Free songs
Home / सम्पादकीय / लुम्बिनी भ्रमण वर्षको सान्दर्भिकता

लुम्बिनी भ्रमण वर्षको सान्दर्भिकता

प्रदेश ५ सरकारले बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित बौद्धस्थलहरुलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले लुम्बिनी भ्रमण वर्ष २०७६ शुरु गरेको छ। लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आगमनको संख्या उल्लेख्य बृद्धि गर्ने योजनाका साथ ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने मूल नारासहित लुम्बिनी भ्रमण वर्ष २०७६ शुरु गरेको छ। यसको प्रचारप्रचार देशब्यापी बनाइएको छ। बुद्ध पूर्णिमाको दिन पारेर जेठ ४ गतेदेखि २०७७ सालको चैत शुक्लपूर्णिमासम्मको अवधिलाई भ्रमण वर्ष मनाउने गरी प्रदेश सरकारबाट कार्यक्रम स्वीकृत भएर प्रचारप्रचार थालिएको छ। योसँगै प्रदेशभरिका ३२ वटा पर्यटकीय सम्पदाको प्रचारप्रचार पनि थालिएको छ। दाङको धारापानी धाम, प्युठानको स्वर्गद्वारी, रोल्पाको जलजला, रुकुमपूर्वको सिस्ने हिमाल र ढोरपाटन, बाँकेको बागेश्वरी मन्दिर, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, गुल्मीको रिडी रुरु, अर्घाखाँचीको सुपादेउराली, पाल्पाको रानीमहल र तानसेनलगायतका क्षेत्रको पनि प्रचारप्रसार थालिएको छ।

यो भ्रमण वर्षलाई दुई तीनवटा कोणबाट हेर्न सकिन्छ। पहिलो कुरा त लुम्बिनी प्रदेशको मात्र नभई नेपालकै प्रमुख पर्यटकीयस्थल हो। नेपाल सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भिœयाउने लक्षसहित ‘भिजन ट्वान्टी–ट्वान्टी’ अघि सारेको छ। यसको महत्वपूर्ण आधार वर्षको रुपमा पनि लुम्बिनी पर्यटन वर्ष रहनेछ। यसर्थ राष्ट्रिय पर्यटन प्रवद्र्धनको कोणबाट पनि यो अभियान सान्दर्भिक देखिन्छ। दोस्रो हरेक प्रदेशले आफ्नो पहिचान दिन जरुरी छ। अब आर्थिक समृद्धिको आधार के हो भनेर स्पष्ट गर्नैपर्छ। प्रदेश ५ को सवल पक्ष भनेकै कृषि र पर्यटन हो। हिमाल, पहाड र तराई समेटिएको यो प्रदेश प्राकृतिक विविधताका हिसाबले उत्तम छ नै, सँगसँगै धार्मिक, सांस्कृतिक र ऐतिहासिकरुपमा पनि महत्वपूर्ण छ। त्यसैले प्रदेश ५ को पर्यटन प्रबद्र्धन गर्न सकियो भने आर्थिक आधार नै पर्यटन हुने देखिन्छ।

छवटा जिल्ला तराईका जिल्ला छन् । जो उत्पादनका हिसाबले देशकै अन्नभण्डार पनि मानिन्छन्। कृषि क्षेत्रप्रति घट्दै गइरहेको आकर्षणलाई कम गरी कृषिलाई उद्योगको रुपमा विकास गर्न सक्ने हो भने कृषि र पर्यटन नै यो प्रदेशको मुख्य आधार बन्नेमा कुनै शंका छैन। त्यसो त कृषि पर्यटन नै आकर्षक गन्तव्यको रुपमा स्थापित गर्न सकिने थुप्रै ठाउँ छन्। लुम्बिनी क्षेत्रमा आफैमा ठूलो संख्यामा पर्यटक आउँछन् नै, उनीहरुको बसाइ लम्ब्याउने र अन्य गन्तव्यसम्म पु¥याउने अबको दायित्व हो। लुम्बिनी विकास कोषको पछिल्लो तीन वर्षको तथ्यांकअनुसार लुम्बिनीमा सरदर वार्षिक १२ लाख नेपाली, डेढ लाख भारतीय र डेढ लाखकै संख्यामा अन्य ८७ देशका पर्यटक आउने गरेका छन्। आन्तरिकभन्दा बाह्य पर्यटक बढाउन अबको चुनौती हो। नेपालमा विस्तारै पर्यटन संस्कृति शुरु हुँदैछ। सार्वजनिक विदाको दिन ठूलो संख्यामा नेपालीहरु घुम्न अर्को ठाउँमा जाने गर्दछन्। उनीहरुको बसाइ पनि ब्यवस्थित गर्दै बाह्य पर्यटक तान्नेतिर जोड गर्नुपर्छ। लुम्बिनी भ्रमण वर्ष पनि यसमै केन्द्रित हुनु आवश्यक छ।

सिंगो प्रदेशको दृष्टिबाट हेर्दा लुम्बिनी आउने पर्यटकलाई अन्य जिल्लाका गन्तव्यसम्म पु¥याउन प्रेरित गर्नुपर्छ। अब लुम्बिनी रुपन्देही र कपिलवस्तु क्षेत्र मात्र होइन, समग्र प्रदेशको पहिचान हो लुम्बिनी। त्यसैले प्रदेश सरकारले लुम्बिनीको पर्यटन प्रबद्र्धन गर्दा पनि सबै जिल्लाका महत्वपूर्ण पर्यकीयस्थललाई लुम्बिनीसँग जोड्नुपर्छ। अन्य जिल्लाका पर्यटक लुम्बिनी त त्यसै पनि पुग्छन्, अब लुम्बिनी आउने पर्यटकलाई प्रदेशका अन्य पर्यटकीय सम्पदासम्म पु¥याउन ध्यान दिनुपर्छ। लुम्बिनी भ्रमण वर्ष मनाउन प्रदेश सरकारले ठूलै परिमाणमा बजेट छुट्याएको छ। यो बजेट सही ठाउँमा प्रयोग हुनुपर्छ। भ्रमण वर्षको प्रचारका नाममा दौडधूप गर्न मात्रै होइन, यो बजेटलाई देखिने पूर्वाधार निर्माणमा पनि केन्द्रित गर्नु सान्दर्भिक हुनेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top