Free songs
Home / समाचार / संक्षिप्त समाचार / चिनारी महिलालाई अल्लो धागो कताइ

चिनारी महिलालाई अल्लो धागो कताइ

 गोविन्द खड्का

घोराही। चिनारी महिला साझेदारी समूह घोराही–१४ ले एक महिने अल्लो धागो कताई तालिम शुरु गरेको छ।

स्वदेशी उत्पादन, आफ्नै सीप र क्षमताको उपयोगले विदेशी मुद्रा आर्जन गर्न सकिने कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका कार्यवाहक मेयर सीता न्यौपानले बताउनुभयो। ‘आफ्नो देश, आफ्नो ठाउ“मा उत्पादित वस्तुलाई प्रोत्साहन गर्ने सरकारको कार्यक्रम छ’– प्रमुख अतिथि न्यौपानेले भन्नुभयो– ‘विदेशमा बजार विस्तार गर्ने हाम्रो प्रयास हुनेछ।’ उहा“ले खपत हुन नसकेको उत्पादनबारे उपमहानगरमा जानकारी दिन आग्रह गर्नुभयो।

अतिगर्मीमा पनि शितल हुने। ठिहि¥याउने ठण्डीमा न्यानो गराउने वातावरणमैत्री अतिउत्तम अल्लोका कपडा मानिन्छन्। जंगलमा खेर गइरहेको रेसा संकलन गरेर दिदीबहिनीले धागो कात्छन्। उनीहरुको सीपलाई आधुनिकीकरण गर्न र महिलाहरुलाई उद्यमी बनाउन वडाले तालिममा सहयोग गरेको वडाध्यक्ष शक्तिराम डा“गीले जानकारी दिनुभयो। हात थापेर गुजारा चलाउने पुरानो युग बाट सीप र जा“गरले आत्मनिर्भर हुने क्षमता हासिल गर्न अध्यक्ष डा“गीले आग्रह गर्नुभयो। मेहनत गर्न कन्जुस्याइ“ नगरी अहिलेको माग सम्बोधन गर्न सक्ने आधुनिक परिधानहरु तयार गर्न आग्रह गर्नुभयो।

जति पनि कपडाहरु तयार हुन्छन् त्यसको जग धागो भएको समूहका सल्लाहकार देवप्रसाद पुनको भनाइ थियोे। उहाका अनुसार जति राम्रो धागो तयार हुन्छ त्यति स्तरीय कपडा बनाइन्छ। बाटो, पुल जस्ता भौतिक विकासस“गै सिप क्षमता बढाउने मानवीय विकास पनि अघि बढाएको भन्दै पुनले स्थानीय सरकारको प्रशंसा गर्नुभएको थियो। दिदी बहिनीलाई हौसला दिन स्थानीय सरकारका कावा प्रमुख न्यौपाने पुगेकोमा कृतज्ञता व्यक्त गर्नुभएको थियो। समूहको अध्यक्ष प्रेमकुमारी पुनले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top