Free songs
Home / फिचर समाचार / रेडियोको स्थापना दिवसमा रक्तदान र बक्तृत्वकला

रेडियोको स्थापना दिवसमा रक्तदान र बक्तृत्वकला

युगबोध समाचारदाता

घोराही। दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले १३ औं स्थापना दिवसको अवसरमा आइतवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

रेडियोका शेयर सदस्यसहित विभिन्न क्षेत्रका २३ जनाले रक्तदान गरेका छन्। रेडियो सञ्चालक समितिका सचिव सुदर्शन रिजाल, सदस्य शरद अधिकारी, एकनारायण पौडेल, रेडियो मध्यपश्चिमकर्मीहरु प्रेमबहादुर राम्जा, कमल ओली, रुपकराज भण्डारी, शिव घर्तीले रक्तदान गर्नुभएको छ। त्यसैगरी पत्रकारहरु सुदीप गौतम, कुलदीप न्यौपाने, नवीन अभिलाषी, छवि पुरी, डा. लोकराज पराजुलीले पनि रक्तदान गर्नुभएको छ।

रक्तदान गर्ने विद्यार्थीहरुमा जानका खड्का, शिशिर बस्नेत, सुन्दरम ओली, अनिता घर्ती, सावित्री कुसारी, खिमा भण्डारी, पूर्णिमा राना, सुनिल श्रेष्ठ, धर्मराज पुन, अभिषेक घिमिरे र व्यवसायी बाबु राना हुनुहुन्छ। रेडियोको प्रांगणमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रका इञ्चार्ज दिलीप न्यौपानेसहितको प्राविधिक टोलीले रगत संकलन गरेको हो।

रेडियो सञ्चालक समितिका अध्यक्ष सुशील गौतमले रक्तदान गर्ने सबैलाई धन्यवाद दिदै आगामी जेठ १ गते आयोजना गरिएको स्थापना दिवस कार्यक्रममा सम्मानपत्र प्रदान गरिने जानकारी दिनुभयो।

यसैबीच रेडियोले आइतवार नै क्याम्पसस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। रेडियोले ‘समाज रुपान्तरणमा सामुदायिक रेडियोको भूमिका’ विषयक क्याम्पसस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो। रेडियो सञ्चालक समितिका अध्यक्ष सुशील गौतमको अध्यक्षता र संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा १० वटा क्याम्पसका विद्यार्थीहरुले सहभागिता जनाएका थिए।

प्रतियोगितामा राप्ती इञ्जिनियरिङ कलेजका सुरेशकुमार लुवार प्रथम, अम्बिकेश्वरी क्याम्पसका दीपक भण्डारी द्वितीय र भिक्टोरिया इन्टरनेशनल कलेजका सविना बस्नेत तृतीय हुनुभएको छ। प्रतियोगिताको निर्णायकमा रेडियोका उपाध्यक्ष मधुसूदन बैद्य, कोषाध्यक्ष शारदा शर्मा र साहित्यकार भुवन देवकोटा रहनुभएको थियो।

प्रतियोगितामा विद्यार्थीहरुले समाजलाई सुसूचित र विकासको मार्गमा अघि बढाउन सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिएका थिए। शहरदेखि गाउ“सम्मका नागरिकहरुको पहु“चमा सामुदायिक रेडियो रहेको भन्दै सूचना प्रवाह र खबरदारीमा सशक्त भूमिका निर्वाह गर्दै आएकोमा जोड दिएका थिए। रेडियोले १३ औं स्थापना दिवसका अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा जेठ १ गते विशेष कार्यक्रम गर्दैछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top