Free songs
Home / फिचर समाचार / नयाँ वर्षलाई उद्यमशील  वर्ष बनाउन जोड

नयाँ वर्षलाई उद्यमशील  वर्ष बनाउन जोड

 ओपेन्द्र बस्नेत

तुलसीपुर । तुलसीपुर क्षेत्रका व्यवसायीले नया वर्षलाई लगानी र उद्यमशील  वर्ष बनाउनुपर्ने बताएका छन्। तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायीहरुले उद्यमशीलताको विकास नगरी कुनै पनि शहर गतिशील हुन नसक्ने बताए। तुलसीपुर उपमहागनरपालिकाका प्रमुख घनश्याम पाण्डेले लगानीको क्षेत्रलाई बढाउनुपर्ने बताउनुभयो।

आपूmले पनि उद्योग धन्दामा लगानी नलगाउने र अरुलाई पनि लगाउन नदिने प्रवृत्ति नै समृद्धिको बाधक भएको भन्दै उहा“ले गैरकानुनीरुपमा लगानी लगाउने कार्य जोखिम र चुनौतीपूर्ण रहेको बताउनुभयो। नगर प्रमुख पाण्डेले मिटर व्याजमा पैस लगाउनेको छानबिन सुरु गरिएको भन्दै दोषी पाइए जोकोहीलाई पनि कारवाही गर्ने चेतावनी दिनुभयो।

‘घरमा बसेर तमसुक लेख्ने र चर्को व्याज लिएर कागज गर्ने प्रचलन व्याप्त छ। यसरी कमाएको धनलाई कालो धन भनिन्छ’– नगर प्रमुख पाण्डेले भन्नुभयो– अब वडामा गएर कागज गर्नुपर्छ। नत्र घरमा राखिएको तमसुक र कागजमा कुनै फरक हु“दैन।’

उहा“ले उद्यममा लगानी लगाउन छोडेर चर्को मिटर व्याजमा लगाउने मान्छे अब कानुनभन्दा टाढा रहन नसक्ने भएकाले यसतर्फ सचेत हुन व्यवसायीलाई आग्रह गर्नुभयो । चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका नेता रामजी चौधरी, नेपाली कांगे्रसका नेता नारायण आचार्य, प्रजातान्त्रिक उद्योग वाणिज्य संघका अध्यक्ष जनक खराल, राप्ती बबई बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष मीनराज ओली, चेम्बर अफ कमर्सका सल्लाहकार नेत्र ओली, तुलसीपुर उपमहानगरपालिकाका संयोजक वसन्त आचार्यलगायतले बोल्नुभएको थियो।

कार्यक्रमको सञ्चालन चेम्बरका सदस्य ऋषिराज भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा चेम्बर अफ कमर्सले प्रकाशित गरेको क्यालेण्डरको प्रमुख अतिथि पाण्डेले विमोचन गर्नुभएको थियो भने विभिन्न सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top