Free songs
Home / अन्तर्वार्ता / मुुहानदेखि मुखसम्म स्वच्छ पानी

मुुहानदेखि मुखसम्म स्वच्छ पानी

भरतमणि पाण्डेय
उपाध्यक्ष– घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था

पानी मानिसको दैनिक जीवनसग जोडिएको छ । बढ्दो जलवायु परिवर्तन र जनसख्या बृद्धिसगै पानीका मुहानहरु सुक्दै जान थालेका छन्। शहरीकरणस“गै बढ्दै गइरहेको वस्ती विकासले घोराही क्षेत्रमा पानीको समस्या बढ्दै गइरहेको छ। पानीका मुहान सुक्दै गरेकोले वैकल्पिक व्यवस्थापनका लागि धमाधम कृत्रिम मुहान अर्थात बोरिङ खन्ने काम भइरहेको छ । पानीको उचित व्यवस्थापन र स्रोत विकासलगायतका विषयमा नया“ युुगबोधकर्मी गिरिराज नेपालीले घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष भरतमणि पानी मानिसको दैनिक जीवनस“ग जोडिएको छ । बढ्दो जलवायु परिवर्तन र जनसख्या बृद्धिस“गै पानीका मुहानहरु सुक्दै जान थालेका छन्। शहरीकरणस“गै बढ्दै गइरहेको वस्ती विकासले घोराही क्षेत्रमा पानीको समस्या बढ्दै गइरहेको छ। पानीका मुहान सुक्दै गरेकोले वैकल्पिक व्यवस्थापनका लागि धमाधम कृत्रिम मुहान अर्थात बोरिङ खन्ने काम भइरहेको छ । पानीको उचित व्यवस्थापन र स्रोत विकासलगायतका विषयमा नया“ युुगबोधकर्मी गिरिराज नेपालीले घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष भरतमणि पाण्डेय सग गरेको कुुराकानीको सारसंक्षेप यहा“ प्रस्तुुत छ।     – सम्पादक

गर्मीयाम शुुरु भएसगै घोराही बजारमा खानेपानीको समस्या अझ बढ्दैै गइरहेको देखिन्छ। पानीको अभाव कहिलेसम्म ?

घोराही बजारमा खानेपानीको समस्या गर्मीमा मात्रै हैन, हिउ“दमा पनि छ। गर्मीयाममा पानीको स्रोत घट्दै जाने भएकाले अझ बढी समस्या चैत, वैशाख र जेठ यो तीनमा महिनामा अलि बढी हुने गर्दछ। एक परिवार छ जनालाई पुुग्ने ‘इष्टिमेट’ तयार गरी धारा वितरण गरिएको हुुन्छ। तर एउटै घरमा न्यूनतम तीन परिवार बसोबास गर्दा पानीको अभाव खट्किएको हो। जसका कारण हामीले न्यूनतम दिनमा दुुईपटक बिहान सा“झ करिव तीन घण्टा पानी वितरण गरिरहेका छौं। धारा नआउने ठाउ“मा ट्यांकरबाट निःशुल्क पानी विरतण गरिरहेका छौं र हामीले उपभोक्तालाई खानेपानीको अभाव हुन दिएको छैनांै जस्तो लाग्छ। पानीको स्रोत घट्दै जा“दा उपभोक्ताको माग अनुुरुप पानी वितरण गर्न सकिएको छैन। तर व्यवस्थापन गरेका छौं।

नया योजना के कस्ता र कति छन् ?

नियमितरुपमा घोराही खानेपानीले ४० लाख लिटर पानी वितरण गरिरहेको छ। १८ वटा बोरिङ मात्रै हामीले सञ्चालन गर्ने तयारीमा छौं। जसमा दुुईवटा निर्माणाधीन क्रममा छन्। जसबाट प्रतिसेकेण्ड करिव आठ लिटर पानी उत्पादन भइरहेको छ। बजारमा बढ्दो जनसख्या बृद्धिले खानेपानीमा चुनौती पैदा गरिरहेको छ। खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि भएको सेवालाई सुधार उन्मुख बनाउ“दै लगिदैछ। मुहानदेखि मुखसम्म स्वच्छ र शुुद्ध पिउने पानी पुु¥याउने उद्देश्यले कटुुवाखोलामा रेडिमेन्ट्न्स ट्यांकीका साथै ढोडेनीमा डिपबोरिङ खन्न शुुरु गरिएको छ। अर्काे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आसपासमा खन्ने तयारी भइरहेको छ। जसका लागि जग्गा व्यवस्थापन हुन अझै सकिएको छैन। ठूला योजनाका रुपमा कटुवा खोलामा हाइड्याम र बबई लिफ्टिङको काम अघि सारिएको छ।

बबई लिफ्टिङ र कटुवाखोला हाइड्याम चर्चामै सीमित भयो कि जस्तो देखिन्छ नि ?

घोराही बजारमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि संस्थाले कटुुवाखोला हाइड्याम र बबई लिफ्टिङ योजना अघि सारेको हो। भूमिगत पानी पनि वर्षेनि सुक्दै जान थाले पनि घोराहीमा खानेपानीको हाहाकार हुन नदिन हामीले यो योजना अघि सारेका हौं। योजना कार्यान्वयनको प्रक्रिया केही अघि बढेको छ। जसले घोराहीको खानेपानी समस्यालाई दिर्घकालीनरुपमा अन्त्य गर्नेछ। त्यसका लागि ठूला योजनाको रुपमा रहेकाले तत्काल बाहिर देखिने गरी काम भएको छैन। केही प्रक्रिया शुरु भइसकेको छ।

हुदैछ र गरिदै भन्ने कुरा धेरै सुनियो। कति वर्षमा बबईको पानी घोराहीमा झर्ला ?

मैले भनिसकें यी दुुई ठूला योजना रहेकाले केही समय लाग्छ। यसको प्रारम्भिक काम भइसकेकाले अबको केही वर्षमै बबईको पानी घोराहीमा लिन सकिन्छ कि भन्ने हो। तर यति वर्षभित्रमा बबईको पानी घोराहीमा आउछ भन्न सकिदैन। काम भइरहेको छ।

उसो भए पानीको समस्या अझै झेल्नुुपर्ने बाध्यता देखियो बजारवासीले ? निर्वाचनका बेला चौबिसै घण्टा पानी भन्ने आवाज पनि गुञ्जने गरेका थिए नि ?

नवनिर्वाचित पदाधिकारी को काम गराई ढिला भयो भन्न मिल्दैन । किनकि हामीले उपभोक्ताको धारामा पानी पुु¥याउने काममा निरन्तर लागिरहेका छौं। बिगतमा झै वर्तमान र भविष्यमा काम गर्ने दृढ इच्छाशक्ति हामीमा छ। किनकि हामीले अनुुभवी व्यक्तिको नेतृत्व पाएका छौं। जसको सफलता हामीले देखिसकेका छौं। अब त्यो अनुुभवलाई हामीले अझै उत्साहपूर्ण तरिकाले सञ्चालन गर्ने अभिप्राय लिएका छौं ।

बबईको पानी घोराही नआउ“दासम्म उपभोक्ताले पर्याप्त पानीको सुविधा पाउने अझै अनिश्चित देखिन्छ। तर खानेपानी अभाव खेप्नुपर्ला जस्तो छ। जसका लागि हामीले विभिन्न ठाउ“मा गरी १८ वटा डिप बोरिङ र कटुुवाखोला मुहानबाट पानी पुु¥याइरहेका छौं। पानीका  स्रोत धेरै छन् । माग पनि उच्च छ। तर व्यवस्थापन र उपभोक्ताको लापरवाहीका कारण घोराहीमा खानेपानीको अभाव भएको देखिन्छ। बिहान सा“झ तीन घण्टा नियमित पानी आउने गर्दछ । त्यो पर्याप्त समय हो। जति गर्मी चढ्दै जान्छ उपभोक्ताले उति मोटर प्रयोग गरी सिधै पानी तान्छन्। त्यसले सबै पानी जहा“ मोटर लगाएको हुुन्छ खिच्छ। उपभोक्ताहरुको गैरजिम्मेवारीपनाका कारण पानीको सहजतामा धेरै असहज भइरहेको छ।

 

साच्चिकै पानी अभावको समस्या मोटर प्रयोग हो ?

मोटर प्रयोग मात्रै खानेपानीको समस्या हो भन्न सकिदैन। पानीको मुहान पनि सुक्दैछन। स्रोत घट्दै जानुु र मोटर प्रयोग बढ्दै जानुुले खानेपानीको समस्या केही देखा परेकै हो। मोटर प्रयोगको नियन्त्रण तथा निगरानीलाई बढाइरहेका छौं। गोप्य सूचना खोजी नियमित अनुुगमनको काम अघि सार्ने तयारी गरेका छौं। बिगतमा पनि यो गरिदै आइरहेको छ। जसका लागि संस्थाका पदाधिकारी भन्दा पनि उपभोक्ता आफै संवेदनशील बन्न जरुरी छ। पदाधिकारीले दैनिक अनुुगमन गरे पनि उपभोक्तामा चेतना छैन भने हामीले जति अनुुगमन गरे पनि त्यसले सार्थकता पाउ“दैन। अनुुगमनका क्रममा मोटर प्रयोग गरी पानी तानेको पाइएमा समितिले मोटर जफत गरिदिनेछ । टोल विकास संस्था, स्थानीय जनप्रतिनिधिसहित अनुुगमन गरिनेछ। प्राकृतिक र मानव निर्मित कार्यले पानी अभावमा समस्या थप्दै लगिरहेको छ।

पानीको स्रोत घट्दैछ शहरमा जनघनत्व र धारा वितरण बढ्दैछ। त्यसको व्यवस्थापन के कसरी गरिरहनुुभएको छ नि ?

बढ्दो शहरीकरणको विकासस“गै शहरको जनघनत्व बढ्दैछ। तर पानीको स्रोत बढ्न सकेको छैन। डिप बोरिङले त्यो धान्न सकिरहेको छैन। वर्षेनि स्रोत बृद्धिको योजना निर्माण गरिरहनुुपरेको छ। यो हाम्रा लागि सुखद पक्ष पनि हो। आवश्यक मापदण्ड पूरा गरी संरचना बनाएमा हामीले धारा वितरण गर्ने हो। अहिले घोराही खानेपानीले करिव सात हजार धबारा बितरण गरेका छौं। जसका  माध्यमबाट दैनिक ४० लाख लिटर भन्दा बढी पानी वितरण भइरहेको छ।

शुल्क बढ्ने पानी नबढ्ने किन ?

जलवायु परितर्वन र उत्खननले पानीका  मुहानहरु सुकिरहेका छन्। भूमिगत पानीको अवस्था पनि त्यही हो। मुहानको पनि त्यही। तर उपभोक्तालाई खानेपानीको अभाव नहोस् भनेर हामीले डिप बोरिङ थप गरिरहेका छौं। त्यो मैले माथि नै उल्लेख गरिसकेको छु। उपभोक्तालाई मार पर्ने गरी हामीले पानीको शुल्क पनि त्यति बृद्धि गरेका छैनौं। अब योजना निर्माणमा उपभोक्ताको सहलगानीको कुरा राज्यको नीति निर्माण र दातृ निकायहरुको सहयोग पनि उपभोक्ताको सहलगानीका माध्यमबाट आउने गर्दछन्। संस्थाले शतप्रतिशत लगानी गर्न सक्ने स्थिति पनि छैन। त्यो कुरा उपभोक्तालाई पनि थाहा छ। सबै पक्षको सहकार्यका माध्यमबाट नै अगाडि बढ्न सकिन्छ भन्ने मनसाय र उपभोक्तामा पनि त्यसको स्वामित्व जाओस् भन्ने लक्षका साथ हामीले सहलगानीको वातावरण निर्माण गरेका हौं।

भविष्यमा खानेपानीको अवस्था कस्तो होला भन्ने जस्तो लाग्छ तपाइलाई ?

हामीले खानेपानीको सहज र सुविधा सबैका घर–घरमा पुुगोस् भन्ने लक्षका साथ काम गरिरहेका छौं। त्यसमा दुुईमत छैन। तर हामीले देखेको सपनामा बजारबासीको साथ र आनीवानीमा सुधार गर्न नसके भोलिका दिनमा घोराहीको खानेपानीको अवस्था धेरै नाजुुक हुन्छ। किनभने वन सकिदै छन्। उत्खनन बढ्दैछ। त्यसले पानीका मुहानहरु सुक्दै जाने हुुन्। पानी रहेमा मात्रै जीवन रहन सक्ने सोचको विकास गर्न जरुरी छ। जसले मुहानदेखि उपभोक्ताको मुुखसम्म स्वच्छ पानी पुु¥याउन सकिनेछ। हामी त्यो अभियानमा निरन्तर लागिरहेका छौं। जसमा उपभोक्ता स्वयं लाग्न जरुरी छ।

पानी संरक्षणका लागि के गर्नुुपर्ला ?

पछिल्लो समय विकासका नाममा हुने गरेको पर्यावरण विनाशको काम रोक्नुपर्छ । यो पहिलो कुरो हो। वनजंगलको विनाश, नदीजन्य वस्तुु र चुन ढुुंगाको उत्खनन यसको प्रमुख कारण हो। जथाभावी डोजर प्रयोगले पानीको सतह घटाउ“दै लगेको छ। यसका लागि वनजंगल जोगाउनुुपर्छ । उत्खनन रोक्नुुपर्छ। वातावरण प्रदूषण रोक्नुपर्छ। त्यसमा उपभोक्ताको चिन्ता पटक्कै छैन। यसका लागि सचेतना विकासको अन्त्यन्तै जरुरी छ। जसले पानीको संरक्षणमा आमनागरिकलाई जागरुक बनाउन सक्छ । जसका लागि स्थानीय तह सरोकारवाला संघसंस्थाको भूमिका अत्यन्त महत्वपूर्ण छ। पानी भएमा मात्रै मानिसको दैनिक जनजीवन सहज हुने भएकाले यसका लागि आफैबाट सोच बदल्नु जरुरी छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top