Free songs
Home / समाचार / संक्षिप्त समाचार / घोराहीमा कक्षा बृद्धि हुँदा भर्ना शुल्क नलिइने

घोराहीमा कक्षा बृद्धि हुँदा भर्ना शुल्क नलिइने

घोराही  (युस)– घोराही उपमहानगरपालिका भित्रका नर्सरीदेखी १२ कक्षासम्मका संस्थागत विद्यालयहरुले छात्रबृत्ति वितरण गर्न समिति गठन गर्नुपर्ने भएको छ।

उपमहानगरपालिकाको सामाजिक विकास समितिको आयोजनामा शुक्रवार शिक्षा समिति, प्याब्सन र विद्यार्थी संगठनहरुबीच भएको बैठकले सरकारको नियम अनुसार १० प्रतिशत छात्रबृत्ति प्रदान गर्न विद्यालयमा समिति गठन गरी विद्यार्थी छनोट गर्नुपर्ने निर्णय गरेको हो।

विद्यालयहरुले सरकारी नियमअनुसार छात्रबृत्ति कार्यान्वयन नगरेको र गरे पनि सेयर सदस्यका बालबच्चालाई दिएको भन्दै समिति गठन गरेर दिनुपर्नेलाई दिने गरी निर्णय भएको हो। साथै उक्त विवरणहरुस“गै विद्यालयले लिइरहेको शुल्क विवरण र छात्रबृत्तिको विवरण आगामी जेठ महिनाभित्र घोराही उपमहानगरको शिक्षा, युवा तथा खेलकूद महाशाखामा बुझाउनुपर्नेछ। समितिका संयोजक भरतमणि अर्यालको अध्यक्षतामा बसेको बैठकले आगामी जेठ मसान्तसम्म सबै संस्थागत विद्यालयहरुले विद्यालय व्यवस्थापन समिति गठन गरेर शिक्षा महाशाखामा बुझाउने पनि निर्णय भएको छ।

त्यसैगरी बैठकले संस्थागत विद्यालयमा एक पटक भर्ना भएका बालबालिकाको सोही विद्यालयमा कक्षा बृद्धि हु“दा पुनः शुल्क नलिने र संस्थागत विद्यालयहरुमा विषयगत शिक्षकहरुको व्यवस्था गर्ने निर्णय भएको छ।

छलफलमा प्याब्सनका शरद आचार्य, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सन्तोष पोख्रेल, अनेरास्ववियूका अध्यक्ष विरबल खड्का, अखिल क्रान्तिकारी दाङका संयोजक जंग रोका, नेविसंघका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकीसहित नगर शिक्षा समितिका सदस्य, विद्यार्थी नेताहरुको सहभागिता थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top