Free songs
Home / समाचार / प्रमुख समाचार / सरकार बरालिएको छः थापा

सरकार बरालिएको छः थापा

 ओपेन्द्र बस्नेत 

श्रीगाउख। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अभूतपूर्व बलियो सरकार एक वर्षमा बरालिएको आरोप लगाउनुभएको छ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले पश्चिम दाङको श्रीगाउ“मा आयोजना गरेको बृहत शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गदैर्  उहाले सरकार जनतालाई अ“ध्यारोबाट उज्यालोतर्फ ल्याउनु भन्दा पनि निरंकुश बन्नेतर्फ उद्वेलित रहेको टिप्पणी गर्नुभयो। अड्डा अदालत, संवै धानिक आयोग, संसद, सञ्चार चारै तर्फ आक्रमण गरेको बताउ“दै  आफूविरुद्ध सञ्चार माध्यम र सामाजिक सञ्जालमा लेख्नेलाई दण्डित गर्नेगरी संसदमा कानुन टेबुल भएको बताउनुभयो।  ‘सत्तामा पुग्न सहयोग गर्ने पत्रकारहरु निरंकुशताका विरुद्ध आज सडकमा छन् । के हामीले खोजेको संघीय लोकतान्त्रिक गणतन्त्र यही हो ?’ थापाले प्रतिप्रश्न गर्नुभयो । विगतको भन्दा अहिलेको शासन व्यवस्था गएगुज्रेको भन्दै ै  थापाले एकोहोरो समृद्धिको रटानले मात्रै  नेपालमा समृद्धि नआउने बताउनुभयो।

‘प्रधानमन्त्रीज्यूले यताबाट पनि समृद्धि आउ“छ उताबाट पनि समृद्धि आउ“छ भन्नुहुन्छ। कसरी आउ“छ त भन्दा यताबाट पानी जहाज आउ“छ उताबाट रेल आउ“छ। राजमार्गमा हवाई जहाज बस्छ भन्नुहुन्छ’– युवा नेता थापाले भन्नुभयो– ‘मै ले त्यसै  आरोप लगाएको होइन तीन दिनअघि संसदमा उठाएको कुरा हो।’ ‘गाउ“मा पहिला भन्दा अहिले बिजोग छ। त्यसै ले रेल पु¥याउनु भन्दा पहिला एक पटक गाउ“मा गएर त हेर्नुस अनि बुझ्नुहुन्छ वास्तविक अवस्था भनेर भनेको छु।’ वर्तमान सरकारले एक वर्षमा राम्रो काम यो ग¥यो भन्न सक्ने अवस्था नरहेको दाबी गदैर्  थापाले नेपालको पूर्वाधार क्षेत्र, शिक्षा, स्वास्थ्य, यातायात कुनै  पनि ठाउ“मा सुधार गर्न नसकेको बताउनुभयो। ‘म यही मञ्चबाट चुनौ ती दिएर भन्छु’– थापाले भन्नुभयो– ‘एउटा किसानले भनिदेओस यो सरकारले राम्रो काम ग¥यो भनेर। सबै  ठाउ“ अस्तव्यस्त छ। उद्योगहरु बन्द हुन थालेका छन्।

वै देशिक लगानी आउने ढोका बन्द हुन थालेको छ।’ अभूतपूर्व सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भत्काइरहेको बताउ“दै  पूर्व स्वास्थ्यमन्त्री थापाले राष्ट्रपतिका सवारी साधन बाहिर निस्किदा गणतन्त्रमाथि नै  खतरा हुने भएकाले शितल निवासमै  बस्न हात जोडेर आग्रह गरेको बताउनुभयो। कार्यक्रमका अतिथि तथा कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सरकार दुई तिहाइको दम्भमा रहेको भन्दै  धेरै  दिन टिक्न नसक्ने बताउनुभयो। सोही कार्यक्रममा प्रदेशसभा सदस्य डिल्ली चौ धरीले आफ्नै  घरमा आगो लगाएर कांग्रेस नेताहरु खरानी बेच्न जाने गरेको भन्दै कांग्रेसलाई हराउने कांग्रेस नै  भएको बताउनुभयो। सो अवसरमा पूर्वसांसद गेहेन्द्र गिरी, संविधानसभा सदस्य बुद्धिराम भण्डारी, कांग्रेसका पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, शान्तिनगर गाउ“पालिकाका अध्यक्ष कमानसिंह डा“गी, नेपाली कांग्रेस सल्यानका पूर्वसभापति ध्रुवराज पुरी, कांग्रेस दाङका नेता महादेव शाह, लेवेन्द्र धिताल,  जिल्ला विकास समितिका पूर्वसभापति भरत केसी, क्षेत्र नं. ५ का कार्यवाहक सभापति  घनश्याम ढकाल, प्रेस युनियन दाङका निवर्तमान अध्यक्ष सुशील बस्नेत, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ घोराहीका अध्यक्ष गुरु क“डेल, तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष बेनु अधिकारी, आयोजक संस्थाका उपाध्यक्ष गोकर्ण गिरीलगायतले सम्बोधन गर्नुभएको थियो। आयोजक संस्थाका अध्यक्ष जनक खरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव झलक केसीले गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top