्। त्यसैले हामीभित्र बढ्दै गएको नकारात्मक सोच, नकारात्मक भावना र नकारात्मक चिन्तनलाई सहर्षरुपमा स्वीकार्दै यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले भूमिकाको केन्द्रबिन्दुमा आउने कुराको ख्याल गरौं र त्यसबाट बच्न कोसिस गरौं। हामी नया“ वर्ष आयो तीज आयो दशैं आयो तिहार आयो छठ आयो माघी आयो सधै भन्छौं ।

तर हामी हाम्रो दिन गयो, साता गयो, मास गयो,  वर्ष गयो, अवधि गयो,  हाम्रो भोग गयो र हाम्रो काल नजिक आयो कहिल्यै भन्दैनांै। किनभने हामीमा सकारात्मक सोच नै हावी भएको छैन। जबसम्म यो जीवन र जगतलाई आत्मसात गरेर व्याख्या र विश्लेषण गरिन्न तबसम्म फेरिने प्रकृति र समय मात्र हो। हामी भने जस्ताको त्यस्तै हो। तर जब हामी जीवन र जगतस“ग निकै नजिक एवं सामिप्यतामा रहन्छ तब यो प्रकृति र समयस“गै हामीमा पनि सबै कुरा बदलिन्छ। त्यसैले भनिएको हो प्रकृति र पुरुष यी दुबै बराबर छन्। प्रकृति भनेको जगत हो भने पुरुष भनेको जीवन हो। जसरी प्रकृति र जगत बनेको छ त्यसरी नै यो जीवन बनेको छ। जसरी प्रकृति नाशवान छ त्यसरी नै पुरुष पनि नाशवान छ। अतः हामी रहने र जीउने भनेको नै सकारात्मक सोच र सकारात्मक भावनमा हो। जसले हामीलाई हरेक अवस्थामा सहज, सरल र सामान्य हुनेतर्फ उन्मुख गराउ“छ र हामीलाई दुःखी र चिन्तित हुनबाट जोगाउ“छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top