Free songs
Home / अन्तर्वार्ता / जीवनोपयोगी र व्यावहारिक शिक्षा नै खास ब्राण्ड हो

जीवनोपयोगी र व्यावहारिक शिक्षा नै खास ब्राण्ड हो

लोकमान रिजाल
प्रिन्सिपल– गोरखा मोडेल सेकेन्डरी स्कूल, लमही

देउखुरी क्षेत्रको लमहीमा गोरखा मोडेल सेकेन्डरी स्कूल सञ्चालनमा आएको छ। शै क्षिक क्षेत्रको विकासको लागि गोरखा एउटा ब्राण्ड जस्तै  बनिसकेको छ। गोरखा मोडेल सेकेन्डरी स्कूलको प्रिन्सिपल गढवा गाउँपालिका निवासी लोकमान रिजाल हुनुहुन्छ। अंग्रेजी विषयमा स्नातकोत्तर तह हासिल गरी झण्डै  दुई दशक शिक्षा क्षेत्रमा आफ्नो जीवन व्यतित गर्नुभएका गोरखा ग्रुपद्वारा सञ्चालित गोरखा मोडेल सेकेन्डरी स्कूल लमहीका प्रिन्सिपल लोकमान रिजालसँग युगबोधकर्मी दशरथ घिमिरेले गर्नुभएको कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ। –सम्पादक

यहा शिक्षण सेवामा कहिले र कहादेखि थालनी गर्नु भयो ?

म शिक्षण सेवामा २०५७ सालदेखि सल्यानको कपुरकोटको एक विद्यालयबाट थालनी गरेको हु।

यहाले आफूलाई शिक्षक भन्दा कतिको गर्व गर्नुहुन्छ ?

म आफूलाई शिक्षक भन्दा निकै  गर्व गर्छु । किनकि शिक्षण सिकाइ निरन्तर चलिरहने र परिवर्तन भइरहने प्रक्रिया हो। सो अनुरुप शिक्षकले पनि आफूलाई युग अनुकूल परिवर्तन गर्नुपर्दछ। अर्को कुरा शिक्षण पेशा एक गहन र जिम्मेवारीपूर्ण पेशा हो। यो पेशा सामाजिक र राष्ट्रिय रुपान्तरणको प्रमुख माध्यम हो। यो पेशाको सन्तुष्टि तत्कालै  भन्दा पनि दीर्घकालमा आउने र पूर्ण आत्मसन्तुष्टि दिने निःस्वार्थ प्रकृतिको हुन्छ।

देउखुरी क्षेत्रलाई केन्द्रित गरेर गोरखा स्कूल लमहीमा सञ्चालन गर्नुभएको छ। यसको पछाडिको उद्देश्य के हो ?

शै क्षिक क्षेत्रमा पनि केही योगदान गर्न सकिन्छ भन्ने हेतुले विदेशमा रहेका लाहुरेहरूको ग्रुप गोरखा ग्रुपले दाङको घोराही र तुलसीपुर क्षेत्रमा विद्यालय तथा कलेजहरू सञ्चालन गरी त्यहाको शै क्षिक तथा सामाजिक क्षेत्रमा गुणस्तरीय सेवा पु¥याइसकेपछि । देउखुरी क्षेत्रको अभिभावक तथा शिक्षाप्रेमीहरूको गोरखा स्कूलप्रतिको लगाव र उहाहरूको मागलाई सम्बोधन गर्नु र यहा“ रहेका सबै  वर्गका बालबालिकाहरूको गुणस्तरीय शिक्षामा सहज पहुच पु¥याउनु नै  हाम्रो मुख्य उद्देश्य हो।

विशेष कारण केही छन् कि ?

हो, म विगत १३ वर्षदेखि तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा सहायक प्राध्यापकको रुपमा स्थायीरुपले कार्यरत रही गोरखा स्कूल तुलसीपुर लगायतका अन्य धेरै  विद्यालयहरूमा अध्यापन गरिरहेको थिए“। गोरखा स्कूल तुलसीपुरमा विद्यालय संयोजक भइ काम गर्ने क्रममा विद्यालयको उत्कृष्ट नतिजा निक्लदै  गर्दा जब म लमही क्षेत्रका विद्यालयहरूको पीडादायी नतिजाहरू देख्थें र विशेष गरी विज्ञान संकायको शून्य नतिजा देख्थें तब मलाई भित्रै देखि धेरै  पीडा हुन्थ्यो।

त्यसै गरी जब मै ले देउखुरी क्षेत्रमा कक्षा ८ देखि माथिका विद्यार्थीहरू गुणस्तरीय शिक्षाका लागि भन्दै  घोराही, तुलसीपुर, बुटवल तथा काठमाडौ ं धाउनुपर्ने बाध्यता देख्थें, मलाई आत्मग्लानी हुन्थ्यो। अनि मलाई अब आफेनो क्षेत्रको लागि केही गर्नुपर्छ भन्ने भित्रै देखि भावना आउ“थ्यो। जब मलाई गत वर्ष गोरखा ग्रुपले लमहीको लागि विद्यालय खोल्ने प्रस्ताव ग¥यो तब मै ले यसलाई सेवा गर्ने सुवर्ण अवसरको रुपमा लिए“ र क्याम्पसको स्थायी जागिरलगायत अन्य विद्यालयहरूलाई छोडेर यहा“को शै क्षिक सुधारमा खट्न आइपुगें।

किन आवश्यक प¥यो नया शै क्षिक संस्था देउखुरीमा ?

देउखुरीमा नया शै क्षिक संस्था तथा गोरखा स्कूल किन आवश्यक भनेर भन्नुपर्दा यसलाई बुदागत रूपमा स्पष्ट पार्न सकिन्छ–
(क) २१ औ ं शताब्दी सुहाउ“दो, प्रतिस्पर्धी र व्यावहारिक जनशक्ति उत्पादन गर्न।
(ख) शै क्षिक जगतमा स्वच्छ प्रतिस्पर्धात्मक बजार सिर्जना गर्न।
(ग) गुणस्तरीय शिक्षाको नाममा यस क्षेत्रबाट ठूलो संख्यामा बाहिरिने विद्यार्थी संख्यालाई यही क्षेत्रमा रोक्न।
(घ) गुणस्तरीय शिक्षामा निम्न वर्गसम्मका विद्यार्थीहरूको सहज पह“ुच पु¥याउन।
(ङ) समग्र देउखुरी क्षेत्रको शै क्षिक तथा चेतनाको स्तर परिवर्तन गर्न।

गोरखा एउटा ब्राण्ड बनिसकेको छ। खास के छ यो ब्राण्डमा ?

सर्वसुलभ शुल्कमा लगनशील, कर्तव्यनिष्ठ, दक्ष, अनुभवी तथा तालिमप्राप्त शिक्षक शिक्षिकाबाट शान्त तथा मनोरम वातावरणमा शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको त्रिकोणात्मक सम्बन्धबाट शिक्षण सिकाइ गरी प्रतिस्पर्धी र युग सुहाउ“दो विद्यार्थी उत्पादन गर्न सफल हुनु नै  गोरखाको ब्राण्ड हो। यसभित्रको शिक्षक कर्मचारीको निरन्तर रचनात्मक सामूहिक कार्य, जीवनोपयोगी र व्यावहारिक शिक्षा नै  यसको खास ब्राण्ड हो।

कसरी तपाइहरूको शिक्षा सर्वसुलभ छ ?

विद्यालयले लिइराखेको शुल्क तुलनात्मकरुपले निकै  न्यून छ। हाम्रो विद्यालय विदेशमा बसेका लाहुरेहरूले सामाजिक सेवाका लागि खोलेको हुनाले यो मुनाफरहित सेवामूलक छ। यस विद्यालयले निर्धारण गरेको शुल्कमा अति निम्नस्तरका अभिभावकले पनि आफ्ना बालबच्चा पढाउन सक्छन्।

कस्तो खालको जनशक्ति उत्पादन गर्न खोजिरहनुभएको छ ?

मै ले माथि भने जस्तै  २१ औ  शताब्दीको विश्व बजारमा आफ्नो परिश्रमलाई सजिलै  बेच्न सक्ने दक्ष, बहुप्रतिभाशाली, व्यावहारिक र नै तिकवान सभ्य नागरिक उत्पादन गर्नु खोजिरहेका छौ ं।

शिक्षण संस्थाको भीडमा थपिने मात्रै  हो कि नया“पन केही दिन चाहनुभएको हो ?

हामीले डाक्टर्स तथा इञ्जिनियर्स मात्र उत्पादन गर्ने उद्देश्य राख्नु भन्दा बालबालिकाहरूको सर्वाङ्गीण र बहुप्रतिभाको विकासमा जोड दिन्छौ ं। विद्यार्थीको शै क्षिक स्तरको परिवर्तनका साथ साथै  उसको व्यावहारिक परिवर्तनमा विशेष निगरानी राख्दछौ ं। साथै  हामीले विद्यार्थीको सिकाइलाई जीवनोपयोगी बनाउदै  सामाजिक रुपान्तरणस“ग जोड्ने कुरामा पुलको काम गर्दछौ ं। यसका लागि हाम्रो पाठ्यक्रम निर्माणको ढा“चालाई हेर्न सक्नुहुन्छ। हाम्रो ग्रुपले पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यक्रमलाई थप व्यावहारिक बनाउन आन्तरिकरूपले थप पाठ्यक्रम आफै  निर्माण गरी लागु गरेको छ, जसले बाह्य ज्ञानका साथ साथै स्थानीयस्तरको आवश्यकता अनुरुप व्यावहारिक ज्ञान दिन्छ। उदाहरणका लागि सामाजिक सुरक्षामा देखिएको चुनौ ती लागूऔ षध दुव्र्यसनलाई न्यून गर्नका लागि लागूऔ षध दुव्र्यसनबिरुद्धको पाठ्यक्रम लागु गर्न यसका अभियन्ता बसन्त पुन, योग शिक्षाका लागि रबीन्द्र बस्नेत, पूर्वप्राथमिक तहमा रहेको सिपिएस कार्यक्रम जो निकै  प्रभावकारी र गुणस्तरीय मन्टेश्वरी शिक्षण विधि हो यसका लागि पूजा शाह, हस्तलेखन सीपका लागि वामदेव योगी, परियोजना कार्यका लागि सुनिल पोख्रेल र विद्यार्थी तथा अभिभावक शिक्षाका लागि बालमनोविद् डा. सुशील कडेललाई विद्यालयको औ पचारिक सम्झौ तामा राखेर काम गरिरहेको कुरालाई लिन सकिन्छ।

प्रसंग बदलौ ं, देउखुरी क्षेत्रको विकासमा शिक्षा कहानेर हुनुपर्ने हो ?

अहिलेको शिक्षाले देउखुरी क्षेत्रको विकासका लागि यस क्षेत्रमा अर्थात स्थानीयस्तरको आवश्यकताअनुसार खरोरुपमा उत्रन सक्ने दक्ष जनशक्ति उत्पादन गर्नतिर अग्रसर हुनुपर्छ। यहा“को स्थानीयस्तरमा भएका उद्योगहरू, कृषि उत्पादन क्षेत्रहरू र यहाको पर्यटन विकासका लागि आवश्यक अनुकूल अब्बल र व्यावहारिक जनशक्ति अबको शिक्षाले निर्माण गर्न सकेमा यस क्षेत्रको विकास सजिलै  हुन सक्छ।

के ग¥यो भने देउखुरी माथि उठ्न सक्छ ?

मलाई लाग्छ देउखुरीलाई माथि उठाउन त्यति धेरै  गाह्रो छै न। यो भौ गोलिक अवस्थाले आफै  पनि सुगम र सरल स्थानमा रहेको छ। यो रोल्पा, रुकुम, सल्यान, घोराही, तुलसीपुर, प्युठान, अर्घाखा“ची, बा“के र कपिलवस्तुलाई पायक पर्ने स्थानमा छ। यो नेपालको अति उत्पादनशील क्षेत्र र महेन्द्र राजमार्गमा फै लिएको छ। यो त्यति नै  प्राकृतिक वनस्पति तथा नदीनालाले पनि सम्पन्नशाली छ। यस भौ गोलिक परिस्थितिमा यहा“को आवश्यकताअनुरुप व्यावहारिक शिक्षालाई प्राथमिकता दिदै  यस अनुकूल दक्ष जनशक्ति उत्पादन गर्न र उत्पादित जनशक्तिलाई यहा“को कृषिलगायत अन्य विकासका क्षेत्रमा लगाउन सके मात्रै  पनि प्रर्याप्त
हुन्छ।

कुन–कुन पक्षलाई सुधार ग¥यो भने शिक्षा क्षेत्र नया उचाइमा पुग्छ ?

शिक्षामा भएका विद्यार्थी मूल्यांकन पद्धति, परम्परागत पठनपाठन शै ली र अभिभावक सचेतनामा सुधार ल्याइ शिक्षालाई राजनीतिक व्यवहारबाट अलग राख्न सके शिक्षा क्षेत्र नया“ उचाइमा पुग्छ भन्ने म ठान्दछु। त्यसै गरी अहिले बढ्दै  गइरहेको शिक्षाप्रतिको विकर्षणलाई न्यून गर्न राज्यले जीवनोपयोगी शिक्षामा जोड दिदै  शिक्षामा सेवा पु¥याउने सम्पूर्ण निकायलाई एउटै  दृष्टिकोणबाट हेर्न सके अति उत्तम हुने थियो।

अन्तमा, थप केही भन्न चाहनुहुन्छ कि ?

यहा“ले समय दिइ मलाई मेरो र विद्यालयको बारेमा केही कुरा राख्न दिएकोमा धन्यवाद ! साथै  आउदै  गरेको नव वर्ष २०७६ सालको सम्पूर्ण शिक्षाप्रेमी, शुभचिन्तक, अभिभावक, पत्रकार, शिक्षक, कर्मचारी तथा विद्यार्थी भाइबहिनीहरूलाई शुभकामना व्यक्त गदैर्  यहा“हरूको माया, विश्वास तथा सदासयताप्रति गोरखा ग्रुप तथा गोरखा स्कूल परिवार उच्च सम्मानका साथ हार्दिक कृतज्ञता प्रकट गर्दछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top