Free songs
Home / विचार / प्रभुत्ववादका चेला चपेटा र उदाउँदो नयाँ विश्व

प्रभुत्ववादका चेला चपेटा र उदाउँदो नयाँ विश्व

नारायणप्रसाद शर्मा

आफू चुलबुले केटो हु“दाको बखतको सम्झना गर्दा आज अचम्म लाग्छ। अनि आजको यो चहलपहलको जमानामा आफूले भन्नुपर्ने र गर्नुपर्नेको कुराको बीच कति तारतम्य छ किटानी गरेर भन्न पनि गाह्रो लाग्छ। ऊ बेला उज्यालो छ“दै भात भान्सा गरिहाल्नुपथ्र्यो। आजको जस्तो यति बज्यो उति बज्यो भन्ने कुरै थिएन। कसैका भित्तामा न घडी झुण्डिएको हुन्थ्यो न त हातमै बा“धिएको हुन्थ्यो घडी। त्यसैले उज्यालो छ“दै खाना खायो। झ्यापझूप भा“डाक“ुडी मिसमास पा¥यो। छप्याक छुपुक गुद्रुक्क सुत्यो। आगाको उज्यालो र तेलको बत्तीको भरमा कति बेर बस्नु ?

भालेको डाकोमा बिहानीको अनुमान हुन्थ्यो। अलि बुझ्नेले बाहिर पुगेर ताराहरुको गति हेरेर बिहानको अट्कल काट्थे। हुनेका घर मट्टितेल आइपुगेपछि केटाकेटीलाई पढ्न उठाइन्थ्यो। टुक्कीबाट उठेको कालोले नाकका प्वालमा कालो सिङान सहितको फोहोर फाल्दा हातमा कालो लाग्थ्यो। चन्द्रमाको उज्यालो पनि नहुने कृष्ण पक्षका खास दिनमा बाहिर चूकजस्तो अ“ध्यारो हुन्थ्यो। अनि बुढी आमाहरु भन्थे– अब थोरै बेरपछि उज्यालो हुन्छ धैर्य गरौं।

अहिले बुझ्छु– हामी कस्ता भाग्यमानी !
उज्यालो युगका शुभमुहूर्तका त्यस बेलाका केटाकेटी अ“ध्यारोबाट उज्यालोतर्फ लम्कन लागेको बेला रहेछ त्यो बेला। उत्तरतिर माओको नेतृत्वमा नया“ युग उदाउन लागेको ।

दक्षिणमा गान्धी, नेहरु, सुभासचन्द्र वोस, भगतसिंहहरुले मसाल सल्काउन लागेको र पश्चिमबाट प्रजातन्त्र र साम्यवादको हावाहुरी चलेको बेला। त्यति बेलाका नेताहरु त्यागी, तपस्वी, सामान्य जीवन उच्च विचारका, गहन अध्येता, जनतालाई जुरुक्क उचाल्न सक्ने दूरदृष्टि (ख्ष्ककष्यल) भएका लाग्ने। नेपालमा पनि त्यो हावा चल्यो।

गंगालाल, दशरथ चन्द, शुक्रराज र धर्मभक्त चार जना सहिद भए। हामीहरुमध्ये कोही विपिका चेला, कोही पुष्पलालका चेला। पू“जीवादी गोराहरुको विरासतमा शासक बनेका भारतीय नेताहरुले आफूले ठूलो दुःखले स्वतन्त्रता आर्जेको भए पनि नेपालीहरुको स्वतन्त्रताको भावनालाई सम्मान गर्न जानेनन्। बरु नेपाललाई आफ्नै मुट्ठीमा राख्ने हिसाबले अनेक असमान सन्धि सम्झौतामा नेपालीहरुलाई फसाए। कोशी, गण्डकी असमान सन्धि सम्झौता गराए। त्यस्तै नेपाललाई उठ्न नदिने व्यापार सम्झौतामा लेप्चे लगाउन लगाए।

सन्धि सम्झौतामा हारे पनि सीमाहरु मिचिए पनि कालापानीमा राइ“दाइ“ गरे पनि नेपालको आन्तरिक मामिलामा दख्खिनको छिमेकीले गर्नु नगर्नु गरे पनि आजको युगमा आइपुग्दा नेपालबाट भारतीय सैनिक मिशन फिर्ता भयो। चेकपोष्टहरु फिर्ता भए। भारतीय राजदूत मन्त्रिमण्डलमा बस्ने कुरा हरायो। हामीले अभिव्यक्ति स्वतन्त्रता हासिल गरिछाड्यौं। अन्तमा लोकगणतन्त्र हासिल गर्न पनि सफल भयौं। यो लामो दौडमा हामी दियालो र टुक्कीको जमानाबाट विद्युत युगमा, आधुनिक सञ्चारको युगमा, आधुनिक यातायातको युगमा र विज्ञान र प्रविधिको युगमा आइपुग्यौं। यो सबै आफ्नै आ“खाले देख्न र आफैले भोग्न पाइयो।

वर्षौैंसम्म नेपाललाई भूपरिवेष्ठित मानेर चाम्रियौं। भारत वेष्ठित भनेर थन्कियौं। भारतले पारवहन सुविधा नदिए मरिच झैं चाम्रिने मुलुकमा प¥यौं। तर अचम्म लाग्छ उत्तरतिरबाट नेपालको सीमानासम्म रेल आयो, उतैबाट सामान आयो। केरुङ नाका खुल्यो। उहिल्यै खुलेको तातोपानीको नाका भूकम्पले बन्द भए पनि यही आउ“दो जेठदेखि फेरि खुल्दैछ। अरु अनेक खुल्ने तरखरमा छन्। छिमेकी चीनले पारवहन सुविधा दिने सन्धिमा हस्ताक्षर भइसक्यो। अब नेपाल भारतवेष्ठित मात्र रहेन। दुबै छिमेकीस“ग राम्रो सम्बन्ध हुने सम्भावना बढेको छ। यसरी हामी अ“ध्यारो युगबाट उज्यालो युगतर्फ लम्कदैछौं। ढिलै गरेर भए पनि नया“ सुख समृद्धिको युगमा प्रवेश गरेका छौं।

यसरी उत्तरतिरको सम्भावनाको प्रकाश झलमल्ल देखिए पनि गर्न धेरै बा“की छ । किनकि गर्नै नचाहने र गर्नै नदिने शक्ति अझै बलियो छ। तर उसलाई पनि समयको दबाब यति छ कि ढिलोचा“डो ऊ अडिन सक्ने स्थिति रहनेछैन। जसरी काठमाडौं–ंकोदारी राजमार्ग खुल्न लाग्दा उसका निधारबाट पसिना आएका थिए। त्यसरी नै अहिले उत्तरतिरबाट झुल्केको सम्भावनालाई पनि अब उसले रोक्न सक्दैन। व्यर्थैमा पसिना नकाढ्नु नै राम्रो। समस्या वर्तमान सत्ताधारीहरुको हेकुलो कत्तिको बलियो भएर काम गर्न सक्छ भन्ने हो।

केही दिनअघि नेपालका कम्युनिष्टहरु कम्युनिष्ट हुन सक्दैनन् भनेर निकै तर्साउने खालको लेख पढेको थिए“। सामान्तवादबाट भर्खरै मुक्ति पाएको र दलाल पू“जीवादको साङ्लोले बेरिने खतरा बोकेको नेतृत्वले आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने कुराले नै धेरै कुराको निर्धारण गर्छ तापनि पछाडि फर्कनु भनेको मृत्युवरण गर्ने कुरा हो भन्ने बुझिसकेको हुनुपर्छ। त्यसैले यति त मुक्तकण्ठले भन्न सकिन्छ कि विज्ञान र प्रविधिको विकासले गर्दा उत्तर दक्षिण दुबै समदूरीमा आउने कुरा अवश्यंभावी छ। यसरी आफै अगुल्टो र टुक्कीबाट शुरु भएको म जस्ताको जीवन ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटीको युगमा आइपुग्नु सुखद भएन र ?

बरु युगले निर्दिष्ट गरेको बाटोमा हिड्न खुट्टा कमाउने हाम्रो परम्परागत जीवनशैली कसरी बदलिएला भन्ने चिन्ता लाग्छ। हाम्रा टाउकामा सामन्तवादले थोपरेको भाग्यवाद अझै गएको छैन। त्यसले जन्माएको उत्ताउलो आक्रोश पनि छुटेको छैन। जानी बुझी दिउ“सै आ“खा चिम्ली दिएपछि त अ“ध्यारो हुने नै भयो। आजभोलि देखिने संसदीय अभ्यासमा यसको प्रतिबिम्ब ठ्याक्कै परेको देख्दा समस्या कति जटिल छ भन्ने बुझिन्छ नै । यता मेरो घैटामा यति घाम परिसकेको छ कि म त एक्लै पनि भविष्य सम्झेर रमाइरहेको हुन्छु। हामी जस्ता अस्ताचलतिर लागेका निष्क्रिय रमाए पनि युवाहरु भने कर्मयुद्धमा लाग्नैपर्ने हुन्छ।

एउटा आफ्नै पुरानै अनुभव सुनाउ“छु। आज भन्दा ६६ वर्ष पहिले अर्थात् २०१० सालमा भारतका धुरन्धर विद्वान राहुल सांकृत्यायनको बाइसौं शदी भन्ने पुस्तक पढेको थिए“। त्यसमा आजको पिढीले पत्याउनै नसिकने आउ“दो दुई सय वर्षको अनौठो समतावादी समाजको परिकल्पना गरिएको छ। विज्ञान र प्रविधिको चरम विकासले गर्दा कसैलाई कुनै प्रकारको अभाव खट्किनेछैन। त्यहा“ जातिवाद र राष्ट्रवाद जस्ता संकीर्णवाद पनि रहने छैनन् भनिएको छ। त्यो बेला को कम्युनिष्ट, को गैरकम्युनिष्ट † त्यस्तो नया“ मानवतावादी युगको स्पष्ट झल्को माक्र्स भन्दा धेरै वर्ष पहिले पनि महात्मा गौतम बुद्धको सपना थियो। यो हो अन्तर्राष्ट्रियतावाद ।
त्यो भन्दा पनि अघि हाम्रो पुर्खाले भनेका थिए– यत्र विश्व ‘भवत्येक नीडम्’ अर्थात् जब संसार एउटै ग“ुड जस्तो बनेर रहनेछ। स्वदेशो भुवन त्रचम् भनेको पनि त त्यस्तै होला। आजका प्रभुत्ववादी धनी राष्ट्रहरुले विश्व ग्रामको कुरा त गर्छन् तर विश्वलाई आफ्नै मात्र बजार बनाएर आफ्नै संस्कृति लाद्न चाहन्छन्। त्यो पुरानो प्रभुत्वको भोक समाप्त हुनासाथ सा“च्चिकै रुपमा संसार एउटै सुरक्षित गु“ड बन्छ। यो अहिले हावादारी कुरा जस्तो लाग्न सक्छ। परन्तु संसार त्यही दिशातर्फ बढ्न गइरहेछ। मानवतावादी वैज्ञानिक आइन्स्टाइन जस्ताले पनि भन्दै आएका हुन्। नेपालका सांसदहरुलाई यस्तो

ज्ञान आउला कि न आउला ? जनतामा त्यस्तो चेत कहिले पलाउला ? विश्व त्यतैतिर लम्किदैछ। युगलाई कसैले छेक्न सक्दैन।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top