Free songs
Home / अन्तर्वार्ता / सबै मिलेर देशका लागि काम गर्नुपर्छ

सबै मिलेर देशका लागि काम गर्नुपर्छ

 कृष्ण गिरी
जनआन्दोलनका घाइते

आज लोकतन्त्र दिवस। विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राजतन्त्रात्मक प्रत्यक्ष शासन अन्त्य र लोकतन्त्र पुनस्थापित भएको दिन हो। ०६२÷६३ को ऐतिहाँसिक दोस्रो जनआन्दोलनपश्चात वैशाख ११ गते निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो। सशस्त्र युद्धमा होमिएको तत्कालीन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनमा होमिएका सात राजनीतिक दलहरुले थालेको १९ दिने ऐतिहाँसिक जनआन्दोलनले जनताको अधिकार पुनस्थापित गर्न तत्कालीन राजा ज्ञानेन्द शाह बाध्य भएका थिए। फलस्वरुप नेपालको संविधान २०७२ निर्माण, संघीयता कार्यान्वयन, धर्मनिरपेक्षता, समावेशितालगायत थुप्रै उपलव्धि हासिल गरियो। ऐतिहासिक जनआन्दोलन त्यसका उपलव्धि तथा नागरिक चाहनाका विषयमा जनआन्दोलनका घाइते कृष्ण गिरीसँग युगबोधकर्मी जे.एन.सागरले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।  –सम्पादक

के छ हालखवर ?

ठीकै छ, जसोतसो चलिरहेको छ।

स्वास्थ्य अवस्था ?

स्वास्थ्य पनि ठीकै छ । तर चोट लागेका, गोलीका छर्रा रहेका शरीरका अंगहरु मन्द गतिमा छड्किरहन्छन। गर्मी, जाडो दुवै समयमा दुखी रहन्छ। खुट्टामा त झन अहिले पनि छर्रा छन्। छर्राले पनि हि“डडुलमा समस्या नै छ।

निकाल्न नमिल्ने हो कि, आर्थिक समस्याले हो ?

त्यस्तो होइन। खासगरी छातीमा लागेको गोली वारपार भएर गयो र पा“चवटा करङ भा“चिए। त्यस्तै दुबै खुट्टामा पनि गोलीले झ्याङ–झ्याङ पारेको अवस्था छ। शरीरका अन्य ठाउका हड्डी निकालेर खुट्टामा हालिएको छ। काम चलाउ भएकै छ भने पैतालामा लागेका छर्रा अहिले पनि आधादर्जन जति त्यहीं छन्। निकाल्नका लागि म भारतसम्म पुगे। यस्तै रहदा भन्दा निकाल्दा झन समस्या हुने भनेपछि चिकित्सकको सल्लाहमा छर्रा बोकेर हिडिरहेको छु।

वैशाख ११ लाई कसरी सम्झिनुहुन्छ ?

जुन उद्देश्य लिएर हामी ०६२÷६३ को जनआन्दोलनमा होमिएका थियौं त्यो उद्देश्य परिपूर्ति गर्नका लागि पनि महत्वपूर्ण छ भने मेरो व्यक्तिगत हिसावले पनि वैशाख ११ उत्तिकै महत्वपूर्ण छ नै। बैशाख ११ को दिन नआएको भए वा लोकतान्त्रिक आन्दोलन सफल नभएको भए मैले आजको दिन देख्न पाउ“दैनथें होला। म त ०६२ माघ २६ गतेको आन्दोलनका क्रममा गोली लागेर घाइते भएको मान्छे, शिक्षण अस्पतालमा उपचार गर्न भनेर काठमाडांै गएको थिए“। त्यसैबेला तत्कालीन सेनाका दुईवटा गाडी आएर मलाई शिक्षण अस्पतालमा उपचार गर्ने होइन । सैनिक अस्पताल छाउनीमा उपचार गर्नुपर्छ भनेर लगे। त्यतिबेला जता लग्छन् उनीहरुले उतै जानै प¥यो। दुई÷तीन दिनपछि नेताहरुले थाहापाएर उपचारका लागि बाहिर लैजानुपर्छ । सेनाको हस्पतालमा धोका हुन्छ कि भन्ने शंका व्यक्त त गर्नु भएछ तथापि मैले चाहेको अस्पतालमा उपचार गर्न पाइएन। यदि वैशाख ११ आउ“दैनथ्यो भने म सैनिक अस्पतालमै सड्नुपर्ने अवस्था थियो। माघ २६ गते गोली लागेको मान्छे नेपालगञ्ज हु“दै काठमाडौं पुग्दा माघको ३० भइसकेको थियो। दुईवटै खुट्टा र पा“चवटा करङमा गोली लागेको थियो। भा“चिएको शरीर बोकेर म सैनिक अस्पतालमा थिए“। झण्डै दुई÷ढाई महिनासम्म मेरो अप्रेशन भएको थिएन। सामान्य उपचारबाहेक अरु गर्न पाइएको थिएन। जब वैशाख ११ आयो। आन्दोलनले सफलता पायो। हस्पिटलमा पनि मेरो आत्मवल बढ्यो र मैले सैनिक अस्पतालका डाक्टरहरुलाई मलाई उपचारका लागि बाहिर जान दिनुस् भनें। प्रक्रिया मिलाउन समय लाग्यो र जेठको २६ गते मात्रै छाउनी अस्पतालबाट बाहिर निस्किएर शिक्षण अस्पतालमा भर्ना हुन पाए“। मलाई यस्तो लाग्यो कि जेठ ११ गते नआउ“दासम्म पनि म सेनाको हिरासतमै रहेको महसुस भयो। किनभने म त्यहा“बाट निस्किदा सेनाले नेपाल प्रहरीको रोहवरमा मलाई मेरो परिवारलाई बुझायो। सा“च्चिकै ती दिन सम्झनलायक छैनन्।

आन्दोलन त सम्झिन मिल्ला नि ?

तत्कालीन सात दल र नेकपा माओवादीको समेत समर्थनमा ०६२÷६३ को आन्दोलन सफल भएको हो। ठूलो आन्दोलन सफल भएपछि हामीहरुले धेरै अपेक्षा गरेका थियौं। स्वाभाविक पनि हो। तर अपेक्षित काम हुन नसकेको हो कि भन्ने जस्तो महसुस हुन्छ। कतै अल्मलियौं कि ? जुन व्यवस्था परिवर्तन भयो त्यसबाट अपेक्षा गरिएका काम हुन सकेनन् र दूरदराजसम्म परिवर्तनको महसुस गर्ने पर्खाइमा अझै पनि जनताले आशा गर्नुपरिरहेको छ।

नागरिक अपेक्षा किन पूरा भएनन् होला त ?

अशान्तिले आक्रान्त नागरिक आन्दोलनपछि शान्ति स्थापना भयो। शान्ति स्थापनापछि नागरिकले स्वाभाविकरुपले हाम्रो देशमा विकास, समृद्धि र स्थायित्व कायम हुन्छ भन्ने आशा गरे। देशले का“चुली फेर्ने भो र जनताको जीवन पनि फेरिने भयो भन्ने ठूलो आशा पलाएको थियो। केही शुरुवात पनि भएका छन्। केही भएको छैन भन्ने होइन। राम्रा कामको शुरुवात पनि भएका छन्। तथापि पछिल्ला दिनहरुमा फेरि अशान्तिका बादल मडारिन थालेको त होइन भन्ने आशंका, त्रास नागरिकमा छाएको छ। समाचार सुन्दा कतै पुरानै अवस्थातिर त देश जा“दै छैन जस्तो लाग्ने गर्छ। हाम्रा नेता र प्रतिनिधिहरुले पनि जनताको चाहनाअनुरुप काम गर्नुपर्ने हो। गाउ‘ दूरदराजमा अझै पनि कहा“ छ लोकतन्त्र भन्ने अवस्था छ। लोकतन्त्रको अनुभूति गर्न पाएको अवस्था छैन।

आन्दोलनको माग राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संविधानको निर्माण र संघीयता कार्यान्वयन, यी भएनन् र ?

पटक्कै नभएको भन्ने होइन। ठूला  उपलव्धि पनि भए। केही पूरा हुने चरणमा पनि होलान् । तर दैनिक जीवनमा सहजता ल्याउने खालका उपलव्धि नागरिकले महसुस गरेका छैनन्। जस्तो अहिले पनि अड्डा अदालतमा जा“दा पनि जसरी पुरानो आनीबानी, व्यवहार थियो नि गणतन्त्र आइसक्दा पनि अड्डा अदालतको व्यवहार, कार्यालयको व्यवहार उस्तै छ। बिचौलियाको साथ नलिने हो भने सामान्य नागरिकका कुनै पनि सरकारी काम हुनसक्दैनन्। भए पनि हप्तौं लगाएर मात्रै हुन्छन्। कुनै सरकारी अड्डा पुग्दा होस् चाहे खेती किसानी वा विभिन्न काम गर्दा होस् नागरिकले विचौलियाबिना आफ्नो काम सहजै भएको, गराएको वा गराउन सक्ने अवस्था छैन। यो तितो यथार्थ हो। हामीले भन्दा नसुन्ने तर त्यही काम बिचौलियाले भन्ने बित्तिकै हुने अवस्थाले नागरिकले कसरी गणतन्त्रको महसुस गर्ने ?

व्यवहार फेरिएन भन्ने हो ?

तपाइ मालपोतमा पुग्नुस् त हिजो र आजमा के फरक छ ? जनप्रतिनिधिसग त सामान्य नागरिकले पनि कुरा गर्न, समस्या राख्न सक्छन्। तर काम गर्न त कर्मचारीसम्म पुग्नुपर्छ। कर्मचारीले हामीले भनेको सुन्दैनन्। बिचौलिया नलाउदासम्म नसुन्ने अवस्थाले कसरी परिवर्तनको महसुस जनताले गर्न सक्छन् ?

स्रोत साधनको सीमितताले नागरिक अपेक्षा पूरा गर्न गाह्रो भएको हो कि ?

त्यो पनि होला, तर हामीस“ग सीमित स्रोत साधन छ भन्ने कुरा त कसलाई थाहा छैन र ? यहा“ व्यवहार पुरानै छ। बिचौलिया लगाउ“दा काम हुने नत्र नागरिक आफै पुग्दा काम नहुने कुरामा त के स्रोत र साधन चाहिन्छ र ? यसमा जनप्रतिनिधि र राजनीतिक दलहरु गम्भीर हुनुपर्छ। अहिले त दुईतिहाईको बलियो सरकार छ। स्रोत साधनले मात्रै चल्ने, यसले छेक्यो, त्यसले छेक्यो भन्ने कुराले नागरिकले चित्त कसरी बुझाउने हो र ? बरु ढुक्क भएर काम गर्दा देश र जनताले काचुली फेर्ने थिए।

तीन तहका सरकारले काम गर्दै होलान् नि ?

लामो समयसम्म कर्मचारीले देश चलाए। जनप्रतिनिधि विहीनताको अवस्था अहिले हटिसक्यो। सोही अनुसार काम पनि थालिएका छन्। केही कामको तयारी पनि भइरहेको होला तर अपेक्षाकृत काम भएनन्। हामीले धेरै अपेक्षा गरेर पनि होला। घर घरमा सिंहदरवार भनियो। महसुस अझै भएको छैन। कि आउ“दैछ भने अर्कै कुरा हो। छिटो भन्दा छिटो नागरिकले परिवर्तनको महसुस गर्न सकून् भन्नेमा सरोकारवाला गम्भीर हुन जरुरी छ। खासगरी सरकार सञ्चालन गर्ने जनप्रतिनिधिहरुले। अहिलेसम्म आहा खुवै राम्रो भयो भन्ने अवस्था छैन।

यस्तो देख्दा बेकार गरिएछ आन्दोलन भन्ने लाग्दैन ?

अह। त्यस्तो त लाग्दैन। ठीकै गरिएछ भन्नेमा त शंकै छैन। किनभने त्यो अवस्थाको शासन व्यवस्थाबाट देश यहा“सम्म आइपुगेको छ नि। यो ठूलो उपलव्धि हो। कमसेकम हामी आन्दोलनमा नहोमिएको भए, नेताहरुले अग्रसरता नलिएको भए, सहिदहरुले बलिदानी नगरेको यो दिन देख्न पाइन्नथ्यो होला। त्यसकारण आन्दोलन गरेर ठिकै गरिएको छ भन्नेमा शंका छैन। काम गर्ने बेलामा ढिलासुस्ती भएको पो हो तर ढिला भयो है भन्न त पाइएको छ नि। हिजो त्यो अवस्था थिएन। मात्रै के हो भने व्यवस्था परिवर्तन भएअनुसारको काम कहिले हुने हो कति पर्खनुपर्ने हो यसमा चिन्ता हो।

काम छिटो छरितो गर्नुप¥यो भन्ने हो ?

हो नि। स्पीड त अलिकति बढाउनुप¥यो नि।

सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ ?

खानेपानी, बाटोघाटो, पुलपुलेसा बन्ने क्रम बढेको त छ तर जति हुनुपर्ने हो त्यति भएन। सरकारी कार्यालयमा सामान्य नागरिकले छिटोछरितो सेवा पाउनुप¥यो। बिचौलियाबिना काम नहुने अवस्थाको अन्त्य हुनुप¥यो। उल्टै सेवाग्राहीलाई हप्काइ दप्काई गर्ने काम भइरहेको छ। यसको अन्त्य हुनुपर्छ।

स्थानीय सरकारलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ?

स्थानीय सरकारलाई जति अधिकार छ, जनजीविकाको सवाल, जनताको आकाक्षा पूरा गर्ने सवालमा काम गर्ने वातावरण पनि केन्द्रले दिनुप¥यो। स्थानीय सरकार भन्ने केही काम गर्नुपरे माथि सोध्नुपर्ने अवस्था वा माथिकै आश गर्नुपर्ने अवस्थाले काम ह“ुदैन। त्यही तलमाथिको सोधासोध गर्दागर्दै दिन बित्ने हो भने कसरी जनताको काम हुन्छ त ?

स्थानीय सरकार कतै रुमल्लिए जस्तो लाग्यो र ?

सामान्य कुरा सुनाउ“छु म तपाइ“लाई। ज्येष्ठ नागरिक भत्ता बैंकबाट दिइन्छ। उनीहरुको सुरक्षाका लागि बैंकमार्फत दिने गरिएको होला । तर ज्येष्ठ नागरिकलाई सुविधा त गाउ“घरमै भत्ता पाए सजिलो होला नि। स्थानीय सरकारले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन किन सक्दैनन् ? घर–घरमा भत्ता लैजान स्थानीय सरकारलाई खासै ठूलो विषय होइन । तर ज्येष्ठ नागरिकका लागि यो काम ठूलो हो। ज्येष्ठ नागरिककै कुरा गर्ने हो भने ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा छुट र आरक्षणको व्यवस्था छ। तर त्यो व्यवस्थाको कार्यान्वयन गर्न के गाह्रो छ स्थानीय सरकारलाई ? सामान्य लाग्छ, तर ज्येष्ठ नागरिकका लागि त ठूलो हुन्छ नि। यस्ता विषयमा ध्यान दिनुप¥यो। अझ ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवामा सहुलियत भनिएको छ । तर उपचार लिन जा“दा प्रक्रिया पु¥याउ“दा पु¥याउ“दै बिरामी थलिने अवस्था छ सेवा पाइ“दैन।

कतै यो व्यवस्थाप्रति वितृष्णा जगाउने षड्यन्त्र संगठितरुपमा भइरहेको त छैन ?

त्यस्तो त होइन होला। तर परिवर्तित व्यवस्था असफल बनाउने प्रयत्न कसैबाट हुन पनि सक्छ। कसैले गरिहाल्यो भने पनि त्यसका विरुद्ध सबै मिलेर लड्नुप¥यो, डट्नुप¥यो, खट्नुप¥यो नि।

लडेर ल्याएको धर्मनिरपेक्षता चाहिदैन भनेर आन्दोलन गर्नुलाई के भन्ने त ?

धर्मका बारेमा दलहरुले आफूलाई हाइलाइट गर्नका लागि यस्तो गरेका होलान्। वास्तवमा नेपालको संविधानले धार्मिक स्वतन्त्रता दिएकै छ नि। कतै फलिफाप भइहाल्छ कि भनेर खिचडी पकाउने काम हो। यसमा खासै दम छैन।

 

आन्दोलनका घाइते के चाहन्छन् ?

ठूलो संघर्षले जनआन्दोलन सफल भएको हो। यसका उपलव्धि संस्थागत गर्ने बेलामा कतैबाट प्रहार हुन्छ भने सबै दलहरु मिलेर त्यसको प्रतिवाद गर्नुपर्छ। कतैबाट पनि बाधा अवरोध आउनु ह“ुदैन। बचाउनका लागि दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ।

खास अब कस्तो काम भइदिए हुन्थ्यो भन्ने लाग्छ ?

जनतालाई त शान्ति नै चाहिएको हो। शान्ति भएपछि नै सबै वर्गलाई फाइदा हुन्छ। हाम्रो देशमा गरिखाने वर्ग धेरै छ। त्यसैले गरिखाने वर्ग र देशको विकास तथा समृद्धिका लागि कार्यक्रम ल्याउन जरुरी छ। जनताका चाहनालाई सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउनुपर्छ।

ल्याउने सम्भावना देखिन्छ ?

सम्भावनै छैन भन्ने त होइन। छ। इच्छाशक्ति चाहियो। यसतर्फ सरकार र जनप्रतिनिधिको ध्यान जानुपर्छ। जनताले एकैचोटि ठूलो कुरा खोजेका छैनन। साना साना काम खोज्छन्। कम्तिमा सानोतिनो किसानले कृषि अनुदान नपाउने तर कागजपत्र मिलाउनेले पाउने अवस्था नहोस्।

यी बाहेक भन्नैपर्ने केही छ ?

शान्ति समृद्धिका लागि काम गर्नुपर्छ। जनताले शान्ति चाहेका छन्। विकास खोजेका छन्। व्यवहार खोजेका छन्। यसमा तीनवटै तहका सरकार गम्भीर हुनुपर्छ। अहोरात्र खटेर लाग्नुपर्छ।

तर अझै क्रान्ति बाकी नै छ भनेर आन्दोलन गर्नुपर्ने छ र केही ?

जनताको अभिभावक सरकार हो। माग र आन्दोलन नागरिकले गर्न पाउछन् स्वाभाविक पनि हो। तर ती माग र आन्दोलनका विषयमा छलफल गरेर टुंग्याउन सकिन्छ। हामीस“ग नजिर पनि छन्। दशवर्षे युद्ध सानो कुरा हो र ? त्यसको पनि शान्तिपूर्ण व्यवस्थापन गरियो त। त्यसैगरी हिजोआज उठेका विषयवस्तुहरुको पनि समाधान खोज्न सकिन्छ। त्यसका लागि सबै पक्षबाट गम्भीरता आवश्यक छ। देशको भलो, जनताको भलो खोजेर सहमतिका साथ लाग्नुपर्छ। हिजो पो राजाको छोरा राजा हुने व्यवस्थाका लागि आन्दोलन गर्नुपथ्र्यो, अहिले त्यो छैन। सबै एकै ठाउ“मा बसेर हरेक समस्याका समाधान खोज्न सकिन्छ। हतियार उठाएर हि“ड्नुपर्ने अवस्था पनि छैन, हतियार उठाउ“छन् कि भनेर प्रतिबन्ध लगाउनुपर्ने अवस्था पनि छैन। सबै मिलेर देशका लागि काम गर्नुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top