Free songs
Home / समाचार / संक्षिप्त समाचार / होटल माला इन र सिटी प्लाजालाई थ्रीस्टारको प्रमाणपत्र

होटल माला इन र सिटी प्लाजालाई थ्रीस्टारको प्रमाणपत्र

युगबोध समाचारदाता

घोराही । सरकारले घोराहीका होटल माला इन र सिटी प्लाजालाई थ्री स्टारको प्रमाणपत्र दिएको छ। खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले घोराहीका १० वटा होटलको अवस्थाका बारेमा अनुगमनपछि अतिउत्तम श्रेणीमा माला इन र सिटी प्लाजा परेका हुन्।

माला इन होटलका सञ्चालक ओविन्द्र महरालाई कार्यालयका खाद्य अनुसन्धान अधिकृत विवेक बन्जाराले थ्री स्टारको लोगोसहित प्रमाणपत्र प्रदान गर्नुभएको छ। त्यसैगरी होटल सिटी प्लाजालाई घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले म्यानेजर कमल सुवेदीलाई लोगो र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ।

होटल तथा रेष्टुरेन्टहरुको चौतर्फी व्यवस्थापकीय पक्षहरुलाई हेरेर स्तरीकरण गरिएको हो। विभिन्न पक्ष समेटिएका ५० सूचकहरुका आधारमा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा वर्गीकरण गरिने उहाको भनाइ छ।

९० भन्दा माथि अंक ल्याउने अतिउत्तम, ८० देखि ८९ सम्म अंक ल्याउने उत्तम, ६५ देखि ७९ सम्म अंक ल्याउने सन्तोषजनक र ५० देखि ६४ अंकसम्म ल्याउनेलाई सामान्य अवस्थामा वर्गीकरण गर्ने नीति छ। होटल माला इनले ९२ र सिटी प्लाजाले ९० अंक ल्याएका थिए।

त्यसैगरी होटल डोको, भिंग्रेली भिलेज, ग्रीन भ्याली, मनकामना, माउण्ट एभरेष्ट, होटल म्याजिष्टिक र साइनो होटलको पनि अनुगमन गरिएको छ। अतिउत्तम हुन नसकेका होटल तथा रेष्टुरेन्टलाई सुधार गर्नका लागि निवेदन दिएर एक महिनाको समय दिने व्यवस्था गरिएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top