Free songs
Home / समाचार / संक्षिप्त समाचार / क्रिकेटमा आर्मी र १ नम्बर सेमिफाइनलमा

क्रिकेटमा आर्मी र १ नम्बर सेमिफाइनलमा

युगबोध समाचारदाता

बाके । कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको पुरुष क्रिकेटमा नेपाल आर्मी र १ नम्बर प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइतवार बिहान भएको पहिलो खेलमा आर्मीले जीत निकालेको छ । आर्मीले प्रदेश ३ लाई ८ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ३ नम्बर प्रदेशले १५.१ ओभरमा सबै विकेट गुमाएर ४० रन बनाएको थियो । आर्मीले १०.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष पूरा गरेको थियो । अर्को खेलमा १ नम्बर प्रदेशले ६ नम्बर प्रदेशलाई ५० रनले पराजित गरेको छ । १ नम्बरले पहिले ब्याटिङ गर्दै १ सय २३ रन बनाएको थियो । १ सय २४ रनको लक्ष पछ्याएको ६ नम्बर ७३ रनमै समेटिएको थियो ।

कोहलपुरमा खेलाइएको समूह खबाट आर्मी र १ नम्बर तथा भैरहवामा खेलाइएको समूह कबाट एपिएफ र नेपाल प्रहरी सेमिफाइनलमा पुगेका छन् । पूर्व क्रिकेटर एलबी क्षेत्रीका अनुसार, १० गते एपीएफ र १ नम्बर प्रदेश तथा आर्मी र नेपाल प्रहरीका बीचमा सेमिफाइनलमा खेल हुनेछ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top