Free songs
Home / समाचार / संक्षिप्त समाचार / घोराही–१७ को सार्वजनिक सुनुुवाइ

घोराही–१७ को सार्वजनिक सुनुुवाइ

युुगबोध समाचारदाता

घोराही। घोराही उपमहानगरपालिका वडा नंं. १७ को अर्धवार्षिक सार्वजनिक सुनुुवाइ शुक्रवार सम्पन्न भएको छ। कार्यक्रम घोराही उपहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष खुुशीराम चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख उपमेयर सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले उपमहानगरपालिकाले नगरको विकास र समृद्धिको लागि प्राथमिक योजना छनोट र कार्यान्वयनमा तीब्रता दिदै आइरहेको बताउनुुभयो। सडक, विद्युत, खानेपानी, सिचाई, शिक्षा, स्वास्थ्यलगायतका विकास निर्माणका कामलाई नागरिकको प्रत्यक्ष सहभागिताका माध्यमबाट योजना छनोट गरी कार्यान्वयन गरिरहेको बताउनुुभयो। उहा“ले भन्नुुभयो– ‘काम गर्ने क्रममा कुनै वस्ती वा गाउ“मा छुुटपुुट हुनसक्छ। त्यहा“ वडा कार्यालय पुुग्नेछ आगामी वर्षका लागि।’

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले संघीय संरचनाको निर्माण स“गै घोराही उपमहानगरपालिका स्थानीय तहको एक सरकारका रुपमा स्थापित भएकाले यसले आफ्नै किसिमले नीति योजना निर्माण गर्ने भएकाले स्थानीय तहको नीति योजना निर्माणमा स्थानीयको प्रत्यक्ष सहभागिता रह“दै आइरहेको बताउनुुभयो।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठले सडक विस्तार, पूूर्वाधार निर्माणका लागि घोराही उपमहानगरपालिकाको आवश्यक मापदण्डअनुुरुप काम गर्न आग्रह गर्नुुभयो। कार्यक्रममा घोराही उपमहानगरपालिका भौतिक पूर्वाधार शाखाका प्रमुख युुवराम गौतम, घोराही उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष राममणि पाण्डे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निर्मल आचार्य, स्थानीय रमेशकुमार ओली, जग्गुुलाल चौधरीलगायतले बोल्नुुभएको थियो। कार्यक्रमको सहजीकरण पाण्डव शर्माले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top