Free songs
Home / फिचर समाचार / तीन मजदूरको रहस्यमय मृत्यु

तीन मजदूरको रहस्यमय मृत्यु

 

ओपेन्द्र बस्नेत

तुलसीपुर  । दाङका तीन व्यक्तिको भारतमा मृत्यु भएको छ । काम गर्न लगिएका उनीहरुको रहस्यमय मृत्यु भएपछि घटनाको अनुसन्धान गर्न प्रहरी अधिकारीसहितको एक टोली भारत जाने भएको छ ।

 

भारतमा दाङ शान्तिनगर गाउपालिका–२ का २४ वर्षीय पूर्णबहादुर ओली, २३ वर्षीय नोखिराम भण्डारी र २१ वर्षीय प्रकाश ओलीको निधन भएको हो । आफन्तले छानबिन गर्न माग गरेपछि घटनाको सम्बन्धमा सत्यतथ्य बुझ्न प्रहरी अधिकारीसहित एक टोली भारत जाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । उहा“का अनुसार इलाका प्रहरी कार्यालय खिलतपुर तथा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी अधिकृतसहित, स्थानीय जनप्रतिनिधि र पीडित पक्षको एक टोली भारत जाने तयारी गरिएको छ ।

 

चैत ६ गते काम गर्ने क्रममा पूर्णबहादुर ओली बेपत्ता भएपछि सोही ठाउ“का २३ वर्षीय नोखिराम भण्डारी र २१ वर्षीय प्रकाश ओली खोजीका लागि जानुभएको थियो । साथीको खोजीमा गएका दुबै जनाको नै चैत १० गते भारतको कुल्लुमनालीको भीरमुनि शव भेटिएपछि घटना थप रहस्यमय बनेको हो । दुबैजनाको शव नेपाल ल्याएर चैत १२ गते नै प्रहरीको जिम्मा लगाएको थियो ।

 

त्यस्तै चैत ६ गते बेपत्ता भएका पूर्णबहादुर ओलीको शव चैत २५ गते कुल्लुमनालीको पतलीकुहलको जंगलमा फेला परेको थियो । ओलीको शव नेपाल ल्याएर चैत २८ गते बुझाउन खोज्दा परिवारले नमानेपछि घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गत मंसिर १४ गते शान्तिनगर– २ अमुवाका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश ओली, २४ वर्षीय पूर्णबहादुर ओली, २२ वर्षीय इन्द्रबहादुर बिक, छायाक्षेत्र गाउ“पालिका– ३ का २९ वर्षीय सेवक थापा र उहा“की श्रीमती २२ वर्षीया अमृता थापासमेत छ जनालाई शान्तिनगर–२ बस्ने ४६ वर्षीया जाइफली मिया“ (मेट) ले कामदारको रुपमा भारत लैजानुभएको थियो । मिया“ले ओलीको शव ल्याएर परिवारलाई बुझाउन खोज्दा विवाद भएपछि घटना सार्वजनिक भएको हो । ओलीको शव प्रदेश अस्पताल तुलसीपुरमा राखिएको छ भने मेट मियालाई सुरक्षाको लागि भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

त्यस्तै गुल्मीको इस्मा गाउ“पालिका–२ साविक हस्तीचौरको झिरनेटाका ३० वर्षीय सजन नेपालीको चैत २२ गते चिराग दिल्लीमा घरको तेस्रो तलाबाट खसेर मृत्यु भएको छ । बाबु श्यामलाल नेपालीका अनुसार त्यस घरमा चारजना नेपालीहरुले काम गर्थे । ती साथीहरुले आफै छतबाट हाम्फालेको हो भने पनि परिवारजनले पत्याउन सकेका छैनन् । नेपाली भुईमा खसेको १५ मिनेटपछि मात्र माथि घरमा रहेका ती साथीहरुलाई अरुले जानकारी दिएका थिए । सजनका बुवाले भन्नुभयो– ‘त्यहा“ गएर न्याय खोज्ने मेरो कुनै उपाय छैन तर कसैले कुटेर फालेको आशंका छ, खै कसरी खोजतलास गर्ने हो ?’

भारतमा जाने नेपालीहरु असुरक्षित हुु“दै गएका छन् । केही वर्षअघि उत्तराखण्डमा ठूलो संख्यामा नेपालीको प्राकृतिक प्रकोपमा ज्यान गएपछि सरकारले सीमावर्ती जिल्लाका प्रशासनमा नाम दर्ता गराएर मात्रै जाने ब्यवस्था गरे पनि लागु हुन सकेको छैन ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top