Free songs
Home / समाचार / प्रमुख समाचार / मिडिया काउन्सिल विधेयकविरुद्ध सञ्चार क्षेत्र आन्दोलित : प्रेसलाई कुण्ठित गरे लोकतन्त्र रहँदैन

मिडिया काउन्सिल विधेयकविरुद्ध सञ्चार क्षेत्र आन्दोलित : प्रेसलाई कुण्ठित गरे लोकतन्त्र रहँदैन

युगबोध समाचारदाता

काठमाडौं। सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध सञ्चार क्षेत्र आन्दोलित भएको छ। नेपाल पत्रकार महासंघको आह्वानमा सञ्चार क्षेत्र आन्दोलित भएको हो।

यसैबीच विधेयकका सम्बन्धमा नेपाल पत्रकार महासंघले आइतवार गरेको महासंघका पूर्व पदाधिकारी, सञ्चारमाध्यमका सम्पादक, कानूनविद तथा विज्ञहरुस“गको छलफलमा सरोकारवालाहरुले विधेयकको चर्को बिरोध गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले समाचार लेखेकै आधारमा दण्ड सजाय हुन्छ भने त्यहा“ लोकतन्त्र नरहने बताउनुभयो। उहा“ले संविधानले ग्यारेन्टी गरेको जनताको मौलिक अधिकारलाई सरकारले कुण्ठित गर्न नहुने बताउनुभयो। महासंघका महसचिव रमेश विष्टले संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक संविधानको भावनाविपरीत आएको बताउदै त्यसलाई सरकारले नसच्याउञ्जेल महासंघले आन्दोलनका कार्यक्रम जारी राख्ने बताउनुभयो। उहा“ले आन्दोलनमा साथ दिन सरोकारवाला सबैलाई आग्रह गर्नुभयो।

कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेले सञ्चारगृहले नै स्वनियमन गर्ने कानुनको अवधारण आइरहेको बेला सरकारले संविधानको प्रस्तावनाविपरीत नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याउन लागेको भन्दै त्यसलाई सच्याउनुको विकल्प नरहेको बताउनुभयो। नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइ“टेलले ऐन बन्नु अगाडिसम्म विधेयकमा छलफल समेत नगरी सरकारले ल्याएको बताउनुभयो। उहा“ले यो कानुन पास भए लोकतन्त्रका लागि घातक हुने बताउनुभयो।

महासंघका पूर्वसभापति तारानाथ दाहालले हाल संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयकको संरचना नै त्रुटिपूर्ण रहेको बताउनुभयो। नया पत्रिकाका प्रधान सम्पादक कृष्ण ज्वाला देवकोटाले सरकारले जानीजानी उक्त विधेयक ल्याएको भन्दै त्यसलाई सच्याउनुको विकल्प नरहेको बताउनुभयो।

वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले विधेयक संविधानको प्रस्तावनाविपरीत ल्याइएको भन्दै त्यसको छिनोफानो अदालतमार्फत पनि गर्न सकिने बताउनुभयो। नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले प्रेसजगत अप्ठ्यारोमा पर्नु भनेको जनता समस्यामा पर्नु हो भन्दै त्यसको समाधानको अन्तिम विकल्प अदालत नै रहेको बताउनुभयो।

‘कांग्रेस प्रखर बिरोधमा उत्रन्छ’

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारले प्रेस स्वतन्त्रताविरोधी विधेयकहरु ल्याएको भन्दै संसदमा प्रखर ढंगले उभिने जनाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा आइतवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले प्रेस स्वतन्त्रताविरोधी विधेयकहरुका विरुद्धमा संसदमा कांग्रेस प्रखरढंगले उभिने जानकारी दिइएको हो।

प्रेससम्बन्धी कानुन निर्माण गर्दा सरकारले सरोकारवाला पक्षसग कुनै छलफल नभरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। ‘प्रेससम्बन्धी कुनै पनि कानुन निर्माण गर्दा नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला संस्थाहरुसग कुनै विमर्श नगर्नु गैरजिम्मेवार शैली मात्रै होइन, अधिनायकवादी प्रवृत्ति पनि हो। नेपाली कांग्रेस यसको तीब्र निन्दा गर्दछ’– पत्रकार सम्मेलनमा वितरीत प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top