Free songs
Home / समाचार / संक्षिप्त समाचार / बलात्कारको कसुरमा १६ वर्ष कैद

बलात्कारको कसुरमा १६ वर्ष कैद

घोराही  (युुस)– पाच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले घोराही उपमहानगरपालिका–२ का १८ वर्षीय मुकेश विकलाई १६ वर्ष कैद गरेको छ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले शुक्रवार कसुर ठहर गर्दै विकलाई १६ वर्ष कैद र पीडितलाई स्थानीय तहबाट ५० हजार क्षतिपूर्ति उपलव्ध गराउने फैसला गरेको श्रेष्तेदार धनीप्रसाद चपाईले जानकारी दिनुभयो।

कसुरदारको जायजेथा केही नभएकाले पीडितलाई स्थानीय तहबाट क्षतिपूर्ति उपलव्ध गराउने फैसला गरिएको अदालतले जनाएको छ। विकले वालिकालाई ललाई फकाई गत माघमा बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरी जबर्जस्तीकरणीसम्वन्धी मुद्दा चलाएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top