Free songs
Home / समाचार / संक्षिप्त समाचार / न्यायिक सुुशासनमा जोड

न्यायिक सुुशासनमा जोड

तुुलसीपुर (युस)– न्याय परिषदका सदस्य पदमप्रसाद वैदिकले न्यायिक सुुशासन कायम राख्न सकेमा मात्रै उपभोक्तालाई सन्तुुष्टि दिलाउन सकिने बताउनुुभएको छ। उच्च अदालत तुलसीपुरले शुक्रवार आयोजना गरेको नया“ वर्ष २०७६ को शुुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि वैदिकले यस्तो बताउनुुभएको हो।

उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नहकुल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उहा“ले न्यायिक स्वतन्त्रता, स्वायत्तता र न्यायप्रतिको जनआस्थाको अभिबृद्धिको विकास गर्न सकेमा मात्रै न्यायमा विश्वास दिलाउन सकिने बताउनुुभयो। कार्यक्रमका अध्यक्ष उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नहकुल सुवेदीले २०७५ वर्षभरि अदालतले सम्पादन गरेका काम कारवाहीको समीक्षा गर्दै नया“ वर्ष २०७६ देखि न्याय सम्पादनको प्रक्रियालाई अझै प्रभावकारी र गुुणस्तरीय बनाउदै लैजाने बताउनुुभयो।

कार्यक्रममा उच्च अदालत तुलसीपुरका न्यायाधीशहरु, उच्च अदालत बार इकाई तुलसीपुरका अध्यक्ष विजय पौडेललगायतले भनाइ राख्नुुभएको उच्च
अदालत तुलसीपुरका नायव सुुब्बा गोकर्ण ओलीले जानकारी दिनुुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top