Free songs
Home / फिचर समाचार / ‘शिक्षक समाज रुपान्तरणका संवाहक’

‘शिक्षक समाज रुपान्तरणका संवाहक’

 गिरिराज नेपाली

घोराही । प्रदेशसभा सदस्य अमरबहादुर डा“गीले शिक्षक समाज रुपान्तरणको संवाहक रहेको बताउनुुभएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले आयोजना गरेको ४० औं शिक्षक दिवस तथा नया“ वर्ष २०७६ को शुुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा प्रमुख अतिथि डा“गीले यस्तो बताउनुुभएको हो।

संगठनका जिल्ला अध्यक्ष दामोदर बस्नेतको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यको विशिष्टि आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि डा“गीले आफू जलेर अरुलाई शिक्षाको उज्यालो छर्ने दियो शिक्षक रहेकाले समाज रुपान्तरण र विकासमा शिक्षकको ठूलो योगदान रहेको बताउनुुभयो । जसको योगदान समाजमा अझै आवश्यक रहेको बताउनुुभयो। अझै पनि वर्ग समुदाय शिक्षादेखि टाढा रहेकाले त्यस्ता समुदायले शिक्षकलाई अझै पर्खिरहेको उहा“को भनाइ थियो।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यले शिक्षास“गै संगठनले मुलुक परिवर्तनका लागि ठूलो योगदान पुु¥याएको बताउनुुभयो। शिक्षास“गै उत्पीडन, वर्ग, समुदायको मुद्दा उठानमा सघाउ पुु¥याएको बताउनुुभयो। उहा“ले सामुदायिक विद्यालयको शैक्षिकस्तरको विकास र विस्तारका लागि संगठन जिम्मेवार भई अघि बढ्नुुपर्ने बताउनुुभयो। उहा“ले भन्नुुभयो– ‘राज्यको लगानी अनुुरुप सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर र उपलब्धि हासिल हुन सकेको छैन।’

कार्यक्रममा बबई गाउ“पालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि संगठन जिम्मेवार बन्नुपर्ने बताउनुुभयो। सामुदायिक विद्यालयको विकासका लागि तीन तहकै सरकारले आ–आफ्नो नीति कार्यक्रममार्फत लगानी गरिरहे पनि शैक्षिक सिकाइ र उपलब्धि लगानी अनुुसार नभेटिएको टिप्पणी गर्नुुभयो।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश नंं. ५ का सचिव भागवत पौडेल, शिक्षक महासंघका केन्द्रीय सदस्य उद्धव न्यौपाने, पेशागत महासंघ दाङका अध्यक्ष अरुणकुमार शर्मा, शिक्षक महासंघ दाङका सहअध्यक्ष रामप्रसाद जैसी, निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष खिमबहादुर डा“गी, प्रलेस प्रदेश नं. ५ का संयोजक केशव थापा, संगठनका पूर्वअध्यक्ष हरिप्रसाद गौतम, सेवानिवृत्त शिक्षक पद्मप्रसाद शर्मा, एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष हुकुम बुढाथोकी, संगठनका पूर्वकेन्द्रीय सदस्य भोजराज भण्डारी, नेकपाका नेता तथा पूर्वशिक्षक शोभाराम बस्नेत, शिक्षक संघ दाङकी उपाध्यक्ष अनन्ता केसी, पत्रकार कमल ओली, रामबहादुर ओलीलगायतले बोल्नुुभएको थियो। संगठनकी जिल्ला उपाध्यक्ष श्यामा रावतको स्वागत
मन्तव्यबाट शुुरु भएको कार्यक्रमको सहजीकरण सचिव मीनराज शर्माले गर्नुुभएको थियो।

सेवानिवृत्त शिक्षकलाई सम्मान

नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले ४० औं शिक्षक दिवस तथा नया“ वर्ष २०७६ को शुुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। जसमा सेवा निवृत्त शिक्षक शशिधर ज्ञवाली, सूर्यप्रसाद पौडेल, रामबहादुर ओली, लुमाकान्त न्यौपाने, तुलसीराम अधिकारी, शोभाराम बस्नेत, डम्बर ओली र भक्तिराम ज्ञवालीलाई सम्मान गरिएको थियो। त्यस्तै शैक्षिक विकासमा अतुलनीय योगदान पुु¥याएका स्व. शिक्षकहरुलाई पनि मरणोपरान्त सम्मान गरेको छ। जसमा स्व. शिक्षकहरु छत्रमणि भट्टराई, फर्साराम देवकोटा, दिलुुबाबुु रेग्मी, दामोदर रेग्मी, विष्णु वैद्य र डिल्ली बहादुररावत रहनुुभएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top