Free songs
Home / विचार / पर्खालहरु अग्ल्याउने कि भत्काउने ?

पर्खालहरु अग्ल्याउने कि भत्काउने ?

जीतबहादुर शाह

छिमेकीको घर र हाम्रोे घरको बीचमा छिमेकीले बनाएको पर्खाल छ। उक्त पर्खालको प्रसङ्ग उठाएर एकदिन छिमेकी आमाले कुन्नि के सोचेर हो पर्खाल लगाएको धेरै वर्षपछि एउटा प्रस्ताव अघि सार्नुभयो– ‘यो पर्खाल हामीले लगायौं ।

पर्खालले दुबै घरलाई काम गरेको छ । त्यसैले पर्खाल लगाउ“दा भएको खर्च दुबै घरकाले बराबर तिर्नुपर्ने भयो।’ हामीले भन्यौं– ‘आमा, हामी सच्चा छिमेकी भएर जीवन बिताउने हो भने यो पर्खाल नै चाहिदैन। बरु भत्काएर यसको इ“टा अन्य काममा प्रयोग गर्नुहोस्। यो पर्खाल भएन भने हामी अझ नजिक हुन्छौं। एकअर्कालाई सहयोग र मद्दत गर्नुप¥यो भने झन् सजिलो र सहज हुन्छ।’ हाम्रो कुरा सुनेर छिमेकी आमाले कुनै प्रतिक्रिया नजनाई आफ्नो बाटो लाग्नु भयो। त्यसपछि यससम्बन्धमा थप कुरा अगाडि बढेको छैन।

मानिसलाई घर बनाएर मात्र पुग्दैन। घरलाई वरिपरि अग्लो पर्खालले पनि घेर्नुपर्ने हुन्छ। अझ त्यतिले मात्र नपुगेर गेटनेरै डरलाग्दो कालो कुकुर बा“धेर राख्नुपर्ने हुन्छ। यति भयो भने मानिसले आफूलाई सुरक्षित महसुस गर्दछ। किनभने ऊ मानिस भए पनि मानिसदेखि डराउ“छ। पर्खाल लगाएर टोक्ने कुकुर गेटनेर राख्यो भने मानिसहरु उसको घरभित्र हत्तपत्त पस्दैनन्। पर्खालले गर्दा बाहिरका मानिसहरु पनि देखिदैनन् र बाहिरबाट भित्रका मानिसहरु पनि देखिदैनन्। उ आफू मानिस भए पनि मानिसहरुस“ग बिल्कुल अलग भएर बस्न सक्यो भने सुरक्षित महसुस गर्दछ। ग्लोवल भिलेजको रुपमा विकास भइरहेको यो दुनिया“मा मानिस पर्खाल लगाएर अरुबाट बिल्कुल अलग हुन चाहन्छ। पर्खालभित्र सुसज्जित महलमा एक्लै र नितान्त आफ्ना भनिएका एकाध मानिसहरुस“ग बसेर खुशी खोज्दैछ मानिस। तथापि खुशी आजसम्म भेटिएको छैन।

पर्खालभित्रको सुजज्जित महल कहिलेकाही महल जस्तो नभएर भ्यागुताको कुवा हो कि जस्तो लाग्ने गर्दछ, मानिसलाई। भ्यागुताले आफ्नो कुवालाई नै सारा संसार ठाने झै मानिसले पनि पर्खालभित्रको आफ्नो घरलाई संसार ठानी अल्मलिरहेको छ। आफ्नो संसारको छितिजलाई फराकिलो बनाउनका लागि पर्खालले छेकिदिएपछि उसका लक्ष्य र उद्देश्यहरु पनि त्यति फराकिला छैनन्। पर्खालभित्रकै आफ्ना भनिएका मानिसहरुस“ग सम्बन्धित छन् उसका मिसन र भिजनहरु। मानिसका मिसन र भिजनहरु नै आफ्नो पर्खालभित्रका मानिसहरुस“ग मात्र सम्बन्धित भएकाले उसले पर्खाल नाघ्ने त के पर्खालमा उभिएर बाहिर हेर्ने आ“ट पनि गर्न सकेको देखिदैन।

मानिसलाई मानिसस“ग एक्लो बनाउनका लागि अग्र भूमिका निर्वाह गर्ने पर्खालहरु धेरै छन्। जातको पर्खाल। धर्मको पर्खाल। आस्थाको पर्खाल। भूगोलको पर्खाल। लिंग र वर्णको पर्खाल। भाषा र सम्प्रदायको पर्खाल। योग्यता र क्षमताको पर्खाल। पद र पहिचानको पर्खाल। स्वामित्व र निजत्वको पर्खाल आदि आदि। मानिसले जन्मेपछि निर्माण गरेका यी पर्खालहरुले मानिसको सुख, शान्ति र समृद्धिको उर्वर फा“टलाई चिराचिरा पारेर सा“घुरो बनाइदिएको छ। यिनै पर्खालहरुलाई ट्रेञ्च बनाएर मानिसहरुले अर्को पर्खालभित्र रहेका मानिसहरुमाथि धावा बोलिरहेका  छन्, सुख, शान्ति र समृद्धिको खोजीका लागि। तथापि सुख, शान्ति र समृद्धि अहिलेसम्म भेटिएको छैन। यसरी भेटिने सम्भावना पनि छैन।
विश्वमा विभिन्न युद्धहरु भए र भइरहेका छन्। मानिसले मानिसलाई पछार्ने यस प्रकारका युद्धहरु गल्ली–गल्ली, टोल–टोल र बस्ती–बस्तीमा भइरहेका छन्। कतै एउटा धर्मकोले अर्को धर्मकोलाई सखाप पार्नका लागि युद्ध भइरहेको छ। कतै एउटा गाउ“ठाउ“ र क्षेत्रकोले अर्को गाउ“ठाउ“ र क्षेत्रकोलाई सखाप पार्नको लागि युद्ध भइरहेको छ। यसप्रकारका युद्धहरु काला गोराको बीचमा, महिला पुरुषको बीचमा, विपरीत दृष्टिकोण र आस्थाहरुको बीचमा, विभिन्न भाषा र सम्प्रदाय आदिको बीचमा पनि भइरहेका छन्। यी सबैको लक्ष भनेको अर्कोलाई सखाप पारेर आफूलाई एक्लो बृहस्पति बनाउनु रहेको छ। अरुलाई सखाप पार्न खोज्दा आफूलाई पनि कसैले सखाप पार्ने कुरामा पनि
मानिस भयभित छ। त्यसैले उसलाई अग्लो पर्खाल चाहिएको छ। मानवीय पर्खालका कारणले बढेको असुरक्षा र भयबाट सुरक्षित रहनका लागि मानिसले भौतिक पर्खाल ठड्याएर आफूलाई कुवाको भ्यागुतोका रुपमा परिणत गरी संसार नियाल्ने प्रयत्न गरिरहेको छ।

जीव विज्ञानले मानिसले बनाएका यस्ता पर्खालहरुको नियम र सीमालाई स्वीकार गर्दैन। अस्पतालमा विरामी भएको मानिसलाई रगत चाहियो भने उक्त विरामी फलानो दल, फलानो जात, फलानो भाषी, फलानो देश, फलानो लिंग र फलानो वर्णको भएकोले तदनुरुप मिल्ने गरी रगत चाहियो भन्ने हु“दोरहेनछ। कालोले दिएको रगतले पनि गोरो विरामी बा“च्दो रहेछ। देशका त कुरा नगरौं, दक्षिणी ध्रुवको विरामी मानिस उत्तर ध्रुवको मानिसको रगतले बा“च्दो रहेछ। पानी समेत नचल्ने तल्लो जातको भनिएकोे मानिसको रगत समेत उपल्लो जातको भनिएको मानिसलाई चल्दो रहेछ। बरु आफ्नो सम्झिएको र भनिएको मानिसको रगत समूह मिलेन भने आफ्नो मानिसलाई काम लाग्दो रहेनछ। त्यसैले जोस“ग दुश्मनी हुन्छ भोलि परिस्थितिबश त्यसकै रगतको सहयोगले बँ“च्नुपर्ने अवस्था आउन सक्ने प्रवल सम्भावना छ भने मानिस–मानिसको बीचमा विभिन्न पर्खालहरु ठड्याएर कुस्ती खेल्नुको कुनै औचित्य छ जस्तो लाग्दैन।

पर्खालहरु स्वार्थ संरक्षणका खातिर बनाइ“दा रहेछन्। मानिसहरुलाई स्वार्थको हिसावले चार वर्गमा बा“ड्न सकिदोरहेछ। एकखाले मानिसहरु मेरो–मेरो हो र तिम्रो पनि मेरो हो भन्ने (लोभी) हु“दा रहेछन्। दोस्रो खाले मानिसहरु मेरो–मेरो हो, तिम्रो–तिम्रो हो भन्ने (सज्जन) हु“दा रहेछन्। तेस्रो खाले मानिसहरु तिम्रो–तिम्रो हो र मेरो पनि तिम्रो हो भन्ने (त्यागी) हु“दा रहेछन्। चौथो खाले मानिसहरु न यो मेरो हो न यो तिम्रो हो, यो सव झमेला हो भन्ने (सन्त) हु“दा रहेछन्। हामीकहा“ अहिले पहिलो वर्गका मानिसहरु (मेरो–मेरो हो, तिम्रो पनि मेरो हो) को हालीमुहाली भएको कारण पर्खालहरु अग्लिएका हुन् भन्दा असान्दर्भिक नहोला। आजका मानिसहरु आफ्नो सम्पतिलाई दराजमा ताल्चा लगाएर थप सम्पत्ति आर्जनका लागि अर्काको घरको दराज फोर्न लालायित देखिन्छन्। यसरी अर्काको सम्पत्तिको मोहले अर्काको घरमा दराज फोर्न जा“दा आफ्नो घरको दराजको सम्पत्ति अर्कैले लगिसकेको हु“दैन भन्ने के ठेगान ? किनकि मानिसको नियत नै आफ्नोले नपुगेकाले अर्काको पनि आफ्नो बनाउने रहेको छ।

आफ्नोले नपुगेर अर्काकोमा आ“खा लगाउने मानिसहरु धेरै छन्। संस्थागत विद्यालयहरुको भर्नाको बेला अरुको विद्यालयको विद्यार्थीहरुलाई आफ्नो बनाउन भ्याइनभ्याइ हुन्छ विद्यालयका संस्थापकहरुलाई। चुनावको बेला पार्टीका मानिसहरुलाई अरुका दलका मानिसहरुलाई आफ्नोमा प्रवेश गराउने होडबाजी चलिरहेको हुन्छ। व्यापारीहरुमा अर्काका ग्राहकहरुलाई आफ्नो बनाउने रन्को बढिरहेको हुन्छ। यसरी अरुकोलाई आफ्नो बनाउने चक्करमा आफ्ना समेत अरुको भइसकेको बोध हु“दा भने मानिस छा“गाबाट खसेको महसुस गर्दछ। अन्ततः यस्ता मानिसहरुको हविगत अर्काकी पत्नी ताक्ने क्रममा आफ्नै पत्नी समेत श्रीसम्पति उठाएर अर्कैस“ग गएको कारण घर न घाटको भएको लोग्नेको जस्तो हु“दोरहेछ। यस्तै वर्गका मानिसका दुश्मनहरु पनि धेरै हु“दारहेछन् र यस्तै मानिसहरुले ठूला–ठूला पर्खालहरु निर्माण गरेर नदेखिने किसिमले लुकेर बस्नुपर्ने रहेछ।

सुख, शान्ति र समृद्धिका लागि माथि भनिएकामध्ये तेस्रो र चौथो वर्गको जस्तो हुन नसके पनि दोस्रो वर्गको मानिस जस्तो (मेरो मेरो हो तिम्रो तिम्रो हो) मात्र हुन सके पनि धेरै राहत हुन्छ जस्तो लाग्छ। मानिस यस प्रकारको मूल्य र मान्यतामा रहन सक्यो भने आफ्नो सम्पतिमा कसैले आ“खा लगाउ“छ कि भनेर पर्खालहरु अग्ल्याउनु पनि पर्दैन। चोरी–डकैतीको भयले घरमा टोक्ने कुकुर पनि पाल्नुपर्दैन। गेट बाहिर कुकुर भनेको को हो भनेर एउटा भ्रम सिर्जना हुने गरी ‘कुकुरदेखि सावधान’ भनेर लेखिरहनु पनि पर्दैन। त्यसैले सकिन्छ भने मानिसलाई मानिसबाट अलग र टाढा बनाउने पर्खालहरु भत्काउने अभियानतिर लागौं र ग्लोवल भिलेजमा विश्वबन्धुत्वको भावनाका साथ धेरै टाढाको क्षितिजलाई नियाल्दै स“गै बा“च्न सिकौं। यसले हामीलाई दीर्घजीवी, दूरदर्शी र सर्वजनहितायको बाटोमा समेत हिड्न सिकाउ“छ। यसले हामीलाई अगणित समस्याहरुमा जकडिएर बा“च्नुको सट्टा मुस्कुराउ“दै जीवनको उज्यालो मञ्जिलतिर निर्देशित हुन सहयोग गर्दछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top