Free songs
Home / समाचार / संक्षिप्त समाचार / नमूना बन्दै शिवजन मावि

नमूना बन्दै शिवजन मावि

 राजेश शर्मा

सल्यान। शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले जिल्लाको शैक्षिक हवको रुपमा विकास हु“दै गएको शारदा नगरपालिका–१ शीतलपाटीमा रहेको शिवजन मावि जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा चिनाउन सफल भएकोमा गौरव गर्दै उत्कृष्ट शिक्षा प्रदान गर्न विद्यालय प्रशासन र ब्यवस्थापनलाई आग्रह गर्नुभएको छ।

विद्यालयले बुधवार आयोजना गरेको नया“ वर्ष २०७६ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत आफ्नोे चासो रहेको बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेश बिकको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ हिरालाल नेपालीले विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि नगरपालिकाबाट भएको सहयोगप्रति धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो। कार्यक्रममा नेकपाका प्रतिनिधि रमेशकुमार गौतम, नेपाली कांग्रेस सल्यानका सचिव प्रकाश भण्डारी, वडा नं. १ का अध्यक्ष नवराज बुढाथोकी, शारदा नगरपालिका शिक्षा प्रमुख वीरबहादुर सेजवाल, दलित विकास समाज सल्यानका अध्यक्ष नीमबहादुर नेपाली, अनेरास्ववियुका राजेन्द्र भण्डारी, शिक्षक महासंघका मधुसूदन गिरी, अभिभावक नवीन सिंह भडेल, शिक्षक तुफान सिंह बुढाथोकीलगायतले मन्तब्य राख्नुभएको थियो।

स्थापनाको ६० वर्षे इतिहासमा विद्यालयले करीब २२ सय विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयले १०+२ तर्फ ब्यवस्थापन, मानविक, शिक्षा, विज्ञान संकाय, सिटिइभिटीबाट तीनवर्षे आई एसइएजी, १८ महिने कृषि जेटिए, १८ महिने भेटेरेनरी जेटिएसमेत अध्यापन गराइरहेको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top