Free songs
Home / समाचार / संक्षिप्त समाचार / एपिएफ र नेपाली सेना अपराजित

एपिएफ र नेपाली सेना अपराजित

घोराही  (युस)– घोराहीमा जारी राष्ट्रिय पुरुष बास्केट बल प्रतियोगितामा विभागीय टिम नेपाली सेना र सशस्त्र प्रहरीले अपराजित यात्रा कायमै राखेका छन। शुक्रवार सालघारीमा भएको प्रतिस्पर्धामा नेपाली सेनाले प्रदेश नं. २ लाई ९०–२३ को फराकिलो अंकले हरायो।

यसअघि पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई ७८–३७ अंकले पराजित गरेको थियो। त्यस्तै अर्को विभागीय टिम सशस्त्र प्रहरीले शुक्रवार कर्णाली प्रदेशलाई ९२–३२ को ठूलो अन्तरले पराजित ग¥यो। उसले पहिलो खेलमा ७४–४० अंकको अन्तरमा पा“च नम्वर प्रदेशलाई पराजित गरेको थियो।

शुक्रवार बिहान भएका अन्य दुई खेलमा प्रदेश नं. ३ र गण्डकी प्रदेश विजयी भएका छन्। प्रदेश नं. ५ लाई ४८–९४ को दोब्बर अंकले प्रदेश नं. ३ ले हरायो भने ४९–७९ अंकले प्रदेश नं. १ लाई हराउ“दै गण्डकी प्रदेशले जित निकाल्यो।

यसैगरी आज शनिवारदेखि महिला बास्केट बल प्रतियोगिता शुरु हुने बास्केट बल संघ दाङका अध्यक्ष विपीन श्रेष्ठले जानकारी दिनुभयो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top