Free songs
Home / समाचार / प्रमुख समाचार / दमकलबिहीन दाङका सात स्थानीय सरकार

दमकलबिहीन दाङका सात स्थानीय सरकार

निमुसंगम घर्ती

घोराही। दाङका सातवटा स्थानीय सरकार दमकलबिहीन अवस्थामा छन्। दुई उपमहानगरपालिका र एक नगरपालिकामा दमकल भए पनि अन्य सात गाउ“पालिकामा भने दमकल छैनन्। घोराहीमा दुई, लमहीमा दुई र तुलसीपुरमा एउटा दमकल रहेको छ।

जिल्ला आपतकालीन कार्य सञ्चालन के न्द्र दाङको तथ्यांक अनुसार जिल्लामा बाह्रै महिना आगलागीको उच्च जोखिम देखिएको छ। आगलागीका घटना भए त्यसलाई निभाउन पर्याप्त स्रोत साधन नहुदा धनजनको क्षति धेरै हुने गरेको छ। तर पनि स्थानीय सरकारले दमकललाई प्राथमिकतामा राखेका छैनन्। बितेको वर्षमा मात्रै घर गोठ गरी एक सय पाचवटा जलेर नष्ट भएका छन् भने गतवर्ष र यस वर्ष गरी सातजनाको आगोमै परी जलेर मृत्युभएको छ। तर आगलागीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि स्थानीय सरकारले महंगो हुने र व्यवस्थापन गर्न अप्ठेरो रहेको भन्दै दमकल किन्ने सोचमा देखिएका छैनन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले पनि प्रत्येक स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। तर स्थानीय सरकारका प्रमुखहरुले खर्चिलो र व्यवस्थापन गर्न गाह्रो हुने भन्दै खरिदको सोचमा नरहेको प्रतिक्रिया दिएका छन्। आगलागीको उच्च जोखिम बढी देउखुरी क्षेत्रमा रहेको छ।

राजपुर गाउ“पालिकाका अध्यक्ष लोकराज केसीले दमकल किन्ने सोच नभएको तर लमही नगरपालिकास“ग समन्वय गरेर आवश्यक परे सहकार्य गरेर सञ्चालन गर्ने योजना सुनाउनुभयो। ‘दमकल किन्ने हो खर्चिलो धेरै छ’– उहा“ले भन्नुभयो– ‘त्यसको व्यवस्थापन गर्न सरकारले नसक्ने देखिएकाले अन्य सरकारस“ग समन्वय गरेर सञ्चालन गर्न सकिन्छ कि भन्ने सोचेको छु।’ खर्चिलो धेरै भएकाले धान्न नसक्ने देखिएपछि लमही नगरपालिकास“ग आवश्यक समन्वय गर्ने सोच रहेको उहा“ले प्रतिक्रिया दिनुभयो।

त्यसैगरी राप्ती गाउपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले पनि आवश्यकता भएको तर बजेट नभएको बताउनुहुन्छ। ‘दमकल किन्ने सोचनीय विषय हो’– उहाले भन्नुभयो– ‘तर बजेट छैन। लमही नगरसग समन्वय गरेर आवश्यक परे काम चलाउने सोचमा छौं।’ उता पश्चिम बबई, दंगीशरण र शान्तिनगर गाउ“पालिकाले पनि मिलेर दमकल किन्ने सोचमा रहेको बताउछन्। ‘एउटै पालिकाले किन्न सक्ने र व्यवस्थापन गर्न सक्ने अवस्था छैन’– बबई गाउ“पालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले भन्नुभयो’– तीनवटा सरकारले मिलेर चलाउने हो कि भन्नेसम्मको छलफल भएको छ।’

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अधिकृत खिलानाथ दाहालले दाङ आगलागीको  उच्च जो खिममा र हे को  बताउनुहुन्छ। सबै स्थानमा दमकलको पहु“च नहु“दा ढिलो भएर पनि बढी क्षति हुने गरेको उहा“को भनाइ छ। आगलागीबाट यो वर्ष १५ करोड बराबरको क्षति भइसकेको छ। यस्तै, गतवर्ष पनि सात करोड ४३ लाख बराबरको क्षति भएको थियो। आर्थिक वर्ष २०६९÷७० मा एक सय चार, २०७०÷७१ मा एक सय ३७, २०७१÷७२ मा एक सय ८० आगलागीका कारण क्षति भएका थिए। यस्तै, आर्थिक वर्ष २०७२÷७३ मा एक सय १८ र २०७३÷७४ मा ८५ घरमा आगलागी भएको थियो। दाङका २५ भन्दा बढी वडा आगलागीको  उच्च जो खिममा छन्। बंगलाचुली, शान्तिनगर, दंगीशरण, राप्ती, गढवा, बबई, राजपुरलगायत स्थानीय तह आगलागीको उच्च जोखिममा रहेको केन्द्रले जनाएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top