Free songs
Home / विचार / अव्यवस्था, सास्ती र मस्ती

अव्यवस्था, सास्ती र मस्ती

नारायणप्रसाद पौडेल

अव्यवस्था

वि.सं. २०७५ चैत २५ गते, मणिग्राम रुपन्देही।

यातायात व्यवस्था कार्यालयमा कर बुझाउन गएका कुनै पनि करदाताले राम्रो सेवा पाइयो, सजिलै गरी कर बुझाइयो भनेको सुन्नै पाइएन। जो कर बुझाउन गयो, उसैले दुःख र सास्ती पायो, चैतको चर्को घाम खायो, यो र त्यो फा“टमा धायो, जति दिदा पनि रुष्ट र असन्तुष्ट हुने कर्मचारीका कर्कस बचन सुन्यो, फक्र्यो। जुनदिन गयो उसैदिन कर बुझाएर फर्कन सक्ने करदाता भाग्यमानी माने हुने रहेछ। ‘दिन आउ“दा त यस्तो आपत र सास्ती दिन्छन्, यता र उता दगुराउ“छन् भने सेवा लिन÷माग्न जा“दा के को सजिलै गरी दिउन् ? दिन्नन्। दाम बुझाउन आउ“दा पनि यति दुःख दिने शासनलाई कसरी सुशासन भन्ने÷मान्ने हो र खै ?’ अधिकांश करदाताको कहर हो यो। त्यही कहरलाई जस्ताकोतस्तै टपक्क टिपेर पस्किने काम मात्र गरिएको हो। आरोप लगाउने रहरले लेखिएको हैन।

प्रदेश सरकारले लखेटेर मणिग्राम पुगेको यातायात व्यवस्था कार्यालयको आफ्नो भवन छैन। जुन भवनमा बसेको छ, सम्बन्धित विद्यालयले आफै प्रयोग गर्न चाह्यो, खोज्यो भने फेरि कता पुग्नपर्ने हो ? ठेगान छैन। त्यसैले पनि व्यवस्थित छैन। यातायात व्यवस्था कार्यालय भन्नु भन्दा अव्यवस्था कार्यालय भने हुने अवस्था छ। जोसुकै गए पनि देख्न सकिन्छ। नत्र करदातास“ग कर लिनका लागि आधुनिक उपकरणको प्रयोग गरेर जो जति छिटो पुग्यो उतिछिटो कर तिरेर फर्कनसक्ने व्यवस्था गर्न सकिन्थ्यो होला। छेउ कुनामा छेकिने र ओतिने ठाउ“ नभएको, टन्टलापुर घाममा लाइन लगाएर सेकिनभन्दा नम्बर लिएर पालो कुरेर कर तिरेर फर्कने व्यवस्था मिलाइन्थ्यो होला। छैन, केही छैन। अगाडि, सडक किनारमा लहरै बनाइएका अस्थायी टहरामा बिमा कम्पनीका प्रतिनिधिहरु पनि अल्पकालीनरुपमा रकम असुल्नका लागि मात्र बसेका छन्। होटलहरु पनि अस्थायी छन्। कार्यालय समय सकिएपछि निर्जन हुन्छ त्यहा“।

सोही दिनको कुरा। कतिपय निजी वा सार्वजनिक सवारी साधन कुनै सज्जन व्यक्तिले एकहातले चलाउने, समयमा मोविल फेर्ने, इन्जन र साधनको राम्रो सरसफाइ गर्ने, साइलेन्सर पाइपबाट धुवा“ नआउने, नया“ भन्दा राम्रो अवस्थामा चिटिक्क पारेर राखे पनि पुरानो भनेपछि तोकिएको करमाथि सजाय थपेर दिनैपर्ने भएछ। बाग्मती अञ्चलका लागि मात्र लागु गरिएको ‘पुराना गाडी हटाउने’ कानुन पा“च नम्बर प्रदेशमा पनि प्रयोग गरिएछ। आफ्ना देशमा नबन्ने सवारी साधनहरु राम्ररी स्याहार सुसार गरेर, वातावरण नबिगार्ने र दुर्घटनामा पनि नपार्ने गरी राखेर, दीर्घजीवन दिएर सही तरिकाले चलाउनेलाई सजाय तिराउनेहरुले छिट्टै बिगारेर अर्को नया“ किनाउने र स्वदेशको पू“जी छिटछिटो विदेश पठाउन लगाउने काइदाले आफ्ना देशका जनतालाई भन्दा विदेशी कम्पनीलाई फाइदा पु¥याउन खोजेको देखियो। जसले थोत्य्राएका छन्, दमका रोगीजस्ता सवारी साधन चलाएका छन्, कालो मुस्लो धु“वा छाड्छन्, चढ्दासाथ लगाएका लुगा च्यातेर र छोइएका शरीरका भाग कोतरेर रक्ताम्य पार्छन्, गन्तव्यमा पु¥याउने भर छैन र दुर्घटनाको डर छ, थर्केर र उफारेर थला पार्छन्, त्यस्ता सवारी साधन हटाउनु र चलाएमा सजाय तिराउनुलाई कसैले पनि नाजायज भन्दैन। तर अचेलका नया“ मोडलका भन्दा राम्रो स्याहार सुसार गरेर राखेका पुराना गाडी र मोटरसाइकलहरु धेरै बलिया र भरपर्दा हुन्छन् भन्नेतिर प्रादेशिक सरकार र सांसदको ध्यान पटक्कै गएनछ। करमाथि रैकर थपेर लिन थालेछन्। भाइ मारेर पराइ पोस्ने कानुन बनाउनु भन्दा सवारी साधनको अवस्था जा“चेर सजाय तिराउने कानुन बनाउन पनि सकिन्थ्यो होला नि !

सास्ती र मस्ती

‘उपरोक्त सम्बन्धमा यस कार्यालयका अधिकांश कर्मचारी सरुवा भइ, समायोजन भइ अन्यत्र गइसक्नु भएको र कार्यालयमा कर्मचारी संख्या न्यून हुनुको साथै अनलाइन सेवा समेत सञ्चालनमा आएकोले सेवाग्राहीले पाउने सेवामा असहज स्थिति भएकोले कृपया धैर्यगरी सेवा लिन हार्दिक अनुरोध छ।

नोट ः कार्यालयमा सर्वर नचलेको अवस्थामा सेवा दिन नसकिने व्यहोरा समेत अनुरोध छ। यस समस्याबाट पर्न गएको दुःख (असहज) प्रति कार्यालय क्षमाप्रार्थी छ।’

जनतास“ग प्रत्यक्ष सरोकार राख्ने, धेरै जनताको सधै भीड लाग्ने कपिलवस्तु जिल्लाको एउटा कार्यालयमा टा“सिएको सूचना हो यो। कार्यालयको आन्तरिक अभिलेख प्रणाली अनलाइनमा जानु, सर्वर हुनु र नहुनुस“ग सर्वसाधारण जनताको साइनो हु“दैन। तर अनलाइन र सर्वरका नाममा सास्ती दिने चलन झन् धेरै बढेछ। भ्रष्टाचार र घुसखोरीले सीमा नाघेछ। अघोषितरुपमा लाइनवालामार्फत् तोकिएको र बोल कबोलभन्दा अलिकति बढी रकम कागजभित्र घुसारेर दिदा वित्तिकै सर्वर आउ“छ, पालो कुर्न पनि पर्दैन। नत्र जग्गा पास गर्न होस् वा कित्ता काट गर्न होस्, महिना दिन कुर्दा पनि मौका पाइन्न। नापी र मालपोत कार्यालय अगाडि गएर सेवा लिन आएका जुनसुकै जनतास“ग सोधपुछ गर्दासाथ थाहा हुन्छ, पाइन्छ, कसले कतिपटक धायो, हरेश खायो, गोप्यरुमा घुस बुझायो र काम बनायो। मालपोत र नापी कार्यालयको नाम यहा“ लेखिए पनि अधिकांश कार्यालयमा काम हुने, गरिने तौरतरिका त्यही हो, छ। सरुवा, बढुवा र समायोजनका समस्या देखायो, सेवाग्राहीलाई सतायो। बारम्बार हुने विद्युत कटौती पनि सेवा नगरेर उम्कने आधार बन्यो।

सर्वर भए विद्युत आपूर्ति नहोला, विद्युत भए सर्वरले काम नगर्ला। त्यसपछि त जति भन्यो उति अबैध दस्तुर झर्ने भयो, झार्न पाइयो। कतिपय प्राविधिक कमी कमजोरी पनि चोरी गर्ने चर भए कर्मचारीका लागि। जति दिए पनि पुग्दैन, हु“दैन। छिनछिनमा जाने विद्युतका बारेमा बुझ्दा त्यहा“का जिम्मेवार कर्मचारीले भने– लाइन दिदासाथ चोरी हुन्छ, हुकिङ गरेर बढी शक्तिवाला मेसिन र आधुनिक उपकरण चलाउ“छन्, ट्रान्सफर्मरले धान्दैन, जल्छ, अनि कसरी नियमित हुन सक्छ र ? सक्दैन। यस्तै रहेछ यो ठाउ“। कसैले टेर्दैन। गर्छु भन्यो भने पनि हु“दैन।

तीनवटै सरकार बनेको पहिलो वर्ष तौरतरिका सिक्दै, बुझ्दै र आवश्यक कानुन बनाउ“दैमा सकियो। दोस्रो वर्ष कर्मचारी समायोजन, मिलान, व्यवस्थापन, भर्ना र पदस्थापनमै जाने भो। काम त केही पनि नहुने निधो भयो। समायोजन र व्यवस्थापन तथा सरुवाका कारण अभाव भएको देखाएर कार्यालयमा रहेका थोरै कर्मचारीले
मज्जाले लुट्ने छुट पाएजस्तो छ। लुट्न नपाए कार्यालय बाहिर टा“सिएको सूचना देखाएर टाप कसे भयो। कार्यालय रित्तै राखे पनि कोही केही बोल्न नमिल्ने। अनौपचारिक गफ गर्दाखेरि सोही कार्यालयका कर्मचारीले ‘संघीयताको उपहार हो यो’ भनेर सुनाउ“छन्।

जता गयो उतै चोरी र चाकरी, घुसखोरी र मनपरीकै मस्ती। अति भयो जनतालाई दिइएको सास्ती। नियन्त्रण र व्यवस्थापन भएन। स्थानीय सरकारले प्रदेशलाई, प्रदेशले संघीय सरकारलाई आरोप लगाउ“छन् र उम्कन्छन् स–साना काममा पनि। प्रायः सबै सरकारले कर्मचारीलाई र कर्मचारीले जनप्रतिनिधिलाई सराप्छन्। उसले गर्दा भएन, हुन पाएन भनेरै उम्कन्छन्। जिम्मेवारी र जवाफदेहीपन पटक्कै भएन, सर्वसाधारण जनताले पाउने गरेको सास्ती पटक्कै गएन, घटेन, झन् बढ्यो। जति घुस दिए पनि सेवा लिने तरिका सहज र सरल भएन। गाउ“मै सिंहदरबार झारिदिएको भने पनि झन् धेरै पटक धाउनुप¥यो, दस्तुरमाथि दक्षिणा चढाउन पर्ने दिन आयो। सुशासनको सपना विपनामा परिणत हुनै पाएन। जिम्मा लिने र जवाफ दिने निकाय नै भेटिएन। सरकार, शासन र प्रशासनै नभएजस्तो भयो। यस्तो दिन आयो। व्यवस्थाका नाममा अव्यवस्था। बनाउन खोज्दा बिगार्ने काम मात्रै भए, सपार्ने, सुधार्ने काम भएन, भएको देखिएन, भेटिएन। उल्लेखित दुईवटा उदाहरण।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top