Free songs
Home / विचार / धरासायी हुँदै ब्रोइलर कुखुरा पालक किसान

धरासायी हुँदै ब्रोइलर कुखुरा पालक किसान

 

नारायण विवश

एक दशकयता दाङमा फस्टाउ“दै गरेको कुखुरा पालन ब्यवसाय हालका दिनहरुमा धरासायी बन्दै गएको छ। खास गरेर लगानी गर्न नसक्ने, अरुको खोर भाडामा लिएर ब्यवसाय गर्ने, उचित ब्यवस्थापन नगर्ने र कुखुरा पालन सम्बन्धी ज्ञानको अभाव जस्ता कारण यो ब्यवसाय खस्कदै गएको हो।

दाना, चल्ला, औषधि वितरकहरुले उधारो दिइहाल्छन् । खोर, भा“डा, चल्ला बेचेर दिने गरी पाइहालिन्छ  तयारी चल्ला पनि वितरकहरुले लिइहाल्छन् र लगानी बीना पैसा कमाइ हालिन्छ भन्ने सोच राखेर ब्रोइलर कुखुरा पाल्दा किसानहरुलाई समस्या झेल्नु परेको हो। त्यसो त अरुको देखासिकीमा चल्ला पाल्ने किसान पनि धेरै छन्। आधुनिक खोरको ब्यवस्था नगरी पुराना गोठ, बुइ“गल ताल, घरको छत, अस्थायी झोपडपट्टीमा पनि चल्ला पाल्ने किसान छन्। यसरी चल्ला पाल्ने किसान पूर्णरुपमा असफल भएका छन्। आधुनिक खोरमा चल्ला पाल्नेहरु पनि धेरैजसोले उचित ब्यवस्थापन गर्न नसक्दा सोचे जस्तो फाइदा लिन सकिरहेका छैनन्।
खोरको क्षमताभन्दा बढी चल्ला राख्ने, भुस नबदल्ने, अमुनिया ग्या“स नियन्त्रण नगर्ने जस्ता कुराको लापरवाही मात्र होइन औषधि उपचारमा समेत ढिलाई गर्दा उनीहरुलाई समस्या बेहोर्नु परेको हो।

बजारीकरणको समस्या एकातिर चल्ला पालनमा किसानहरुको गम्भीर लापरवाही छ भने अर्काेतिर बजारीकरणको उस्तै समस्या छ। उनीहरुले पालेका चल्ला बिक्रीको ब्यवस्था आफै गर्न सक्दैनन्। तयारी चल्ला या त किसानले आफै बजारको खोजी गरेर बिक्री गर्नुपर्छ या त जहा“बाट चल्ला दाना लिएको हो उही साहुलाई दिनुपर्ने बाध्यता रहिआएको छ। आफैले बजार खोजेर बाहिर बिक्री गर्दा थोरै चल्ला पाल्नेलाई ओसारपसारको समस्या त छ“दैछ तर अर्काे ठूलो समस्या भनेको वितरक साहुसित सम्बन्ध बिग्रनु हो। यसो हुदा किसानले वितरकहरुलाई नै चल्ला नदिइ सुख छैन । उधारोमा दाना चल्ला लैजाने अनि किसानले अन्यत्र चल्ला बिक्री गर्दा वितरकको उधारो डुब्ने निश्चितै हुन्छ ।

त्यसैले वितरकहरु आफै चल्ला लिन चाहन्छन्। वितरकहरुले तयारी चल्ला लिदा दाना बच्चाको हिसाब गर्छन्। तयारी चल्लाको आफूले दिने रकम र दाना बच्चाको आफूले लिने रकमको हिसाब गरी लिनु दिनु हिसाब मिलाइन्छ। कति किसान त तयारी चल्ला दिएर पनि उल्टै दाना चल्लाको रकम वितरकलाई बुझाउनुपर्नै भएपछि पेशा नै छोड्न बाध्य भएका छन्। यस्ता किसानहरु अस्तब्यस्त तरिकाले लहलहैमा लागेर चल्ला पाल्ने वर्गमा पर्छन्।

अर्काथरी मझौला किसान छन् जसले अलि कति व्यवस्थित खोर बनाएका छन् । तर उनीहरुमा पनि पालनमा ब्यवस्थापनको अभाव छ। खोरको सरसफाइमा ध्यान नदिने र उपचारमा लगानी गर्न डराउने हु“दा मध्यम किसानले पनि घिटीघिटी अवस्थामा ब्यवसाय चलाएका छन्। अर्काथरी किसान छन् जो आफै लगानी गर्न सक्षम छन्। उनीहरुले राम्रो ब्यवस्थापन गर्छन् । औषधि उपचारमा राम्रो ध्यान दिन्छन् र बजारको ब्यवस्था आफै मिलाउ“छन्। यस्ता किसान मात्र ब्रोइलर पालनमा उभो लागेका छन्। यसो गर्नेमा प्रायः दाना चल्ला वितरकहरु पर्छन्।

सांगठनिक कुरा गर्ने हो भने चल्ला पालक किसानहरुको संस्था नै छैन दाङ जिल्लामा। हुन त सुरक्षित दाना तथा कुखुरा ब्यवसायी समिति नामको संस्था सञ्चालनमा छ । तर उक्त संस्थामा निम्न तथा मध्यमवर्गीय किसानहरुको संलग्नता देखिदैन। यो समितिमा दाना चल्ला वितरकहरु जो तयारी चल्ला खरिदकर्ता पनि हुन्, उनीहरुको सहभागिता छ। तयारी कुखुराको मूल्य सोही समितिले तोक्ने हु“दा कुखुरा पालक किसानहरुलाई मूल्य निर्धारणमा प्रतिनिधिमूलक सहभागितासमेत गराइ“दैन । त्यसैले तयारी कुखुराको मूल्यप्रति किसानहरु कहिल्यै पनि सन्तुष्ट देखिदैनन्।

त्यसो त बच्चा चल्ला र दानामा पनि नीतिगतरुपमा मूल्य निर्धारण गरेको पाइ“दैन। दाना र बच्चाको मूल्य वितरकपिच्छे फरक–फरक हुने गरेको पाइन्छ। किसानहरुले थोरै पैसा दिएर उधारोेमा दाना चल्ला लैजाने हु“दा दाना चल्लाको मूल्यमा एकरुपता आउन नसको हो। चल्लाका बच्चा उत्पादन गर्ने ह्याचरीहरु र दाना उत्पादन गर्ने कम्पनीहरुका मूल्य फरक–फरक हुने हु“दा सबैमा एक रुपता आउन नसक्नु स्वाभाविक मानिएला । तर एउटै कम्पनीबाट उत्पादित वस्तु वितरकपिच्छे फरक फरक हुनु त स्वाभाविक मान्न किसानहरु तयार छैनन्। उधारोमा दाना चल्ला लैजानुपर्ने बाध्यताले उनीहरु वितरकसित चुइक्क बोल्ने आ“ट गर्नै सक्दैनन्। त्यति मात्र होइन, वितरकहरुले किनेका कुखुराको पैसा समेत लामो समयसम्म झुलाउने गरेको किसानहरुको गुनासो सुनिन्छ।

त्यसो त वितरकहरुका पनि आ–आफ्नै समस्या छन्। कतिपय किसानहरुले उधारोमा दाना चल्ला लैजाने र तयारी कुखुरा अन्तै बिक्री गरी वितरक हरुलाई ठग्ने गरेका उदाहरण थुप्रै भएको वितरक हरुको छुट्टै मर्का छ।

उधारो कारोबारले ब्यवसायी डुब्दै

दाङमा उधारो कारोवारले दाना चल्ला वितरकहरु ऋणमा डुब्ने अवस्था आएको वितरकहरु बताउ“छन्। सुरक्षित दाना तथा कुखुरा ब्यवसायी समिति दाङका अध्यक्ष एवं टीका दाना सप्लायर्सका सञ्चालक टीका बुढाथोकी उधारो कारोवारका कारण ब्यवसायीहरु टिक्न नसक्ने बताउ“छन्। ह्याचरीहरुले चल्ला र दाना उद्योगहरुले दाना उधारोमा नदिने, तर किसानहरुले उधारो माग्ने गरे पछि जिल्लाका सबै वितरकहरुलाई समस्या परिरहेको बुढाथोकीको अनुभव छ। अब वितरकहरु पनि उधारो दिन सक्दैनन्। लगानी नगरिकन उधारोमा चल्ला पाल्छु भन्ने दिन गए। अबका दिनमा लगानीबिना किसानले ब्रोइलर कुखुरा पालन ब्यवसाय गर्छु भन्ने सपना देख्न नहुुने बुढाथोकीको भनाइ छ। उहा“का अनुसार तयारी कुखुराको मूल्यको कुरा गर्दा सुरक्षित दाना तथा कुखुरा ब्यबसायी समिति दाङले मात्र मूल्य निर्धारण गर्ने नभइ बाह्य जिल्लामा तयारी कुखुरा पठाउनुपर्ने ह“ुदा, बाह्य जिल्ला र स्थानीय मूल्यलाई समायोजन गरेर मूल्य निर्धारण गरिदोरहेछ। तर समितिले आफूखुशी मूल्य निर्धारण गर्छ भन्ने किसानहरुको आरोपबाट बच्न समितिले किसानहरुको सार्थक प्रतिनिधित्व गराउन सकेको छैन।

चल्ला वितरकबाट नै औषधि लिन बाध्य

त्यसो त धेरैजसो चल्ला दाना वितरकहरुले किसानहरुलाई दाना चल्ला दिदा औषधिसमेत दिने गरेका छन्। उनीहरुले शुरुमा पानी शुद्धिकरण गर्ने औषधि, मल्टी भिटामिन र सात दिनलाई पुग्ने दिन्छन्। यसरी औषधि दिदा उधारोको निह“ुमा चर्को मूल्यसमेत लगाएको पाइन्छ। किसानहरु पनि कुखुरा बिरामी भएमा वितरकहरुकहा“ आउने र उनीहरुकै सल्लाहमा उनीहरुले सिफारिस गरेका औषधि खुवाउने गरेको पनि पाइल्छ। औषधि व्यवस्था विभागको लाइसेन्सबिना औषधि बिक्री गर्न नपाइने भए पनि यस विषयमा औषधि ब्यवस्था विभागको पनि ध्यान पुगिरहेको छैन। यसरी अनधिकृतरुपमा औषधि बिक्री भइरह“दा अधिकृत फुटकर बिक्रेतालाई पनि प्रत्यक्ष असर परिरहेको छ। दाना चल्ला वितरकहरुले डिष्ट्रिब्यूटरहरुबाट औषधि किनेर लैजा“दा फुटकर ब्यवसायीलाई असर पर्छ भन्ने कुरा डिष्ट्रिब्यूटरले पनि महसुस गर्न जरुरी छ।

समग्रमा दाना चल्ला वितरक र किसानहरुबीचको आर्थिक खटपट ब्यवसायको तगारो बनिरहेको छ भने अनियन्त्रित औषधि विक्रीले फुटकर औषधि विक्रेता पनि ओरालो लाग्ने अवस्था छ। अतः चल्ला दाना ब्यवसायी, कुखुरा पालक किसान र साना ठूला औषधि बिक्रेताबीच छलफल गरी निष्कर्षमा पुगेर सबैका ब्यवसाय प्रबद्र्धन गर्ने वातावरण सिर्जना गर्न जरुरी छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top