Free songs
Home / समाचार / संक्षिप्त समाचार / छात्रवृत्ति छनोट परीक्षामा एक्काइसजना सहभागी

छात्रवृत्ति छनोट परीक्षामा एक्काइसजना सहभागी

 

महेश रिजाल

भालुवाङ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा बुढानीलकण्ठ स्कूल काठमाडौंले बुढानीलकण्ठ स्कूल तथा साझेदारीकार्यक्रमअन्तर्गतको छात्रवृत्ति छनोट परीक्षा राप्ती गाउ“पालिका–१ पुल्चोक भालुवाङस्थित स्वर्गद्वारी प्राथमिक विद्यालय केन्द्रमा सम्पन्न भएको छ।

परीक्षामा दाङबाट तीन, प्युठानबाट आठ, रुकुमपश्चिमबाट तीन, रोल्पाबाट पा“च, सल्यानबाट एक, गुल्मीबाट एक गरी जम्मा २१ जना छात्रछात्रा सम्मिलित थिए। शैक्षिक सत्र २०७६ का लागि वि.सं. २०६५ वा ०६६ मा जन्म भई कम्तिमा दुई वर्ष अगाडिदेखि स्थानीय सामुदायिक विद्यालयमा नियमितरुपमा अध्ययन गरी शैक्षिक सत्र २०७५ मा कक्षा ४ अध्ययन गरेका छात्रछात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय (लोपोन्मुख÷दलित÷मुस्लिमसहित तथा बेपत्ता परिवार÷ जनजाति÷पिछडिएको क्षेत्र÷महिला) समेतको प्रतिनिधित्व हुने गरी खुला प्रतियोगिताबाट छात्रवृत्तिका लागि छनोट गर्ने कार्यक्रमअन्तर्गत उक्त परीक्षा लिइएको हो।

उक्त परीक्षा सञ्चालन गर्न बुढानीलकण्ठ स्कूल काठमाडौंबाट सहायक प्रधानाध्यापक तिमिला शाक्य आचार्य र सहायक शिक्षिका निर्जला पौडेल खटिनुभएको थियो भने जिल्ला शिक्षा समन्वय इकाई दाङबाट खटिई आउनुभएका प्रतिनिधि एवं नमूना आदर्श माध्यमिक विद्यालय लालमटियाका प्रधानाध्यपक किरण पोख्रेलसमेतको उपस्थिति रहेको थियो । परीक्षा केन्द्रमा आवश्यक ब्यवस्थापन स्वर्गद्वारी विद्यालय ब्यवस्थापन समितिले मिलाएको थियो। उक्त छात्रवृत्ति परिक्षा यस अगाडि पनि यसै विद्यालयमा दुईपटक सम्पन्न भएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top