Free songs
Home / सम्पादकीय / मदिरा नियन्त्रण अभियानमा सार्थक प्रयासको खाँचो

मदिरा नियन्त्रण अभियानमा सार्थक प्रयासको खाँचो

दाङका विभिन्न स्थानका महिलाहरुले मदिरामुक्त अभियान शुरु गरेका छन्। मदिराका कारण घरेलु हिंसा बढेको र समाज अशान्त हुन थालेको भन्दै  उनीहरुले यस्तो अभियान शुरु गरेका हुन्। प्रहरी र स्थानीय सरकारको अगुवाइमा महिलाले प्रत्यक्षरुपमा सहभागिता जनाएर मदिरामुक्त अभियान चलाइरहेका छन्। खासगरी पछिल्लो समयमा प्रहरीले थालेको नागरिक–प्रहरी साझेदारी अभियानअन्तर्गत ठाउँ–ठाउँमा मदिरा नियन्त्रणका प्रयास थालिएको छ। अनियन्त्रित मदिराका साथ घरेलु हिंसा निकै  बढेको छ। रुकुमपश्चिममा गरिएको एउटा अध्ययनले के देखाएको छ भने जिल्ला प्रहरी कार्यालयमा अपराधका उजुरीमध्ये ८० प्रतिशत मदिराका कारण सिर्जित थिए। त्यस्तै  अस्पतालमा आउने विरामीमध्ये ८० प्रतिशत पनि मदिरा सेवनकै  कारण विरामी परेको रुकुमपश्चिमको अध्ययनले देखाएको थियो।

यसबाट के देखिन्छ भने अनियन्त्रित मदिरा सेवन नेपालमा ठूलो समस्या हुन थालेको छ। यसको नियन्त्रण वा व्यवस्थापन आजको आवश्यकता भइसकेको छ।
गएको बिहीवार दाङको घोराही उपमहानगरपालिका–४ मा एउटा दुःखद दृश्य देखियो। एक दश वर्षे बालक रक्सी सेवन गरेर गाउँमा हल्ला गदैर्  हिडेको देखेपछि स्थानीयले नियन्त्रण गरी प्रहरीमा बुझाए। उनले सेवन गरेको मदिरा बनाउने घरको खोजी गदैर्  जाँदा ठूलो परिमाणमा घरेलु मदिरा बनाउँदै  गरेको भेटियो। जाँडका भाँडा हेदैर्  जाँदा कतै  चप्पल जुत्ता हालेको पाइयो भने केहीमा पिसावसमेत गरेको पाइयो। यो घटना हेर्दा सामान्यजस्तो देखिए पनि यसलाई दुई कोणबाट विश्लेषण गर्न सकिन्छ। एउटा त मदिराको सेवन यति अनियन्त्रित र अब्यवस्थित भइसकेको छ कि दश वर्षे बालक पनि मदिरा सेवन गरेर हल्ला गर्ने अवस्था सिर्जना भएको छ। यो समाजको भयावह अवस्था हो। मदिरा सेवन नगर्नु सबै भन्दा राम्रो हो, गर्नेका लागि पनि यसको आफ्नै  सीमा हुन्छ। छिमेकी भारतमा हे¥यौ ं भने पनि मदिरा सेवनका लागि उमेर, समय र स्थान तोकिएको हुन्छ। तीन पुस्ते खुलाएर मदिरा खरिद र सेवन गर्न पाइन्छ। माथिको घटनाबाट सिक्ने दोस्रो सवाल, घरेलु मदिरा बनाउँदा जुन पदार्थ प्रयोग गरिदोरहेछ, यो मानव स्वास्थ्यका लागि हितकर कदापि छै न। त्यसै ले पनि मदिरा नियन्त्रण वा ब्यवस्थापन प्रभावकारी बनाउन जरुरी छ।
सरकारले बेला–बेला मदिरा नियन्त्रण अभियान नथालेको होइन तर प्रभावकारी हुन सकेको छै न। केही समयअघि मात्रै  गृह मन्त्रालयले देशव्यापीरूपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने जनाएको थियो। मन्त्रालयले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै  मदिरा बिक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको बताएका थियो। जसका लागि गृहमन्त्रीले विभिन्न राजनीतिक पार्टीमा आबद्ध महिला नेता र महिला सांसदहरूसँग छलफल पनि गरेका हुन्। समाज, परिवारमा विखण्डनको प्रमुख कारक मदिरा रहेको भन्दै  यसको नियन्त्रण गर्ने तयारी गृह मन्त्रालयले थालेको उनले जानकारी गराएका थिए। तर, यो छलफल भएको लामो समय बितिसक्दा पनि सरकारको कार्ययोजना अझै  आउन सकेको छै न।

देशभर रहेका करीब छ हजार पा“च सय स्थानीय तहका वडाहरूमा विभिन्न राजनीतिक पार्टी आबद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समूह, नागरिक समाज र सुरक्षाकर्मी रहने गरी समिति गठन गरी वडास्तरबाटै  जनसहभागितामा मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने सरकारले तयारी थाले पनि कार्यान्वयन अझै  गर्न सकेको छै न। कतिपय ठाउँमा जिल्लास्तरमा गरिएका प्रयास पनि सार्थक हुन सकेनन्। रुकुमपश्चिममा मदिरा निषेध नै  गरियो तर पर्याप्त कानुनी आधारको अभावमा कार्यान्वयन सम्भव भएन। स्थानीय सरकारले घोषणा गरे पनि अदालतको आदेशबाट सो घोषणा असफल भएको छ। एकातिर सरकारले मदिराबाट कर संकलन गरिरहेको छ भने अर्कोतिर एकै चोटी मदिरा निषेध भन्दा पनि सम्भव हुने कार्यक्रम होइन। बरु यसलाई व्यवस्थित गदैर्  लै जानु आवश्यक छ। कम्तिमा तीस वर्षभन्दा कम उमेरका व्यक्तिलाई साँझ ७ बजेभन्दा अघि र खुला ठाउँमा मदिरा बिक्री गर्न नपाउने प्रावधानसहितका कार्ययोजना अघि सार्ने हो भने केही सुधार आउने छ। समुदायस्तरमा महिलाको अगुवाइमा समुदाय परिचालन गरेर नियन्त्रणकै  अभियान थाल्ने र राज्यस्तरबाट कार्ययोजना बनाएर ब्यवस्थित गर्न थाल्ने हो भने चाँडै  सकारात्मक नतिजा आउने छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top