Free songs
Home / विचार / मेरो पत्रकारितामा कर्ण शाक्यको क्लीक

मेरो पत्रकारितामा कर्ण शाक्यको क्लीक

गोविन्द खड्का

‘लेखेर बस्नेलाई प्रधानमन्त्री बनाइदिने कि जस्तो लाग्छ। तब उनीहरु कस्तो–कस्तो गरेर देखाउ“थे।’ कर्ण शाक्यको तस्विर आ“खामा धमिलो हु“दै  गएको छ । तर यो भनाइ दिमागमा झन् ताजा बन्दै ै छ। लेखक एवं व्यवसायी शाक्य यति धेरै  विरक्त हुनुभएको मलाई शंका पनि थिएन।

लेखक शाक्यको कृति सोच सर्वाधिक विक्री हुनेमा पर्छ। त्यसस“गै  खोज, म सक्छु र मोज पनि उत्तिकै  खोजी हुने पुस्तक भएको जनता बुक स्टल घोराहीका रामभक्त गुप्ताको भनाइ छ। त्यसस“गै  सोच समूह दाङका अध्यक्ष वसन्त पुनले प्याकेजको रुपमै  सबै  कृति विद्यालयहरुमा बिक्री गर्नुभयो। व्यवसाय क्षेत्रका अनुभव संगालिएका पुस्तक यथार्थपरक मानिन्छ।

उहा“लाई प्रमुख वक्ताका रुपमा ल्याउन लागेको सुनेपछि पोखरामा तालको जग्गा मिचेर होटल बनाएको विवाद झल्या“स्सै  याद आएको थियो। जति मिठा कुरा गरे पनि बानी त सरकारी जग्गा कब्जा गर्ने रहेछ नि भन्ने लाग्यो। गलत नियत भएकाले सकारात्मक सोचको प्रशिक्षण कसरी देलान् प्रश्न उब्जियो। धेरै  दिन मन्थनमै  बित्यो। कुनै  बेला त्यस्तै  समय थियो। त्यसमा उहा“ पनि पर्नुभयो। यस्तै  हो। तर खराब मान्छे होइन भनेर आदरणीय व्यक्तित्वहरुबाट सुझाव पाए“। कार्यक्रममा सहभागिता जनाउने निष्कर्र्षमा पुगें।

मै ले आफूलाई सहभागिताको लागि सहमत गराए“ । तर धेरै  लेखक पत्रकारले कार्यक्रमलाई महत्व दिएनन्। त्यही विषयले जान जा“गर नचलेको भन्दै  थिए“। सञ्चार माध्यमहरुमा कम प्राथमिकता पायो। सहभागिता पनि विद्यार्थीको अधिक थियो। तिनको उपस्थितिलाई स्वतः स्फुर्त मान्न सकिन्न। शिक्षकहरुले जानु भनेपछि उपस्थित भएका हुन्। चासो पनि दिएनन्, कार्यक्रमका अध्यक्ष वसन्त पुनले शाक्यबाट माइक खोसेरै  मास कन्ट्रोल गर्नुपरेको थियो। गञ्जागोल बढी भयो। कार्यक्रमका प्रमुख अतिथि भनेर हरि बुढा मगरलाई नथपेको भए सा“च्चै  शाक्यको कार्यक्रम खल्लो हुने थियो। यावत कमजोर पक्षका बीचमा उहा“ले व्यक्त गरेका विचार निकै  उच्च छन्। मननयोग्य र जीवन बदल्ने सामाथ्र्य राख्छन्। टिन एजरले ७७ वर्षे पाका व्यक्तिको कुरा सुन्न खास्सै  रुचि राख्ै दनन्।

समूहले गरेको निम्तोमा पतञ्जलि हलमा वै शाख २४ गते मंगलवार विहान ६ः३० बजे कार्यक्रम हुने भनिएको थियो। त्यसै  अनुरुप हल भरिने गरी विद्यार्थीहरु बसालिएको थियो। अन्य व्यक्तित्वको पनि सहभागित तोकिएको समयमै  भयो। तर अतिथि भने सात बजेर आठ मिनेट जा“दा हल भित्र पस्नुभयो। यो झण्डै  पौ ने घण्टा समय बर्बादी हो। यसले ‘सकारात्मक सोचौ ं, सकारात्मक बोलौ ं, सकारात्मक गरौ ं’ भन्ने मुल नाराको अवमूल्यन गर्छ। सयँंै को संख्यामा उपस्थित भएका, गर्मीले उकुसमुकुस पारिएका व्यक्तिलाई लामो प्रतीक्षामा राख्नु अन्याय हो। यसले सकारात्मक सोचको विकास गर्नुको साटो यिनीहरु पनि यस्तै  हुन् भन्ने सन्देश दिन्छ। कुनै  नेता वा मन्त्रीलाई कुर्नु र सकारात्मक सोचका अभियन्ता पर्खनु उस्तै  लाग्थ्यो। आयोजकले ठीक समयमा आयोजना र सम्पन्न गर्नेमा ध्यान दिनै  पर्र्छ। त्यसपछि मात्रै  अरु भन्दा फरक देखाउन सकिन्छ।

त्यसपछि पदीय दायित्व जता पनि चाहिन्छ। आफ्नो भूमिकामा नरहने अनुशासनहीनको विज्ञताको अर्थ हु“दै न। कसै को बिद्वता आलोचना गर्नलायक हुन्छ भने नकारात्मक भावना फै लाउ“छ। विरामीले उचित औ षधि खाएपछि निको हुन्छ अनुचित खाए ड्रग्स वा विष बन्छ। अरुलाई गाली नगर्ने, आसन ग्रहण कसै लाई नगराउने, अनावश्यक समय खर्च नगर्ने भनेर उद्घोष गरेको आयोजकले आधा घण्टा बढी समय अतिथि आसनग्रहण तथा भूमिकामा खर्चियो। जसको आवश्यकता र महत्व थिएन। त्यसै मा बढी समय लगायो। कुनै  पनि वक्ताको भनाइलाई टिप्पणी गर्नु तथा थप व्याख्यामा समय दिनु सञ्चालकको कमजोरी हुन्छ। मुख्य वक्ताको कुरा सुन्न आतुरी हुन्छ। जति सक्दो चा“डो त्यहा“सम्म लै जानुपर्छ। यस मानेमा पनि अरु कार्यक्रममा भन्दा सकारात्मक सोचले फरक देखाउन सकेन।
पत्रकारिता भनेको नराम्रो हो भन्ने बुझ्न थालिएको छ। बिग्रेको समाचार हो सप्रियको विज्ञापन हो भनिन्छ। त्यसै ले समाचार पढ्ने ग्राहकले पनि नराम्रो नराम्रो लेखेको खोज्दै  हि‘ड्छन्। पत्रकारलाई पनि यसमा कसै को चासो हु“दै न । राम्रो किन छाप्ने भन्ने परिरहेको छ। यसरी शाक्यले व्याख्या गरेपछि मलाई क्लीक गराएको छ। अरुलाई खुशी हुने विषय हाम्रा समाचार बन्दै नन्। उत्साह थप्ने विषयले प्राथमिकता पाउ“दै नन्। त्यसपछि नकारात्मक भावना फै लिन्छ। अहिलेसम्म तर्साउने, रिसाउने, भगाउनेलाई ठूलो पत्रकारिता मानेका छौ ं। सुधार्ने, परिवर्तन गर्ने, उत्साहित बनाउने विषयले कम महत्व पाएको छ।

समाजमा व्याप्त भएको भावना, भ्रष्ट नेता, चोर कर्मचारी, ठग व्यापारी भन्ने हो। यस्तै  कुरा गरेर दिनै भरी फत्फताउने गछौर् ं। कहा“–कहा“ के–के बिग्रिएको छ पत्रकारलाई त्यही खबर आउ“छ। मै ले यस्तो नया“, राम्रो गरेको छु भनेर खबर गर्ने संख्या थोरै छ। हामी त्यही बिग्रेको सन्देश प्रवाह गछौर् ं। त्यसले असन्तोषको भावना फै लाउ“छ। अनि यो देशमा बस्नु बेकार छ भन्ने विचार पै दा गर्छ। गरिखान सकिन्न भन्ने निष्कर्षमा लै जान्छ। जति पढे पनि के गर्ने र ? यहा“ हुने केही होइन । सबै  चोरहरु मात्रै  छन् भनेर मान्छेहरु धमाधम देश छोडिरहेका छन्। युवा र विज्ञ जनशक्ति बाहिर गएको छ। उहा“ले एउटा प्रसंग सुनाउनुभयो। भूकम्पले चर्केको घर बनाउन मिस्त्री लगाउनुपर्ने भयो। त्यो घर टाल्न एउटा पनि नेपाली कामदार थिएन। सबै  अरु देशबाट आएकाले बनाइदिए। नेपाली कामदारहरु अरब देशहरुमा हाउजीङमा भनेर गगनचुम्बी महल ठड्याइरहेका छन्।

मै ले सम्झिए“ यहा“ पनि कालोपत्रे गर्ने मान्छे भेटिदै न। साइकल पसलहरु कामदार नपाएर बन्द हु“दै छन्। गाउ“मा बत्ती बिग्रियो भने जा“च गर्ने मान्छे छै न। धाराको टुटी जोड्न आउ“दै न। पेन्टर भेटिदै न। पशुलाई सुई लगाइदिने हो भने जानेको मान्छे छै न। घरमै  सुई लगाउनु भनेर विरामी पठाउने हो भने त्यो पनि छै न। तर बेरोजगारहरुको बाहुल्यता छ। अहिले स्थानीय सरकारमा फाराम भर्नेहरुको भीड छ। चिया पसलहरुमा जानुपर्छ सरकार, ठूला नेता तथा अन्य कसै को आलोचना गर्ने शिरोमणिहरुको कमी हु“दै न।

आफ्नो वरपरको समाजको होइन विदेशका कुरा हुन्छन्। कसले रकेट आक्रमण ग¥यो, कसले मिसाइल बनायो। अमेरिकाले कसलाई ध्वस्त बनाउ“दै छ। आफ्नो छिमेकीले शौ चालय नबनाएर आफूलाई दिसा खुवाएको थाहै  छै न। त्यसकै  कारणले आफ्नो स्वास्थ्य र धन नाश भएको पत्तो पाउने होइन। नालामा दिसा बगाइदिएर दुर्गन्ध फै लाइ रोग निम्त्याको मतलब छै न। भारत र पाकिस्तानको लडाइ“ हुन्छ कि हुन्छ कि भन्ने ठूलो त्रास छ।
उहा“ले सुन्ने मान्छेको छेउमा बोल्न डर लाग्छ भन्नुभएको थियो। दुःख खाएकोले कथा बोल्छ। सुख हराउ“छ। खुशीका पलको याद हु“दै न । दुःख सधै ं बा“चिरहन्छ। सास फेरेर आस गरेन भने लाश हुन्छ। यसरी प्रबचन दिइरह“दा अति आनन्दानुभूति भएको थियो। राजा, मन्त्री, नेता चोरले देश विगारेको होइन। चोरले एक दुईटा घर लुट्न सक्छ। राजा मन्त्री नेताले अरुले दिएको खाने हो। दिदै  नदिएपछि उनीहरुले कसरी भ्रष्टाचार गर्छन् ? बिगार्छन् ? यति सुनेपछि याद आयो किलो होइन क्वीन्टलका माला पहिराउने नागरिक हुन्। लाइनमा बसेर पुष्प गुच्छा अर्पण गर्ने हामी नागरिक हौ ं। कोसेली, पाहुर बुझाउन जाने पनि हामी हौ ं। उनीहरुलाई दम्भी, घमण्डी, विलासी जे–जे बनाए पनि हामीले हो।

मन्त्री बनाउ“दा भोट हाल्ने हामी । मन्त्रीको शपथ खानु छै न हत्तपत्त फुलका गुच्छा लगेर चढाउने हामी । जागिर मिलाइदिनुस् भनेर हात थाप्न ढोका ढोकामा धाउने हामी । नेता हु“दासम्म पै सा नदेखेकोलाई करोडौ ं लगेर घुस खुवाउने हामी। धन देखेपछि भगवानकै  नेत्र खुल्छन् । नेता त मान्छे हो उसको नखुल्ने कुरै  भएन। यो कुराले हलमा उपस्थित सबै  सन्तुष्ट भए।

गरिब होइन मूर्ख हौ ं। पाएको चिज उपयोग गर्न नसक्ने, दिएको चिज अबमूल्यन गर्ने सुनको थाली लिएर ऋण माग्न जाने हामी हांै । उहा“ले थप्दै  जानुभयो, पसलमा चिया पकाउने एउटा दिदीले वार्षिक तीन चार लाख कमाउ“दा उसलाई हेला गर्ने हामी । अरुले के–के गर्नुपर्ने हो सबै  थाहा छ । आफूले गर्नुपर्ने केही थाहै  छै न। अधिकार खोज्दा उफ्रिने, जिम्मेवारी पाउ“दा भाग्ने गछौर् ं। समस्यास“ग समाधान आउ“छ, त्यो तेस्रो आ“खा हो। त्यो दिमागको मन्थनले मात्रै  खुल्छ। नाम, सम्मान, पहिचान चाहनेले धन हेदैर् न। पहिचान शान हो।

अर्काको मोटरमा आड लिएर फोटो खिच्ने। चेतना पछाडि छ उपलब्धि गरे पनि देख्न सक्दै नौ ं। मानिस धनी भो, देश गरिब बन्यो। यो मान्छे स्वार्थी भएर हो। जीवन विजगणित होइन, अर्थगणित हो। यसलाई जटिल बनाउनुहु“दै न। यति धेरै  सुनिसकेपछि मलाई लाग्यो अब पुरानो शै लीबाट हु“दै न। फेरिनुपर्छ। चिढ्याउने होइन महसुस गराउने पत्रकारिता जरुरी छ। गलततिर उन्मुख गराउने होइन, बिमुख गराउने आवश्यकता छ। आधा गिलासलाई भरिन बा“की लेख्दा सकारात्मक हुन्छ। आधा मात्रै  भन्यो भने निराश बनाउ“छ। गतिला कुराको व्यापक प्रचार गर्नुपर्छ। खराब कुरा निस्तेज पार्नुपर्छ। व्यक्ति सबै  आफूलाई राम्रो भन्छौ ं । त्यसभित्रका प्रबृत्ति खराब हुन्छन्। त्यसलाई सच्याउन सकारात्मक सोचको जरुरी छ। अवसर दिने सकारात्मक सोच समूह दाङ, मितेरी हस्पिटल र एनआइ एचइप्रति हार्दिक आभार व्यक्त गर्दछु।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top