Free songs
Home / समाचार / प्रमुख समाचार / महालेखा प्रतिवेदन : हरेक नेपालीको थाप्लोमा ३२ हजार ऋणको भार

महालेखा प्रतिवेदन : हरेक नेपालीको थाप्लोमा ३२ हजार ऋणको भार

युगबोध समाचारदाता

काठमाडौं  । प्रत्येक नेपालीको थाप्लोमा प्रतिव्यक्ति ३१ हजार सात सय ५० रुपैया ऋण पुगेको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको नया“ प्रतिवेदनमा दुई करोड ८८ हजार २९ रुपैया नेपालीको टाउकोमा सो ऋणभार देखिएको हो ।

सरकारले लिएको आन्तरिक र वाह्य गरी कुल नौ खर्ब १५ अर्ब ३१ करोड ऋणमध्ये हरेक नेपालीलाई यति भार परेको हो । सो ऋणमध्ये पाच खर्ब २४ अर्ब १५ करोड वैदेशिक ऋण हो भने तीन खर्ब ९१ अर्ब १६ करोड आन्तरिक ऋण भएको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिनुभयो ।

गत वर्षकोभन्दा प्रतिव्यक्ति ऋण दायित्व सात हजार ४३ रुपैया“ले बढ्न गएको हो । गत आर्थिक बर्षमा आठ खर्ब ३० अर्ब ९८ करोड ऋण थियो । सरकारले चार खर्ब ३६ अर्ब ४८ करोड वैदेशिक ऋण लिएको थियो भने आन्तरिक ऋणबाट तीन खर्ब ९४ अर्ब ४९ करोड आन्तरिक ऋण उठाएको छ ।

 

सरकारले चालु आवको लागि तीन खर्ब ११ अर्ब ८४ करोड वैदेशिक ऋण लिने योजना बनाएको छ । सो ऋणमध्ये दुई खर्ब ५३ अर्ब दुई करोड ऋणभार हो भने ५८ अर्ब ८१ करोड अनुदान सहयोग हो । कुल बजेट १३ खर्ब १५ अर्बमा अंश २४ प्रतिशत रहेको छ ।

चुलिंदै बेरुजु
गत आर्थिक वर्षमा एक खर्ब ४१ अर्ब पा“च करोड रुपैया“ बेरुजु रहेको देखिएको छ । शुक्रवार राष्ट्रपतिसमक्ष बुझाएको महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा छ हजार छ सय ४४ निकायको ५१ खर्ब ६० अर्ब ९२ करोडको लेखापरीक्षणमा झण्डै डेढ खर्ब रुपैया“ बेरुजु देखिएको छ ।

महालेखा परीक्षकले संघीय सरकारी कार्यालयमा एक खर्ब छ अर्ब रुपैया“ बेरुजु देखाएको छ । त्यस्तै गरी प्रदेश सरकारी कार्यालयमा १९ करोड रुपैया“ र स्थानीय तहमा २४ अर्ब १४ करोडको बेरुजु देखिएको छ । विभिन्न संघसंस्था तथा जिल्ला समन्वय समितिमा १० अर्ब ३८ करोडको बेरुजु देखिएको छ ।

अघिल्लो आर्थिक वर्षसम्ममा दुई खर्ब ९० अर्ब रुपैया“ बेरुजु रहेकोमा एक वर्षको अवधिमा ५४ अर्ब ६४ करोड रुपैया“ मात्रै फछ्र्याैट भएको छ । हालसम्म तीन खर्ब ७७ अर्ब ४७ करोड रुपैया“ बराबर बेरुजु पुगेको छ ।

आर्थिक वर्ष २०७४÷७५ को बेरुजु रकम एक खर्ब ४१ अर्ब रुपैया“ रहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपु¥याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरीकाले आर्थिक कारोवार गरेको वर्षभरीको व्यहोरा करीब डेढ
खर्ब नजिक पुगेको जानकारी दिएको हो ।

आर्थिक कार्यविधि ऐन, २०५५ को दफा २ (द) मा प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपु¥याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरीकाले आर्थिक कारोवार गरेको व्यहोरालाई बेरुजूको रुपमा परिभाषित गरिएको छ । बेरुजु रकम कुल लेखा परीक्षण गरिएको रकमको २.७ प्रतिशत हो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top