Free songs
Home / फिचर समाचार / नयाँ कल्भर्ट बनाउँदा घर जाने भएपछि…

नयाँ कल्भर्ट बनाउँदा घर जाने भएपछि…

युगबोध समाचारदाता

बाके । ‘चिना हेरेर कमाएको पैसाले घर किनेको हो। चिना हेर्दाहेर्दै मेरा आखा कमजोर भइसके। बाटो फराकिलो गर्दा घर जान्छ भने जाओस्, नालीका लागि त ठाउ छोड्न सकिदैन’– नेपालगञ्ज घरबारीटोलका पुजारी गौरीशंकर शर्माले भन्नुभयो– ‘पुरानै संरचनामा नाली र कल्भर्ट बनाए भइहाल्यो नि।’

घरबारीटोलमा पर्ने दोन्द्रा नालाको जीर्ण कल्भर्ट भत्काएर नया“ बनाउ“दा पुजारी शर्माको घर र कालिका मन्दिरमा क्षति पुग्ने भएपछि नेपालगञ्जका मेयर धवलशमशेर राणाले आह्वान गरेको सर्वदलीय बैठकमा पुजारी शर्माले यस्तो भन्दै हुनुहुन्थ्यो। इञ्जिनियरहरुले जीर्ण कल्भर्ट भत्काएर नया“ बनाउनैपर्ने, नालाको मापदण्ड पनि साढे पा“च मिटर रहेकोमा त्यहा“निर साढे चार मिटर रहेको जानकारी दिएपछि मेयर राणाले पुजारी शर्मालाई एक मिटर जग्गा दिन आग्रह गरेका थिए। ‘एक मिटर नाला बढाउन ठाउ“ दिनुस् न गुरुजी, तपाइ“कै कारणले नालाको मापदण्ड बिगार्न पनि भएन नि’– मेयर राणाले भन्नु्भयो– ‘पुरानै संरचनामा नाला बनाउ“दा पानीको बहाव थेग्न सक्दैन। त्यसै पनि तपाइ“को घरमा त्यसले असर पार्छ।’

पुजारी शर्माले आजसम्म त्यही पुरानै नालीबाट पानी बग्दा घरलाई कुनै असर नपरेको र अब कसरी असर पर्छ भन्ने प्रश्न गर्नुभयो। उहा“ले भन्नुभयो– ‘त्यहा“निर साढे चार मिटरको नाला हुदा नेपालगञ्ज डुब्छ भने त्यसको जिम्मेवार म हुन्छु।’ घरबारीटोल निवासी प्रदेश सांसद सुरेन्द्र हमालले पनि पुरानै संरचनामा नाला बनाउ“दा फरक नपर्ने धारणा राख्नुभयो। अरु नेताहरुले भने मापदण्ड अनुसार नै नाला बनाउनुपर्ने अडान दोहो¥याए। धेरैबेरको रस्साकस्सीपछि मापदण्ड अनुसार नै नाला बनाउने, त्यसक्रममा दायाबायाको संरचनालाई कम क्षति पुग्ने गरी काम गर्ने, कथंकदाचित घर भत्किएमा घरधनी नै जिम्मेवार हुने र दिवालमाथि संरचना बनाउन दिने निर्णय गरिएको छ।

नाला विस्तार र कल्भर्टका विषयमा आह्वान गरेको बैठकमा घरबारीटोल सडक विस्तार गर्दा मनोमानी तरीकाले विस्तार गरिरहेको चर्चा भएको थियो। घरबारीटोलको सडक साढे आठ मिटर बनाउने सहमति भइसकेको छ। वडाका जनप्रतिनिधिहरु आफू नदेखिने र प्राविधिकले जहा“ पायो त्यहींबाट विस्तारका लागि चिन्ह लगाउने काम गरिरहेको धेरैले टिप्पणी गरे। ‘सडकको बीचबाट दुबैतिर गरी साढे आठ मिटर नाप्नुप¥यो। सहमति त्यही भएको हो। तर प्राविधिक भएर मन लागेको ठाउबाट नापेर आतंक मच्चाएका छन्’– स्थानीय सञ्जयराज सिंहले भन्नुभयो– ‘नियम, कानुन सबैलाई बराबरी हुनुपर्छ। कतै एउटा त कतै अर्को गर्न पाइदैन।’

घरबारीटोलमा काम गरिरहेका प्राविधिकले एकएक सेन्टिमिटरमा झगडा गरेर काम गर्न अप्ठेरो पार्ने काम भइरहेको मेयर राणालाई अवगत गराएका छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top