Free songs
Home / फिचर समाचार / रकगार्डेनको डिपिआर हुँदै

रकगार्डेनको डिपिआर हुँदै

 सागर रिजाल

प्युठानत। झिमरुक गाउपालिका–५ ढाडस्थित झिमरुक रकगार्डेनको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) अन्तिम चरणमा पुगेको छ । गाउपालिकाभित्र प्रशस्त पर्यटकीय क्षेत्र रहेका र तिनको विकास तथा प्रवद्र्धनमा सहयोग पु¥याउन झिमरुक गाउ“पालिका–५ ढाडमा रक गार्डेन निर्माण गर्ने झिमरुक गाउ“पालिकाका अध्यक्ष तिलक जिसीले बताउनुभयो। रकगार्डेन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न २० लाख रुपैया“ बजेट विनियोजन गरिएको उहा“ले बताउनुभयो। गाउ“पालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको उहा“ले जानकारी दिनुभयो।

चट्टानै चट्टानको गार्डेनमा पर्यटकीयस्थलका लागि आवश्यक पर्ने विभिन्न भौतिक पूर्वाधार निर्माण गरिने छ। प्राविधिकरुपमा आयोजनालाई कस्तो बनाउने भनेर निर्माणपूर्व तयार गरिने आर्थिक, भौतिक, सामाजिकलगाएका सबै विषय डिटेल प्रोजेक्ट रिपोर्ट समावेश गरिएको गाउ“पालिकाले जनाएको छ। पर्यटन मन्त्रालयले देशभर एक सय पर्यटन गन्तव्य घोषणा गरेस“गै प्युठान जिल्लामा ऐतिहासिक धार्मिकस्थलको रुपमा परिचित स्वर्गद्वारी नगरपालिकाअन्तर्गत पर्ने स्वर्गद्वारी र झिमरुक गाउ“पालिका–५ स्थित झिमरुक रकगार्डेन परेस“गै डिपिआर तयार गरी काम थाल्ने गाउ“पालिकाका अध्यक्ष तिलक जिसीले बताउनुभयो।
रकगार्डेनमा विभिन्न संरचना बनाइने

झिमरुक नदी किनारमा रहेका ढुंगालाई वर्र्षाैदेखि नदीको वहावले खियाएर विभिन्न आकृति बनेका छन्। जताततै नदी किनारमा ढुंगा हुन्छन्। तर झिमरुकको जस्तो कलात्मक देखिदैन्। रक गार्डेन मानव निर्मित होइनन्, परापूर्वकालमा पहिरो गएर ढुंगा थुप्रिएको हुनसक्ने स्थानीय बताउ“छन। हुन त चट्टान सबै खोलामा हुन्छन् तर यहा“को चट्टान अलि भिन्न प्रकारका छन्। विभिन्न आकार प्रकारमा रहेका चट्टानहरु सा“च्चै आकर्षक देखिने स्थानीय बताउ“छन्। रकगार्डेनको डिपिआर आउटडोर र इनडोर गरेर दुई भागमा विभाजन गरिएको छ। गार्डेनको आउटडोरमा शौचालय, पार्किङ, टिकट काउन्टर, परामर्श कक्षलगायतका संरचना निर्माण हुनेछन भने इन्डोरभित्र विभिन्न आरामकक्ष जसलाई ढुङ्गा क“ुदेर तयार गरिएको प्रतीक्षालय, नेपालमा पाइने सबै प्रकारका ढुङ्गाको मिनी रकगार्डेन हुने गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसालले जानकारी दिनुभयो ।

त्यस्तै गार्डेनमा साना नानीबाबुहरुको लागि भुलभुलैया प्रकारको चिल्ड्रेन पार्क, अत्याधुनिक प्रविधियुक्त सभाहल, भ्यूटावर, होटल र विभिन्न ढुङ्गाको आकृतिसहितको देशकै नमूना रकगार्डेन हुने गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी गराउनुभयो।

पर्यटक घुमाउने पालिकाको योजना
झिमरुक गाउ“पालिकाले पर्यटकहरु घुमाउने योजनासहित बगैंचा निर्माण गर्न लागेको छ। प्राकृतिक सौन्दर्यताप्रति स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने गरी गार्डेन निर्माण गर्न लागेको गाउ“पालिका अध्यक्ष जिसीले बताउनुभयो। ‘पर्यटकलाई घुमाउने र लोभ्याउने गरी चट्टानको बगैंचा बनाउन लागेका छौं’– उहा“ले भन्नुभयो– ‘पर्यटकीय सम्भावना बोकेको स्थान भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।’ चट्टानमा प्राकृतिकरुपमा बनेका चित्रले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सहज हुने विश्वास लिएको उहा“को भनाइ छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top