Free songs
Home / विचार / वैदेशिक रोजगार नै   विकल्पको बाटो हो त ?

वैदेशिक रोजगार नै   विकल्पको बाटो हो त ?

पुजा राना मगर

बुद्धको तपोभूमि नेपाल सुन्दर शान्त भनी विश्वसामु कहलिएको नेपाल। ती सुन्दरता अनि शान्तपूर्ण वातावरण खै   कहा“ गयो ? कहा“ गए ती हाम्रा मौ  लिकताहरु ? आखिर हामी कता जा“दै  छांै   ? कता ढल्कदै  छांै   ? जति–जति देशमा परिवर्तनका आवाजहरु घन्किदै  छन् उति–उति समाजमा विभिन्न बेथितिहरु बढ्दै  छन्। झन–झन गरिवीको समस्या बढ्दै  छ। मुलुक पराजित भएको छ। देशमा बेरोजगारी समस्या दिनानुदिन बढ्दो छ। जतिसुकै   नया“–नया“ व्यवस्थाहरु आए पनि कुनै   परिवर्तनको आभास हुन सकेको छै  न। यस्तो अवस्थामा देश कसरी समृद्ध हुन्छ ? के केही मीठा भाषण गदै र् मा या ठूलो स्वरले भाषण छा“ट्दै  मा विकास हुन्छ ? पक्कै   पनि हु“दै  न। त्यसका लागि त बुद्धि विवेकले योजनाहरु तय गर्नुपर्छ। परिवर्तनका नाममा हामीले आफ्नो नेपालीपनलाई बिर्सदै   गइरहेका छौ  ं। हामी आजभोलि व्यक्तिगत स्वार्थ (सफलता) को पछि दौ  डी मानवता र राष्ट्रियता गुमाइरहेका छौ  ं।

हिजोआज बाहिर (विदेश) जानु एउटा फेशन जस्तै   भएको छ। कुनै   त्यस्तो दिन थियो जतिबेला बिरलै   मान्छेहरु बाहिर जान्थे। त्यसमा पनि अन्त होइन, हाम्रै   छिमेकी देश भारत। आजभोलि त भारत नभइ अन्य विकसित राष्ट्रहरुमा जानेको संख्या बढ्दोछ। भारत जाने क्रम पनि जारी नै   छ यद्यपि व्यक्तिहरुको रोजाइको देश भने अन्य तेस्रो मुलुकहरु नै   पर्छन्। जो आर्थिकरुपमा सम्पन्न छन्, जहा“को जीवनशै  ली उच्च छ तिनै   देशहरु आजका युवा पुस्ताहरुका रोजाइमा छन्। यसरी बाहिर जानेहरुमा अशिक्षित भन्दा पनि शिक्षित वर्गहरुकै   बाहुल्यता रहेको देखिन्छ। दिनानुदिन यसरी देशका शिक्षित युवाहरु बाहिर पलायन भइरहने हो भने कालान्तरमा नेपालको अवस्था कस्तो होला ? यसबारे अबका हामी युवाले केही सोच्नुपर्छ। चिन्तन मनन गर्नुपर्छ। होइन भने त हाम्रा बाबु बाजेले आर्जेको इज्जत, मान, प्रतिष्ठा सबै   विदेशी भूमिमा विलीन हुनेछ। अनि न नेपाल रहन्छ न त हामी नेपालीहरुमा नेपालीपन नै  ।

आजभोलि दोस्रो भाषाका रुपमा तेस्रो मुलुकहरुमा भाषा सिक्ने लहर नै   चलेको छ। सबै  लाई आफ्नो भविष्य उज्ज्वल बनाउने इच्छा छ। सबै  का आ–आफ्नै   चाहना छन्। कस्तो बिडम्बना भने ती सबका इच्छा चाहना पूरा गर्नको लागि विदेश नै   जानुपर्ने। आफ्नै   मुलुकमा केही गरेर ती त्यस्ता आफ्ना आवश्यकताहरु पूरा गर्ने कसै  को मनसाय नै   छै  न। बस् हामीले देखेको बाटो भनेकै   वै  देशिक रोजगार। केही लगानी लगाइ अन्य मुलुक गयो, केही निश्चित समय अवधिभर परिश्रम ग¥यो। आफ्नो सीप मेहनत अन्य मुलुकमा खर्चियो । अनि केही रकम कमाइ स्वदेश फर्कियो। हामी नेपालीमा समयलाई पर्खन सक्ने क्षमता नै   छै  न। आफ्नै   मुलुकमा लगानी लगाइ केही पेशा व्यवसाय सञ्चालन गरेर आय आर्जनको बाटो अ“गाल्न सकिरहेका छै  नौ  ं। हामी नेपालीहरुको एउटा ठूलो कमजोरी भनेको कुनै   कामको प्रतिफल हामी समयभन्दा अगाडि नै   चाहन्छौ  ं। हामीमा तातै   खाउ“ जल्दै   मरु“ भन्ने बानीको विकास भएको छ। हिजोआजका युवाहरुको मुखबाट यो कुरा निस्कन्छ कि यहा“ गरे के हुन्छ ? यहा“ मरीमरी काम गरे पनि कुनै   उपलब्धि हात लाग्दै  न। बरु खाडी मुलुक नै   गए केही पै  सा त कमाइ हुन्छ। अब विदेशी भूमिमा पै  साको बोट देख्न छाडौ  ं । यदि सबै  ले यस्तै   सोच राख्ने हो भने के नेपाल रहला ? बरु सुधारौ  ं हाम्रो जीवनशै  ली।

हामी आफ्नै   देश अनुसारको भेष गरौ  ं । हाम्रा वरपर जे जस्ता अन्नहरु उत्पादन हुन्छन् तिनै  का परिकारलाई स्वीकार गरौ  ं। अनि त किन तडकभडक गर्नुप¥यो। जे छ जस्तो छ त्यसै  मा रमाउ“। अरुको देशमा गएर आफ्नो अस्तित्व गुमाउनु भन्दा आफ्नै   देशमा कमाएको एक मोहरलाई माया गरौ  ं। सुकिला मुकिला भइ हि“ड्नुको साटो देशलाई आत्मनिर्भर बनाउनेतर्फ समय खचौ र् ं। विभिन्न भाषा सिकी बाहिर जानुभन्दा यहीं त्यो समय मेहनत र लगानी आफ्नै   मुलुकमा लगाउ“।

यसरी तेस्रो मुलुक धाउने बानी अब हामीले त्याग्नुपर्छ। होइन भने केही समयपछि नेपालमा दक्ष जनशक्तिको अभावका कारण विकासका कुनै   कार्यहरु जुजारुरुपमा सम्पन्न हुनेछै  नन्। आफ्ना इच्छा आकांक्षा पूरा गर्ने विकल्पका रुपमा अब विदेशी मुलुक होइन आफ्नै   मुलुकलाई बनाउ“। बरु आफ्नै   वरपर रहेका साधनस्रोतको प्रयोग कसरी गर्ने भन्ने पट्टि लागौ  ं। देश हामीले बनाउने हो देशले हामीलाई होइन। यहा“ कुनै   आफ्नो भविष्य नदेख्ने आजका हामी युवाले वै  देशिक रोजगारलाई नै   विकल्पको बाटो बनाउनु हु“दै  न। बरु दृढ संकल्पका साथ यहीं स्वदेशमै   केही गर्छु भन्ने इच्छाशक्ति जगाउ“ अनि त्यसलाई मलजल गरौ  ं। अनि कसरी नहोला हाम्रो भविष्य उज्वल। बस हामीमा केवल साहसको जरुरत छ। अनि हामीभित्र यहा“ केही हु“दै  न भन्ने रोगी मानसिकता हावी छ। त्यसलाई अब हामीले चिर्न सक्नुपर्छ। त्यसलाई पचाउन सक्नुपर्छ। अनि मात्र पूरा हुन्छ समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा।

विगतलाई हेरी वर्तमान सुधारौ  ं। विगतमा जे जस्तो भए पनि भविष्यमा त बनाउन सक्छौ  ं। हुन त विगतका केही राम्रा पक्षहरु पनि थिए। कहींकतै   सुनिन्छ कुनै   दिन थियो अरे नेपालले यहा“ उत्पादन भएका अन्नपात कुनै   विदेशी मुलुकहरु लाई अनुदान दिइएको। तर कस्तो विडम्बना भने हिजोका दिन जुन मुलुकहरुलाई अन्न अनुदान दिइयो आज तिनै   मुलुकहरुमा आफ्ना उत्पादन गर्ने उत्पादकहरुलाई एउटा श्रमिकको रुपमा पढाइरहेको छ। अब सरकारले पनि आफ्ना जनतालाई यहीं परिचालन गर्न सक्नुपर्छ। अबका नीति तथा विकास निर्माणका योजनाहरु समय सापेक्ष हुनुपर्छ।

यहा“का युवाहरुलाई यहीं परिचालित गर्ने नीति हुनुपर्छ। वै  देशिक रोजगारमा मात्र सरिक भइरहेको युवा जनशक्तिलाई अब आफ्नै   मुलुकमा केही गर्ने वातावरण सरकारले बनाइदिनुपर्दछ। यहा“ आफ्नो भविष्य उज्ज्वल नदेख्ने ती दक्ष जनशक्तिहरुलाई उनीहरुको क्षमता अनुकूलको वातावरण सिर्जना गरिदिनुपर्छ। यही केही गर्छु भन्ने इच्छा हु“दा हु“दै   पनि वै  देशिक रोजगारमा जान बाध्य त्यस्ता युवाहरुलाई लक्षित गरी विभिन्न रोजगारमूलक कार्यक्रमहरु उनीहरु समक्ष पुग्ने गरी सञ्चालन गर्नुपर्दछ। हाम्रो शिक्षा पद्धति पुरानै   भएकाले त्यसलाई फेरबदल गर्नु नितान्त आवश्यक छ। हाम्रो शिक्षा प्रणाली केवल बेरोजगारहरु उत्पादन गर्ने कारखाना जस्तै   बनेको छ। जसबाट वर्षेनि लाखौ  ं बेरोजगारहरु उत्पादन भइरहेका छन्। त्यसै  ले अब विदेशी भूमिमा ओइरिरहेका युवाहरुको संख्यामा कमी ल्याउन सरकारले शिक्षा नीति नै   परिवर्तन गर्नुपर्छ।

यदि सरकारले बेलै  मा आवश्यक कदम नचाल्ने हो भने नेपाल आर्थिकरुपमा सम्पन्न राष्ट्र हुन अझ कै  यौ  ं वर्ष लाग्नेछ। त्यसै  ले आजको जनसंख्या, बनोट अनुरुप विकास निर्माणलगायत अन्य सबै   प्रकारका कार्यक्रमहरुलाई अगाडि बढाऊ। अनि हामी युवावर्गले पनि देख्न छाडौ  ं विदेशी भूमिको सपना।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top