Free songs
Home / विचार / बबई सभ्यता– भावना, योगदान र प्रतिष्ठाकोे प्रतिविम्ब

बबई सभ्यता– भावना, योगदान र प्रतिष्ठाकोे प्रतिविम्ब

रमेशकुमार अधिकारी

बबई सभ्यताका बारेमा समय–समयमा आलेख प्रस्तुत गर्दै आएको छु। बबई सभ्यताले दाङ उपत्यकाको आध्यात्मिक र आधुनिक विकासको बृहत् आयामलाई समेट्छ। आध्यात्मिक विकासले दङाली जनताको नैतिक मूल्य–मान्यता, विवेक र निष्ठालाई जीवनको आदर्श बनाउन जोड दिन्छ। आधुनिक विकासले मूलतः ‘ग्रिन एण्ड ग्रोथ’ मिसनलाई पकड्छ। ग्रिन मिसनले दाङ उपत्यकाको प्रकृतिलाई दिगो रुपमामा नवमैत्री बनाउन निरन्तर घचघच्याइरहन्छ। यो मिसनले उपत्यकाको रमणीय हरियाली, शुद्ध हावापानी र जैविक विविधताको प्रचुर उपलब्धतालाई दिगो बनाई राख्न प्रेरित गर्दछ। ग्रोथमिसनले उत्पादन, रोजगारी र आयआर्जनका बहु आयामलाई समेटेर आर्थिक क्षेत्रलाई चलायमान बनाई राख्न ध्यानाकृष्ट गर्दछ। यस निमित्त मानवीय विकास र भौतिक पूर्वाधार निर्माणका सबै आयाम र प्रकारलाई विकास अभियानमा समावेश गर्न जोड दिन्छ। यिनै प्रयत्नबाट दाङ उपत्यका समुन्नत हुदै जानेछ, सौन्दर्यता तथा आकर्षण थपिदै जानेछ र बबई सभ्यताको विशिष्ट चिनारी स्थापित हुदै जानेछ भन्ने विश्वास नै बबई सभ्यताको सार हो।

पाठकहरुलाई लाग्नसक्छ न कुनै निकायको जिम्मेवारी छ न त कुनै आयोजना वा परियोजना कार्यान्वयनमा छन्, कसरी बबई सभ्यताको विकास हुन सक्छ ? सतहमा यो प्रश्न उठ्नु स्वाभाविक हो। यसलाई कसरी बुझ्नुपर्दछ भने दाङ उपत्यकामा विभिन्न निकाय र समुदायबाट विकासका काम भइ रहेका छन्। विगतदेखिको निरन्तर प्रयासबाट दाङ आज जस्तो छ, भोलि जस्तो होला र पर्सि जस्तो रुपमा देखिएला त्यही नै बबई सभ्यता हो। यसमा छुट्टै आयोजना परियोजना हु“दैनन्। यति बुझिसकेपछि हरेक दङालीका सामु अवश्य केही प्रश्न तेर्छिन्छन्। आजभन्दा भोलिको दाङ राम्रो बनाउने कि नबनाउने ? आजभन्दा भोलिको दङाली समाज सभ्य बन्ने कि नबन्ने ? दाङ उपत्यकाको संस्कृति र प्रकृतिको गर्ब भावी पुस्ताले गर्न पाउने गरी वर्तमान पुस्ताले संरक्षण र सम्बद्र्धन गर्ने कि नगर्ने ? एशियाको ठूलो उपत्यकाको शान र इज्जत सुहाउ“दो काम गर्ने कि नगर्ने ? प्रत्येक दङाली अरुका नजरमा मुस्कुराउने, मिठो बोल्ने र सहयोगी हुने कि नहुने ? यी प्रश्नहरुले पक्कै पनि आजको पुस्तामा व्यक्तिगत तवरमा केही गरौं भन्ने भावना जागृत गराउ“छन्। वास्तवमा बबई सभ्यता भावनात्मक अभियान हो। योगदानको अवसर हो।

प्रतिष्ठाको प्रतिविम्ब हो। व्यक्तिगत तवरमा समेत दाङ उपत्यकावासीले बबई सभ्यताको भावनामा एकाकार भएर योगदान गर्दै जानुपर्दछ। सम्पूर्ण विकास अभियन्ताको प्रयत्न र नागरिकको योगदानबाट दाङ उपत्यकाको गुणात्मक रुपान्तरण ह“ुदै जानेछ। यथार्थमा त्यही रुपान्तरणको सुन्दर स्वरुप, स्वभाव र प्रभाव नै बबई सभ्यता हो।

बबई सभ्यताको दर्शनका बारेमा व्यावहारिक रुपमा अझ स्पष्ट हुनलाई दाङ उपत्यकामा विकास निर्माणका कामहरु व्यापकरुपमा भइरहेका छन्। संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट दाङ उपत्यकाका लागि प्रशस्त बजेट विनियोजन भएको छ र आयोजना कार्यान्वयन भइरहेका छन्। गैरसरकारी संघसंस्थाहरुबाट पनि थुपै्र विकास निर्माणका कामहरु भइरहेका छन्। निजी क्षेत्रले पनि यथासक्य आर्थिक क्षेत्रलाई चलायमान बनाइरहेको छ। सहकारी संस्था र समुदायस्तरबाट पनि सक्दो प्रयास भइरहेको छ। समुदायस्तरबाट भएको उत्कृष्ट कामको दृष्टान्तको रुपमा दाङको पाण्डवेश्वर धाममा भइरहेको विकासलाई लिन सकिन्छ। त्यहा“ नागरिकस्तरबाट भएको योगदानले पाण्डवेश्वर धामलाई भव्य बनाउने काम भइरहेको छ। एवं प्रकारले अन्यत्र पनि राम्रा काम भइरहेका छन्। साथै घरपरिवार तहबाट भइरहेका सचेतना वा संरचना निर्माणका कार्यले पनि केही न केही मात्रामा दाङको विकास र परिवर्तनलाई सघाइरहेका छन्। यी सबै प्रयत्नहरु बबई सभ्यतामा नै समाहित हुन्छन्। जसरी दाङका उत्तर–दक्षिण भएर बग्ने खोलानाला बबईमा गएर समाहित हुन्छन। यही तरिकाबाट बबई सभ्यतालाई बुझ्न सकियो भने बबई सभ्यताको दर्शन छर्लङ्ग हुन्छ।

बबई सभ्यताको चर्चा गरिरह“दा विकास सम्बन्धी बहसमा प्रकट हुने गरेको दङाली मनोविज्ञानको चर्चा गर्नु सान्दर्भिक देखिन्छ। दाङमा विकासका विषयमा बहस गर्दा प्रतिस्पर्धाको कोणबाट टिप्पणी गर्ने बानी छ। यही कारणले पछिल्लो समयमा दाङमा वैकल्पिक विमानस्थल बनाउने सरकारी योजना सबैभन्दा बढी विरोधको भुमरीमा परेको छ। यो प्रसंगबाट के सङ्केत गर्न खोजिएको हो भने गरुङ्गा बिषयमा पनि हलुका टिप्पणी गर्ने हाम्रो बानी छ। जसरी बा“सको तामालाई मर्काउने हो भने फेरि पलाउ“दैन त्यसरी नै विकासका विषयमा विरोधको दाग लाग्यो भने त्यो निस्प्राण बन्न जान्छ। अतः विकासलाई प्रतिस्पर्धाको मनोविज्ञानबाट मुक्त भएर उदार र भविष्यपरक सोचबाट हेर्न जरुरी छ। समस्याको पहाडमा सम्भावना र समृद्धिका सुन्दर रत्न भेटाउन सकिन्छ। विकासको सवालमा हाम्रो चिन्तन सकारात्मक रुपमा अभिब्यक्त हुन जरुरी देखिन्छ।

दाङ उपत्यकामा निर्माण भइरहेका सडक पुलहरुको अवस्थाबारेको समाचार हालै सार्वजनिक भएको छ। निर्माणाधीन पुलहरु सम्पन्न हु“दै जा“दा हामी दङालीहरु भूगोल र भावनाले अझ नजिक हुनेछौं। लमही–घोराही–तुलसीपुर सडक र अमिलिया–तुलसीपुर सडक चारलेनको हुने तथा तुलसीपुर–सुर्खेत सडक छिटै सम्पन्न हुने खबरले अब दाङ उपत्यका एउटै विशाल शहरको रुपमा विकास हु“दै जानेमा कुनै शंका छैन। यति विशाल संभावना बोकेको यो उपत्यकालाई अहिलेदेखि नै एकीकृत गुरुयोजना बनाएर अघि बढ्न जरुरी छ। यस दिशामा उपत्यकाका दुई उपमहानगरपालिकाहरुको समन्वयात्मक अग्रसरता आवश्यक छ। उपत्यकाका गाउ“पालिकाहरुको सहयोगी भूमिका पनि उत्तिकै महत्वपूर्ण छ।

नेपालको संविधानले जिल्लाहरुको अस्तित्वलाई सम्मान गर्दै जिल्लाको विकासमा सन्तुलन कायम गर्न जिल्ला समन्वय समितिहरुलाई समन्वयकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी प्रदान गरेको छ। यस दिशामा गतवर्ष बैशाख पहिलो साता जिल्ला समन्वय समिति दाङले एउटा कार्यक्रम आयोजना गरेर जिल्लाको विकासको खाका कोर्ने जमर्को गरेको थियोे। तर त्यस उप्रान्त उक्त विषयले प्राथमिकता पाएको देखिदैन। यसतर्फ पाइला सार्दै जानु पर्छ। स्थानीय निकायहरुलाई भावनाले जोड्ने विषयमा अभिभावकीय भूमिका पाएको जिल्ला समन्वय समितिले आफ्नो जिम्मेवारी पूरा गर्न सधै अग्रसर भइरहनुपर्दछ भन्दा अर्घेलो नहोला।

एशियाको ठूलो उपत्यका– दाङ उपत्यका। नेपालको गौरवको विषय। यो उपत्यका प्रदेश नं. ५ मा परेबाट प्रदेशको प्रतिष्ठा, समृद्धि र प्रसिद्धिका लागि अजम्मरी आधार हो दाङ उपत्यका। यस्तो अद्वितीय, अतुलनीय र विशाल सम्पदाको सुहाउ“दो सम्मान प्रदेशको राजधानी बनाउने भन्दा अरु के हुन सक्ला र ? तर संविधानतः प्रदेशको राजधानी तोक्ने विषयको छिनोफानो प्रदेशसभाको विवेकपूर्ण निर्णयबाट हुने भएकाले यसमा थप कुरा नगरौं। संघीय सरकार दाङ उपत्यकाको भौगोलिक विशालता र सांस्कृतिक विविधताका बारेमा जानकार नहुने कुरै भएन। दाङ उपत्यकालाई अझ सुन्दर, सुविधाजनक र सुरक्षित गन्तब्यको रुपमा विकास गर्न संघ सरकारले अघि सारेका वैकल्पिक विमानस्थल निर्माण, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, बृहत् सिंचाईलगायतका परियोजना सञ्चालन गर्न अवश्य पनि बन्दोवस्त मिलाउने विश्वास गर्न सकिन्छ। सेवा–हवको रुपमा दाङ उपत्यकाको विकास गर्न संघीय सरकार सदैव सकारात्मक रहने आशा गर्न सकिन्छ।

नेपालको एक मात्र संस्कृत विश्वबिद्यालय दाङमा अवस्थित हुनु गौरबको विषय हो। हिमवत्खण्डमा अवस्थित नेपाल भूमि प्राचीनकालमा ऋषिमुनिहरुको तपोभूमि, ज्ञानभूमिको रुपमा सुपरिचित रहेको शास्त्रहरुले सप्रमाण ब्याख्या गरेका छन्। अतीतको गौरवको आलोकमा वर्तमानमा दाङलाई आध्यात्मिक ज्ञानको उत्कृष्ट केन्द्र बनाउन सकिन्छ। यसतर्फ विश्वविद्यालयले मेहनत गर्ने हो भने दाङ विदेशी ज्ञान साधकहरुका लागि समेत रोजाइको स्थान हुनेछ। आयुर्वेद अर्को आकर्षक विषय हो। जसमा विश्वविद्यालयले सोधखोज र उत्पादनका धेरै काम गर्न सक्छ। पूर्वीय दर्शनको अध्ययन अनुसन्धान गराउने आधिकारिक निकाय पनि नेपाल संस्कृत विश्वविद्यालय हो। यी महत्वपूर्ण विषयमा दाङमा उपलब्ध सौभाग्यलाई सदुपयोग गर्न विश्वविद्यालय स्वयं अग्रसर हुनुपर्दछ। विश्वविद्यालयको क्षमताको भरपूर उपयोग गर्न अनुसन्धान प्रस्तावका माध्यमबाट लगानी गर्न स्थानीय सरकार र प्रदेश सरकारतत्पर रहनुपर्दछ।

बबई सभ्यता विकासका लागि दाङ उपत्यकाका शैक्षिक क्षेत्र, सञ्चारक्षेत्र, उद्यमी, व्यवसायी, व्यापारी, समुदाय र नागरिक तहको भावनात्मक सामीप्यता र योगदानले ठूलो अर्थ राख्छ। दाङमा आध्यात्मिक र आधुनिक दुबै विधामा ज्ञान प्राप्त गर्न सकिने प्रचुर सम्भावना विद्यमान छ। दाङमा रहेका क्याम्पस र विद्यालयहरुको पढाइ उत्कृष्ट बनाउन सकिएमा दाङ शैक्षिक हव बन्न सक्छ। यसैगरी समाजको मनोविज्ञानलाई कता ढल्काउने र कुन विषयमा कस्तो चेतना फैलाउने भन्ने जिम्मेवारी सञ्चार क्षेत्रले मात्र बहन गर्न सक्छ। बबई सभ्यताको स्वर्णिम स्वरुपको परिकल्पनालाई साकार पार्न सामाजिक मनोविज्ञानलाई सकारात्मक बनाउन सञ्चार क्षेत्र अभियन्ता भएर लाग्नुपर्दछ। नेपालको सरसफाइ क्षेत्रमा सञ्चार जगतले निर्वाह गरेको भूमिका र हासिल भएको उपलब्धिले विकासमा सञ्चार क्षेत्रको योगदान अपरिहार्य र स्तुत्य सावित भएको छ। त्यसैले दाङको सञ्चार क्षेत्रले बबई सभ्यताका विषयमा प्रशस्त योगदान पु¥याउन सक्छ। पर्यटनका माध्यमबाट दाङको आतिथ्यता, आत्मीयता र माया–मर्यादाको बासना फैलने भएकाले दाङका उद्यमी, व्यवसायी र व्यापारी सबैले ग्राहकलाई पर्यटक सम्झेर न्यानो व्यवहार गर्नु पर्दछ। समुदाय र नागरिक तह नै वास्तवमा दाङको मौलिक पहिचान भएकाले इमान–जमान, दया–माया, सेवा–सहयोग, नैतिक–निष्ठा, स्नेह–मर्यादा, सभ्यता– शिष्टता जस्ता चरित्र प्रदर्शन गरेर बबई सभ्यतामा भावना र योगदान मिसाउन उदार मनका साथ प्रस्तुत हुन सक्नुपर्दछ। उल्लेखित बहुपक्षीय प्रयत्नहरुको गहकिलो संगालोबाट बबई सभ्यता समुन्नत हु“दै जानेछ र युगौंयुगसम्म प्रतिष्ठाको प्रतिविम्बको रुपमा जीवन्त रहिरहनेछ। यो पटकलाई यत्ति।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top