Free songs
Home / फिचर समाचार / गिठेपानीको साततालेमा अर्को ताल

गिठेपानीको साततालेमा अर्को ताल

 गोविन्द खड्का

घोराही। गिठेपानी ड्याम निर्माण समिति घोराही–१८ ले साततलेमा ड्याम बनाई ताल निर्माण गर्ने निर्णय गरेको छ। यसअघि बृहत सिंचाई आयोजनाले एउटा ताल निर्माण गरेको थियो।

समितिका अध्यक्ष लालमती जैसीको अध्यक्षतामा आइतवार बसेको बैठकले सम्झौता गरी यसै आर्थिक वर्षमा सम्पन्न गर्ने निर्णय गरेको छ। यसअघि नै नगरस्तरीय कार्यक्रमअन्तर्गत २५ लाख बजेट विनियोजन भएको थियो। समितिका सचिव सुरेश बुढा मगरका अनुसार घोराही उपमहानगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठ नेतृत्वको टोलीले स्थलगत अध्ययन गरी निश्चित गरेको हो। केही दिनमै ड्याम बनाउने काम शुरु हुन्छ।

समितिका अनुसार गिठेपानी रानीजरुवा सडक खण्डको खारखोला सोतामा ड्याम बनाउने भएको छ। बाटोको उचाइ बढाएर खोल्साको पानी थुनेर ड्याम बनाइनेछ। त्यसमा सङ्लिने पानीले दिदी बहिनी र खरकट्टी टोलवासीलाई प्रत्यक्ष लाभ हुने छ। त्यसको आसपासमा रहेका जमिनका ठूला फाटहरु ड्यामको पानीले हराभरा बनाउन सकिनेछ।

‘तार जाली लगाउनुपर्छ’– दिदी बहिनी टोल विकास संस्थाका अध्यक्ष घनबहादुर रावतले भन्नुभयो– ‘पानी जम्मा भयो भने त्यत्तिकै हरियाली हुन्छ। सबैतिरबाट फाइदै फाइदा कमाइन्छ।’ उहा“का अनुसार त्यस आसपासमा कुवामा पानी प्रशस्त आउ“छ। घरघरै कुँवा खन्न सकिन्छ। मोटर लगाएर गाउ“मा पानी ल्याउन र सिंचाई गरेर तरकारी खेती गरिन्छ। जंगलको छेउमा चिसो हावापानीमा उब्जेको सागपात खाने व्यवस्था गर्न सकिन्छ।

पानीको मुहान थपिनु अतिउत्तम कुरा भएको कालिका सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर रावतले बताउनुभयो। उहा“का अनुसार जता बने पनि उपलब्धि हो। नजिकै दुईवटा ताल बन्नु भन्दा अरु ठाउ“मा पनि बनाएको भए झनै उत्तम हुन्थ्यो। प्राविधिक र आर्थिक सीमामा बा“धिएर गर्नुपर्दा नजिकै दुईटा ताल बन्ने कुरामा विरोध हुन्न।

सधैं पानीको अभाव हुने गिठेपानीमा इतिहासमै पहिलो पटक माछा उत्पादन भएका छन्। मनप्रसाद श्रेष्ठको अध्यक्षतामा गठिन गिठेपानी बृहत सिंचाई जल उपभोक्ता समितिले क्वीन्टलको हिसावले माछा बिक्री गरेको छ। सचिव दिनेश ओलीका अनुसार केही उधारो भएकाले एकीन हिसाव भएको छैन। गाग्री भर्न मिनेटको पालो लगाउने गिठेपानीका वासिन्दाले अघाउञ्जेल माछा खान पाएका छन्। एक घरले झण्डै चार किलो माछा खपत गरेका थिए।

जंगलको छेउमा माछा उत्पादन हुन्छन् भन्ने धेरैको कल्पना बाहिरको कुरा थियो। तालले के दिन्छ र ? भन्दै बेवास्ता गर्नेहरु यसपटक माछा उत्पादन पछि झस्किएका छन्। उतिबेला विरोध गर्नेहरुले अहिले तालको समर्थन थालेका छन्। स्थानीय कृष्णबहादुर डा“गीले गिठेपानी तालको पानीले पक्की घर बनाएका थिए। एकजना बालिका डुबेर मृत्यु भएपछि केही बिरोध भएको थियो। गिठेपानीका अगुवा नुमबहादुर खत्रीलगायतको अगुवाइमा सुझबुझपना देखाइयो। त्यसबाहेक दुःखद घटना दोहोरिएको छैन। पौडी खेल्ने, माहुरीले पानी खाने, घरपालुवा र जंगली जनावरले पानी खानेलगायत अनेकौं उपलब्धि छन्।

अर्को ताल बन्ने कुराले पुनः चहलपहल शुरु भएको छ। जरुवा र मुहान सुक्दै गरेको, कटुवा खोलाको स्रोतले माथिल्लो वस्तीमा खानेपानी अपुग भएको बेला घोराही उपमहानगरपालिकाको कृत्रिम ताल बनाउने उपायले नया“ उत्साहको सञ्चार गरेको छ। जमिनको मूल्य बढ्न थालेको स्थानीय बताउ“छन्। नजिकै वन भएकाले दाउरा सजिलै पाइने, हावापानी शीतल, वातावरण सुन्दर त्यस क्षेत्रका आकर्षणका केन्द्रमा पर्छन्। यस पटकको बजेट र भूगोलको अवस्थाले खारखोला छनोट गरिएको इञ्जिनियर श्रेष्ठले बताउनुभयो। आगामी वर्ष बजेटको मात्रा बढाई अरु सम्भावित ठाउ“मा ताल बनाउने योजनालाई निरन्तरता दिइने ई. श्रेष्ठले जानकारी दिनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top