Free songs
Home / समाचार / संक्षिप्त समाचार / युएम ब्राण्डको बुलेट बाइक घोराहीमा

युएम ब्राण्डको बुलेट बाइक घोराहीमा

गोविन्द खड्का

घोराही । कालिका ट्रेड लिंक घोराही– १५ नवज्योति टोलले युएम ब्राण्डका बुलेट बाइक बजारमा ल्याएको छ। नेपालका लागि आईएमई ग्रुप आधिकारिक विक्रेता रहेको युएम बुलेट मोटरसाइकल राप्तीका लागि कालिकाले ल्याएको सञ्चालक सुरज बुढाथोकीले जानकारी दिनुभयो।

युवाहरुको चाहनालाई सम्बोधन गर्न अफरोडमा पनि उपयोगी हुने बाइक आएको बुढाथोकीले बताउनुभयो। उहाका अनुसार हाइपर स्पोर्ट र डिएस आर नामका डट बाइकहरु छन्। ग्राउण्ड क्लिरेन्स धेरै भएकाले उवडखावडमा कुद्न सक्ने, बस्नका लागि आरामदायी भएको, राम्रो पिकअप र माइलेज रहेको बुढाथोकीले जानकारी दिनुभयो। राप्तीका पहाडि जिल्ला तथा दाङका कालोपत्रे नगरेका कच्ची रोडमा अति उपयोगी हुने विश्वास छ।

चार लाखदेखि चार लाख २५ हजार मूल्यका बाइक रहेको बुढाथोकीले जानकारी दिनुभयो। नया वर्ष २०७६ को अवसरमा स्क्र्याच कार्डमार्फत पाच हजारदेखि एक लाखसम्म छुट सुविधा रहेको बुढाथोकीले जानकारी दिनुभयो। उहाका अनुसार बिक्री पछिको सेवा सर्भिस, पार्टस पनि सजिलो बनाइने छ। लामो अनुभव सगालेका क्षमतावान् मिस्त्रीहरु राखिने छ। सवै पार्टस्हरु खोजेको बेलामा पाउने व्यवस्था मिलाइने छ। एउटै भवनमा सबै सुविधा हुनेगरी शोरुम डिके पेटोलपम्पको उत्तरतर्फ अम्बिकेश्वरी कलेज नजिकै स्थापना गरिएको छ। दुई सय देखि दुईसय ५० सिसिसम्मका बाइकहरु छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top