Free songs
Home / समाचार / संक्षिप्त समाचार / बजाज आरई र म्याक्सीमा सीको नयाँँ वर्ष योजना सार्वजनिक

बजाज आरई र म्याक्सीमा सीको नयाँँ वर्ष योजना सार्वजनिक

युगबोध समाचारदाता

घोराही । बजाज तीन पांग्रे बजाज आरई र म्याक्सीमा सी को एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नया“ वर्ष २०७६ को योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘अब नो चिन्ता गर्मीमा– आरई वा म्याक्सीमा सी किन्दा फ्रिज सित्तैमा’ भन्ने नारासहित यो योजना ल्याएको हो।

नया“ वर्ष २०७६ को अवसरमा कम्पनीले ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ जसमा ग्राहकहरुले बजाज आरई वा म्याक्सीमा सी किन्दा हिमस्टारको १९० लिटरको फ्रिज सित्तैमा पाउनेछन्। यो योजना २०७५ साल चैत १५ गतेदेखि २०७६ जेठ १५ गतेसम्म लागु हुनेछ। यो अफर बजाज आरई र म्याक्सीमा सी का सबै आधिकारिक डिलरहरुमा उपलब्ध रहेका छन्।

हसंराज हुलासचन्द एण्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले भन्नुभयो– ‘नेपालीहरुको उल्लासमा अझ उत्साह थप्ने नया“ वर्ष नजिकिदैछ। हामी हाम्रा ग्राहकवर्गमा यो रमाइलो क्षणमा उत्कृष्ट उत्पादन प्रदान गर्नुका साथै उत्कृष्ट योजनाहरु पनि प्रदान गर्नेछौं।’ हाम्रा बजाज आरई र म्याक्सीमा सी का ग्राहकहरु १९० लिटरकोे हिमस्टार फ्रिज फ्रि पाउ“दा खुशी हुने उहा“ले विश्वास व्यक्त गर्नुभयो।

बजाज आरई र म्याक्सीमा सी ले विदेशमा रोजगारीको अवसर खोजिरहेका र विदेशबाट फर्किएकाहरुका लागि स्वदेशमै रोजगारीको व्यवस्था सिर्जना गर्न अग्रसर रहेको छ। बजाज आरईमा तीन वर्षे बीमा योजना रहेको छ। बजाज आरईले चालकहरुका लागि रु. पा“च लाखको स्वास्थ्य बीमा र रु. २० लाखको अकस्मात बीमा योजना ल्याएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top