Free songs
Home / समाचार / संक्षिप्त समाचार / बिरुवा रोपेर नयाँ वर्षलाई स्वागत

बिरुवा रोपेर नयाँ वर्षलाई स्वागत

दशरथ घिमिरे

देउखुरी । नया वर्षको स्वागतमा फजुल खर्च गर्ने क्रम बढ्को छ। तर दाङमा भने नया“ वर्षको स्वागतमा बृक्षारोपण गरिएको छ।

इलाका प्रहरी कार्यालय गढवाले नागरिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शीतल चिनीको बिरुवा रोपेको हो। ‘नया वर्षमा मासु बाड्लान, मिठाई बा“ड्लान। तर हामीले नया वर्षमा बिरुवा बाड्यौं’– इलाका प्रहरी कार्यालय गढवाका प्रमुख गिरिराज भण्डारीले भन्नुभयो– ‘शीतल चिनीको बिरुवा बहुउपयोगी छ। यसले पर्यावरण स्वच्छ मात्रै होइन मानव स्वास्थ्यमा फाइदा पुग्छ।’

प्रहरी प्रमुखले पम्प्लेट तयार पारेर शीतल चिनी बिरुवाको गुणको बारेमा प्रकाश पार्नुभएको छ। प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा शीतल चिनीका एकसय बिरुवा रोपिएको हो। प्रमुख अतिथि सांसद शर्माले नागरिक प्रहरी साझेदारीबाट समाज रुपान्तरण गर्न सकिने बताउनुभयो। ‘समाजमा विभिन्न नाममा कुसंस्कार, कुरीति छ। यसको अन्त्यको लागि नागरिक प्रहरी साझेदारी हुन जरुरी छ’– शर्माले भन्नुभयो– ‘प्रहरी स“गस“गै समुदायमा पनि जागरुकता आउनुपर्छ।’

सवडिभिजन वन कार्यालय गढवाका प्रमुख शिवकुमार महतोले प्रकृति आफैमा डाक्टर रहेको चर्चा गर्नुभयो। ‘अस्पतालको डाक्टरलाई भगवानसरह मान्छौं। अस्पतालको डाक्टर भन्दा ठूलो डाक्टर प्रकृति हो’– उहा“ले भन्नुभयो– ‘पर्यावरणस“गै वन संरक्षण गर्न साझेदारी गरेर अघि बढ्नुपर्छ।’

कार्यक्रममा गढवा गाउ“पालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउपालिकाका अध्यक्ष लोकराज केसी, नेपाली कांग्रेस महासमिति सदस्य जानकीलाल बस्नेत, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५ का अध्यक्ष केपी घिमिरे, गढवा वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्त, गढवा–६ का अध्यक्ष बालचन्द्र हमाल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लीला शाहलगायतका वक्ताहरुले मन्तब्य व्यक्त गर्नुभएको थियो।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख गिरिराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी सहायक निरीक्षक ठाकुर ओलीले स्वागत मन्तब्य व्यक्त गर्नुभयो। कार्यक्रमको सहजीकरण प्रवल रसाइलीले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top