Free songs
Home / समाचार / संक्षिप्त समाचार / महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम

महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम

घोराही (युस)– दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ ।

कार्यक्रमको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आइतवार उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले महिलाहरुले सबै क्षेत्र र तहमा नेतृत्व गर्ने समय आइसकेको बताउनुभयो ।

उहाले महिलाहरु शैक्षिक, आर्थिकरुपमा सक्षम हुनुपर्ने भन्दै अझै पनि यदाकता महिला हिंसाका घटना नरोकिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रमको शुभारम्भको दिन नया“ वर्षको अवसरमा शुभकामना आदानप्रदान गरेको थियो । महिला जेसीजका अध्यक्ष रेखा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले शुभकामना दिदै दाङ महिला जेसीजलाई युवाहरुको नेतृत्व र क्षमता विकासमा सहयोगी बन्न आग्रह गरेका थिए । कार्यक्रम संयोजक सुनिता अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव अनिता ढकालले गर्नुभउको थियो ।

दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वैशाख ९ गते तुलसीपुर–१८ विजौरीका बालबालिकालाई सहयोग गर्ने, वैशाख १० गते भरतपुर खेल मैदानमा घैंटाफोर कार्यक्रम गर्ने, यस्तै वैशाख ११ गते नागरिक सुरक्षासम्बन्धी अन्तत्र्रिmया गर्ने, वैशाख १२ गते खुला साहित्यिक कार्यक्रम गर्ने, वैशाख १३ गते बलात्कारविरुद्धको सडक नाटक प्रस्तुत गर्ने र कार्यक्रमको अन्तम दिन वाह्रकुने दहमा समापन गर्ने कार्यक्रम रहेको छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top