Free songs
Home / समाचार / संक्षिप्त समाचार / अन्तध्र्वनिको विशेषांकको समीक्षा

अन्तध्र्वनिको विशेषांकको समीक्षा

युगबोध समाचारदाता

घोराही। राप्ती साहित्य परिषद् दाङको मासिक नियमित कार्यक्रमअन्तर्गत १६४ औं श्रृंलामा वरिष्ठ साहित्यकार गिरिराज शर्मा विशेषाङ्कको समीक्षा गरिएको छ। राप्ती साहित्य परिषदद्वारा प्रकाशित हु“दै आएको त्रैमासिक पत्रिका अन्तध्र्वनिको ६१ औं पूर्णाङ्कको विशेषाङ्क प्रकाशन गरिएको हो।

राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं परिषद्का सल्लाहकार उत्तमकृष्ण मजगैयाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकारहरु प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने र प्रलेसका केन्द्रीय निवर्तमान उपाध्यक्ष पद्मप्रसाद शर्माले समीक्षा गर्नुभएको थियो। प्रमुख अतिथि उत्तमकृष्ण मज्गैयाले साहित्यकार शर्मा चौतर्फी विचार दिने साहित्यकार र सामाजिक व्यक्तित्व भएको बताउनुभयो। विशेषांक शर्माले साहित्य क्षेत्रमा पु¥याएको योगदानको सम्मान र मूल्यांकन भएको बताउनुभयो।

परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल र विशेषाङ्कमा समेटिनु भएका वरिष्ठ साहित्यकार गिरिराज शर्माले सबैप्रति आभार प्रकट गर्नुभएको थियो।
राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष नगेन्द्र गुरुको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण परिषद्का सचिव शारदा शर्माले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top