Free songs
Home / समाचार / संक्षिप्त समाचार / छ दर्जन बढी योजना प्रदेश सरकारसँग माग

छ दर्जन बढी योजना प्रदेश सरकारसँग माग

 अर्जुन परियार

हापुरे। बबई गाउपालिकामा प्रदेश स्तरीय योजना छनोट कार्यक्रम सम्पन्न भएको छ।

आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रदेश सरकारले गर्नुपर्ने योजनाहरुका लागि प्रदेश सरकारस“ग माग गर्न प्रदेशस्तरीय योजना छनोट कार्यक्रम सम्पन्न भएको हो।

दाङ क्षेत्र नं. ३ ख का प्रदेश सांसद धमकली चौधरीको उपस्थितिमा भएको योजना छनोट कार्यक्रममा बबई गाउ“पालिकाले मनमोहन चक्रपथको कालोपत्रे गर्ने योजनालाई प्रमुखताका साथ अगाडि सारेको छ। कार्यक्रममा बबई गाउ“पालिकाका सम्पूर्ण वडाहरुले करीब छ दर्जन बढी योजनाहरुलाई प्रदेश सरकारस‘“ग माग गर्ने योजना अघि सारेका छन्।

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी बबईका अध्यक्ष जीतबहादुर ओलीको अध्यक्षता तथा प्रदेश सांसद चौधरीको प्रमुख आतिथ्यता एवं बबई गाउपालिका अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्ष सावित्रा विश्वकर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद चौधरीले बबई गाउपालिकाले पेश गरेका योजनाहरुलाई कार्यान्वयनमा ल्याउन आफू लागिपर्ने बताउनुभयो।

बबई गाउपालिकाका प्रवक्ता टेकराज विश्वकर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेपाल कम्युनिष्ट पार्टी बबईका सचिव डिल्ली बुढाथोकीले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top