Free songs
Home / फिचर समाचार / सेनाले बचाए सुत्केरी

सेनाले बचाए सुत्केरी

 सागर रिजाल

प्युठान । इन्द्रध्वज गण खलंगा प्युठानमा कार्यरत दुईजना नेपाली सैनिकले रक्तदान गरी सुत्केरी महिलाको ज्यान बचाएका छन्। प्युठान अस्पताल विजुवारमा उपचारत गौमुखी गाउ“पालिका– ६ लिवाङ निवासी देवराज थापाकी श्रीमती २२ वर्षीया तुलसी थापाको ज्यान बचाएका हुन्।

बिरामी थापाको स्वास्थ्य अवस्था नाजुक देखिएपछि डाक्टरले आफन्तलाई जानकारी गराएका थिए। उनीहरूले बिरामीको शरीरमा दिनुपर्ने (पर्याप्त) एबी पोजेटिभ रगत उपलब्ध गराउन नसकी डाक्टर सत्य बैद्यले नेपाली सेनालाई खबर गरेको बताउनुभयो। इन्द्रध्वज गणका सहायक गणपति मेजर बासुशरण खड्काले गणमा कार्यरत नरेश थारू र पुनम गाहमगरलाई रक्तदानको लागि जिल्ला अस्पताल पठाएका े बताउनुभयो।

‘बिजुवारस्थित गुल्ममा पनि खोज्न लगाएको थिए“ त्यहा“ कसैको मिलेन’– उहा“ले भन्नुभयो– ‘खबर पाए लगत्तै दुईजना खलंगाबाटै पठाएर रक्तदान गरी सुत्केरीको ज्यान बचाउन सफल भइयो।’ बिहीवार
जिल्ला अस्पताल ल्याइएकी ती बिरामीलाई सुजाता थापा क्षेत्री र एक जना सशस्त्र प्रहरीले रक्तदान गरेका थिए।

यता जिल्ला अस्पतालका डाक्टर सत्य बैद्यले भन्नुभयो–‘समयमै रक्तदान दिने व्यक्ति नभेटिएको भए हामीले बिरामीको ज्यान बचाउ सक्ने थिएनौं।’ शल्यक्रियापछि बिरामीस“गै शिशुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उहाले बताउनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top