Free songs
Home / फिचर समाचार / आइटीएफ तेक्वान्दोमा आर्मीलाई सात स्वर्ण

आइटीएफ तेक्वान्दोमा आर्मीलाई सात स्वर्ण

बाके (युस)– आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्र्तगत आइटीएफ तेक्वान्दोमा सबैभन्दा धेरै स्वर्ण आर्मीले जितेको छ ।

नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा जारी प्रतियोगिताअन्तर्गत आइतबारसम्म भएका खेलमा आर्मीले सात स्वर्णका साथ अग्रता कायम गरेको हो । एपिएफले चार र प्रदेश ३ ले तीन स्वर्ण प्राप्त गरेको छ ।

आइतवार भएको खेलमा ५१ देखि ५५ किलो तौल समूहमा प्रदेश ३ का अनिल तामाङ विजयी भएका छन् । महिलातर्फ ४० देखि ४५ किलो तौल समूहमा प्रदेश ३ कि सोनी खड्का र ४५ देखि ५० किलो तौलमा प्रदेश ४ की सुस्मिता थापा मगरले स्वर्ण प्राप्त गरेका छन् । कालोपेटी दोस्रो डानमा नेपाल आर्मीकी निस्मा वस्याल र ग्रुप प्याट्रन विधामा नेपाल आर्मीले स्वर्ण हात पारेको छ ।

सुटिङमा फूलमाया अगाडि

जारी आठौं राष्ट्रिय खेलकूदअन्तर्गत सुटिङ प्रतियोगिता आइतबार पनि जारी रह्यो । प्रतियोगिताअन्तर्गत एयर राइफल र एयर पिस्तोलतर्फ २६ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको आइतवार भएको दोस्रो दिनको खेलमा एयर राइफल महिलातर्फ नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले सबै भन्दा बढी अंक प्राप्त गरेकी छन् । छ सय पूर्णाङ्कको प्रतियोगितामा फूलमायाले ५६५ अंक प्राप्त गरेको प्रतियोगिताका मुख्य निर्णायक प्रदीप खातीले जानकारी दिए ।

नेपाली सेनाकी मिरा बन्जाराले ५५२, प्रदेश २ की निशा लामाले ५१४, प्रदेश ५ की सपना नेपालीले ५१४, प्रदेश नं. १ की तुलादेवी खड्काले ४७७, सुदूरपश्चिम प्रदेशकी निर्मलाकुमारी साउदले ४६१, सुदूरपश्चिम प्रदेशकै सपना बोहराले ४६२ र गण्डकी प्रदेशकी करिश्मा बस्नेतले ४५२ अंक प्राप्त गरेको मुख्य प्रतिक्षक खातीले बताए ।
आइतवार भएको खेलमा एयर पिस्तोल महिलातर्फ सबैभन्दा बढी नेपाली सेनाकी सरिता बस्नेतले ५१६ अंक प्राप्त गरेकी छन् । प्रतियोगितामा नेपाल प्रहरीकी दुर्गा सिन्जालीले ५०७, प्रदेश ३ की रुविना श्रेष्ठले ५०१, प्रदेश ५ की पुष्पा रोकाले ४७१, प्रदेश नं. २ की उषा पोख्रेलले ४४५, प्रदेश नं. १ की संगीता राईले ३ सय ६ अंक प्राप्त गरेकी छन् ।

आइतवार भएको छ सय पूर्णाङ्कको एयर राईफल पुरुषतर्फ सबैभन्दा बढी अंक गण्डकी प्रदेशका मिलङ्ग गुरुङले प्राप्त गर्न सफल भएका छन् । गुरुङले ५४९ अंक प्राप्त गरेका थिए । प्रतियोगितामा प्रदेश ५ का अर्नभ घिमिरेले ५३८, प्रदेश ३ का कृष्ण घोरासैनीले ५२२ अंक प्राप्त गरेको प्रतियोगिताका मुख्य निर्णायक खातीले जानकारी दिएका छन् । खेलमा प्रदेश नं. १ का युवराज श्रेष्ठले ५१८, नेपाल प्रहरीका रामशरण बैजुले ५०३, प्रदेश २ का सन्तोष शर्माले ४९२, सुदूरपश्चिमका खेलाडीद्वय सुनिल चन्द र आमेस डगौराले क्रमशः ४५४, ४८५ अंक प्राप्त गरेका छन् । छ सय पूर्णाङ्ककै एयर पिस्तोल पुरुषतर्फ नेपाली सेनाका विष्णु डिस्वा मगरले सर्वाधिक ५२९ अंक प्राप्त गरेका छन् । प्रतियोगितामा प्रदेश ५ का केशव चौधरीले ४८४, सुदूरपश्चिमका रुविन थापाले ४२५ र सुदूरपश्चिमकै रण सिंह बुढाले ३६४ अंक हात पारेका छन् ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top