Free songs
Home / विचार / क्यास्ट्रो, क्युबाली क्रान्ति र हामी

क्यास्ट्रो, क्युबाली क्रान्ति र हामी

डा. अमर गिरी

यतिबेला फिडेल क्यास्ट्रोको न जन्मदिवस परेको छ न त स्मृतिदिवस नै । यस दृष्टिले यो आलेख त्यति सान्दर्भिक नहुन पनि सक्छ तर उनी हाम्रा निम्ति मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनकै निम्ति सधै सान्दर्भिक छन् । उनको चर्चाका निम्ति जन्मदिवस वा स्मृतिदिवस पर्खिरहनु पर्दैन । वर्तमान समयमा उनको चर्चाले हाम्रो सन्दर्भमा अझ बढी महत्व राख्छ ।

क्यास्ट्रोले सन् १९५० को दशकको क्युबाली क्रान्तिको नेतृत्व गरेका थिए। १९५९ मा क्युबामा क्रान्ति सम्पन्न भएको थियो। क्युबाली क्रान्ति आफ्नै विशिष्टतामा आधारित थियो। क्यास्ट्रोले रुसी अथवा चिनिया“ क्रान्तिको अनुकरण गरेनन्। क्रान्ति सम्पन्न भइसकेपछि पनि उनी आफ्नो मुलुकको विशिष्टतामा आधारित रहेर अघि बढे। माक्र्सवादलाई उनले आफ्नो मुलुकमा मौलिक एवं सिर्जनात्मकरुपले प्रयोग गरे। संसारका कम्युनिष्ट आन्दोलनहरुबाट उनले शिक्षा लिए तर त्यसलाई आफ्नो विशिष्टतामा बुझ्ने प्रयास गरे। क्युबाको क्रान्तिको सफलता क्युबाली विशिष्टतामा आधारित थियो। क्युबाली विशिष्टता अनुरुप क्रान्तिलाई अघि बढाउन नसकेको भए अमेरिकाको नाकै मुन्तिर रहेको यस सानो ल्याटिन अमेरिकी मुलुकमा न क्रान्ति नै सम्भव हुन्थ्यो न त त्यसलाई जोगाउन नै सकिन्थ्यो।

क्यास्ट्रोले पा“च दशक शासन गरे। क्रान्ति सम्पन्न भएदेखि नै अमेरिका क्युबाली क्रान्तिलाई समाप्त गर्न कम्मर कसेर लाग्यो। अमेरिकाले क्युबामाथि आर्थिक नाकाबन्दी मात्र लगाएन, क्यास्ट्रोको हत्याका निम्ति अनेकन पटक असफल प्रयत्नहरु पनि ग¥यो। क्युबालाई विश्व राजनीतिबाट एक्ल्याउन र कमजोर बनाउन गम्भीर प्रयासहरु भए। क्युबाली क्रान्ति अमेरिकाका निम्ति ठूलो चुनौती थियो। अमेरिका यस क्रान्तिबाट सिंगो ल्याटिन अमेरिका प्रभावित हुने र यसबाट आफूलाई पनि आघात पुग्न सक्ने निष्कर्षसहित क्युबाको शासन व्यवस्थालाई समाप्त पार्न लागिपरेको थियो। तर अमेरिकाको यस्तो प्रयास सफल हुन सकेन। अमेरिकाको डरलाग्दो नाकाबन्दी र असहयोगका बीच पनि क्युबाले प्रगति गर्दै ग¥यो। आर्थिक, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा उसले पत्याउनै गाह्रो हुने गरी उन्नति ग¥यो। उसले गरेको प्रगति अमेरिकाका निम्ति तिखो व्यंग्य त थियो नै दृढ इच्छाशक्ति भए डरलाग्दो प्रतिकूलताका बीच पनि प्रगति गर्न सकिन्छ भन्ने कुराको उत्कृष्ट दृष्टान्त पनि थियो।

क्युबाले जसरी क्युबा र क्युबाली क्रान्तिको रक्षा गर्दै आएको छ त्यो क्याष्ट्रोको ‘एउटा भिन्न दुनिया“को निर्माण सम्भव छ’ भन्ने दृष्टिकोणस“ग जोडिएको छ। त्यो क्यास्ट्रो आफैले पटक–पटक उल्लेख गर्ने गरेको ‘विचारको शक्ति’स“ग गा“सिएको छ। उनले साम्राज्यवादविरुद्धको आफ्नो र क्युबाली जनताको संघर्षलाई ‘दियो र बहुलाएको आ“धीबीचको संघर्ष’ को रुपमा चित्रण गरेका छन्। क्युबामा साम्राज्यवाद विरोधी देशभक्तिपूर्ण आन्दोलनको लामो परम्परा रहेको छ। क्युबाली क्रान्ति क्युबाली इतिहासको यस पक्षस“ग जोडिएर अगाडि बढेको थियो। क्यास्ट्रोलाई आफ्ना जनतामाथि, उनीहरुको शक्ति,  संघर्ष एवं साहस र संकल्पमाथि गहिरो विश्वास थियो। यही विश्वास उनको अक्षय शक्तिको स्रोत थियो। यही शक्ति साम्राज्यवादविरुद्धको संघर्षको मूल आधार थियो।

क्यास्ट्रोले क्रान्तिपछि शिक्षा, संस्कृति र स्वास्थ्य क्षेत्रको विकास र परिवर्तनलाई अत्यधिक महत्व दिए। भौतिक विकास र आर्थिक प्रगति मात्र एक नया“ समाज निर्माणका निम्ति पर्याप्त छैन भन्ने उनको स्पष्ट दृष्टिकोण थियो। सन् २००३ मा पेडागोगी कांग्रेसमा दिएको एक महत्वपूर्ण भाषणमा उनले ज्ञान र संस्कृतिविनाको कुनै पनि मानिस नीतिशास्त्रसम्म पुग्न सक्दैन, यो नभइकन स्वतन्त्रता र समानता पनि सम्भव छैन, शिक्षा र संस्कृति विना कुनै पनि प्रकारको लोकतन्त्र पनि सम्भव छैन भनेका थिए। साम्राज्यवादद्वारा खडा गरिएको गम्भीर व्यवधानबीच अगाडि बढेको क्युबाले शिक्षा र संस्कृतिका माध्यमबाट क्युबाली समाजको आत्मिक रुपान्तरणमा जोड दिएको थियो। क्युबाली राष्ट्रनायक मार्तीलाई उद्धत गर्दै क्यास्ट्रोले शिक्षालाई ‘मुक्तिको द्वार’सम्म भनेका छन्। शिक्षा र संस्कृतिका माध्यमबाटै राष्ट्रिय एवं प्रगतिशील चेतनाको निर्माण गर्दै प्रतिकूलता एवं शत्रुहरुस“ग जुझ्न सक्ने समाजको निर्माण गर्न सकिन्छ भन्ने उनको धारणा थियो। उनले आफ्नो एउटा भाषणमा जुन जनतास“ग ज्ञानको एक निश्चित स्तर छ, जसस“ग मुद्दाहरुलाई राम्रोस“ग बुझ्न सक्ने सामथ्र्य छ र जसस“ग एकता र अनुशासन छ, त्यसलाई समाप्त गर्न त्यति सजिलो छैन भनेका छन्। उनको विचारमा विचार, अवधारणा र भावनाको शक्ति धेरै बलियो हुन्छ। यसको निर्माणमा शिक्षा र संस्कृतिले धेरै महत्वपूर्ण भूमिका खेल्छ। अमेरिका विरुद्धको क्युबाली जनताको ऐतिहासिक संघर्ष यस वास्तविकतास“ग गहिरो गरी गा“सिएको छ। क्यास्ट्रोले साम्राज्यवाद विरुद्धको आफ्नो संघर्ष र त्यसको सफलतालाई क्युबाली समाजको आन्तरिक रुपान्तरणस“ग जोडेका छन्। शिक्षा र संस्कृतिलाई दिएको महत्व र त्यसले निर्माण गरेको नवीन चेतनाकै कारण क्युबा साम्राज्यवादी षडयन्त्र र हस्तक्षेपबाट ढलेन भन्ने धारणा क्यास्ट्रोको पाइन्छ।

क्यास्ट्रोले जतिसुकै परिष्कृत हतियार भए पनि त्यसका माध्यमबाट इतिहासको धारालाई बदल्न सम्भव छैन भनेका छन्। उनी परिष्कृत हतियारभन्दा विचार कैयौं गुणा शक्तिशाली हुन्छ र सबैभन्दा ठूलो लडाइ“ विचारका क्षेत्रमा लडिन्छ भन्थे। उनी सही उद्देश्यका निम्ति लडिरहेको धैर्यशील चेतनामा सबै किसिमका हतियार,  शक्ति र रणनीतिहरुस“ग संघर्ष गर्न सक्ने साहस पनि हुन्छ भन्थे। क्युबा यसैगरी अगाडि बढेको छ र दुनिया“मा स्वतन्त्रता, समानता र सामाजिक न्यायका निम्ति चलेका आन्दोलनहरु यसैकारण शक्तिशाली छन् भन्ने उनको दृष्टिकोण थियो। सोभियत समाजवादको अन्त्यपछि क्युबाका अगाडि चुनौतीहरु थपिए। सोभियत संघ ढलेपछि क्युबा पनि ढल्छ भन्ने धेरैलाई लागेको थियो। क्युबामाथिको नाकाबन्दीलाई अझ कठोर बनाइयो। यसका निम्ति अमेरिकाद्वारा ‘टोरेसेली’ र ‘हेम्स बर्टन’ जस्ता एक्ट नै बनाइयो तर क्युबा ढलेन। यसलाई क्यास्ट्रोले क्युबाली क्रान्तिमा अन्तर्निहित शक्तिका रुपमा उल्लेख गरेका छन्।

सानो मुलुक क्युबाले साम्राज्यवादविरुद्धको संघर्षमा निर्वाह गरेको भूमिका अद्वितीय रहेको छ। क्यास्ट्रोको सिंगो जीवन साम्राज्यवादविरुद्धको संघर्षको पर्यायका रुपमा रह्यो। नवउदारवादी भूमण्डलीकरणको उनले तिखो आलोचना मात्र गरेनन् त्यसका विरुद्ध संघर्ष पनि गरे। आजको भूमण्डलीकरण जनतन्त्रको विरुद्धमा रहेको छ भन्ने उनको धारणा थियो। उनले निकै स्पष्ट भाषामा वर्तमान भूमण्डलीकरणलाई साम्राज्यवादको विस्तारका रुपमा उल्लेख गर्दै यसको फासीवादी अनुहार पनि देखापरेको उल्लेख गरेका छन्। उनले समाजवादको विकल्प पू“जीवाद हुन सक्दैन भन्दै पू“जीवादको मानवता विरोधी चरित्रलाई अझ बढी स्पष्ट गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन्।

क्यास्ट्रोले उदात्त मूल्यहरुबाटै सा“चो जीवनको निर्माण हुन्छ र त्यही जीवन नै सर्वोच्च जीवन हुन्छ भनेका छन्। उनी ‘सर्वोच्च जीवन भोजन, आवास र वस्त्रहरु भन्दा माथि हुन्छ र हुनुपर्छ’ भन्छन्। उनले यसो भनेर भौतिक आवश्यकता र त्यसको पूर्तिलाई कम महत्व दिएको पाइन्न। उनको बढी जोड जीवनको गुणवत्तामा छ। यस्तो जीवनको निर्माण ज्ञान र संस्कृतिबाट मात्र हुनसक्छ भन्ने उनको दृष्टिकोण रहेको पाइन्छ। यसैकारण उनले सर्वोच्च जीवन वा जीवनको सर्वोच्च मूल्यलाई भोजन, आवास र वस्त्रहरु भन्दा माथि राखेका छन्। उनी जीवनको गुणवत्ता देशभक्तिमा, आत्मसम्मान, जीवनको गरिमाबोध र मानवअधिकारमा हुन्छ भन्छन्। उनले आफ्नो समग्र जीवन यसैगरी जिए। समाजको सांस्कृतिक रुपान्तरणलाई अत्यधिक महत्व दिने उनी व्यक्तिपूजाका विरोधी थिए। उनी आफ्नो मूर्ति स्थापनाको विपक्षमा थिए। उनको विचारलाई सम्मान गर्दै उनको मृत्युपछि उनको कुनै शालिक निर्माण गरिएन। भौतिक विकासलाई ज्ञान र संस्कृतिको विकासस“ग जोड्नु, ज्ञान र संस्कृतिको विकासलाई नया“ मनुष्य समाज निर्माणस“ग गा“स्नु, नया“ मनुष्य समाज निर्माणलाई मानवीय गरिमा, समानता, स्वतन्त्रता, सामाजिक न्याय, मानवता, भाइचारास“ग जोडेर अघि बढाउनु क्यास्ट्रो र क्युबाली क्रान्तिका विशेषता एवं प्राप्ति हुन्।

क्रान्ति सम्पन्न भइसकेपछि त्यसको रक्षा एवं अघिल्तिरको यात्राका निम्ति तदनुकूलको संस्कृतिको निर्माण आवश्यक हुन्छ। यसभित्र सांस्कृतिक परम्पराभित्रका उज्याला पक्षहरुको संरक्षण र विकास एवं  जनविरोधी संस्कृतिको विस्थापन तथा नया“ संस्कृतिको निर्माण पर्छन्। क्यास्ट्रोले समाजवादी संस्कृतिको निर्माणलाई उच्च प्राथमिकता दिए। सांस्कृतिक रुपान्तरण र उच्च सांस्कृतिक मूल्यको वरणबाट मात्र परिवर्तनलाई जोगाउन र अघि बढाउन सकिन्छ भन्ने उनको दृष्टिकोण थियो।

क्यास्ट्रोको अगुवाइमा क्युबामा जे भयो, त्यो ऐतिहासिक रहेको छ र त्यसबाट धेरै कुरा सिक्न सकिन्छ। एउटा सानो मुलुक पनि बाह्य हस्तक्षेपका विरुद्ध संघर्ष गर्दै कसरी अघि बढ्नसक्छ भन्ने कुराको गहकिलो पाठका रुपमा क्युबा रहेको छ। क्युबाले हामीलाई देशभक्ति, आत्मसम्मान र स्वाभिमानको शिक्षा पनि दिन्छ। एकता, अनुशासन र दृढ इच्छाशक्ति भए असम्भव जस्तो लाग्ने कुरालाई पनि सम्भव बनाउन सकिन्छ भन्ने दृष्टान्त पनि क्युबा हो। आर्थिक र भौतिक विकास मात्र पर्याप्त छैन, त्यो भन्दा अझ महत्वपूर्ण कुरा त मानिसलाई बदल्नु हो, बदलिएको मनुष्यले नै परिवर्तनलाई जोगाउन, परिवर्तन विरोधी शक्तिहरुलाई पराजीत गर्न र नया“को निर्माण गर्दै आफूलाई अगाडि बढाउन सक्छ भन्ने सन्देश पनि क्युबाले दिन्छ। क्यास्ट्रो आफूलाई नबदली संसार बदल्न सकिन्न भन्थे। उनको नेतृत्वमा क्युबाले का“चुली त्यसै फेरेको थिएन। के समयको महत्वपूर्ण कालखण्डमा बनेको नेपालको कम्युनिष्ट सरकारले यसबाट शिक्षा ग्रहण गर्न सक्ला ? के हामी भित्रबाटै बदलिएर नया युगको नेतृत्व गर्न सकौंला ? भर्खरै नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस मनाइएको सन्दर्भमा यी प्रश्नहरु अझ महत्वपूर्ण छन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top