Free songs
Home / समाचार / प्रमुख समाचार / प्रधानमन्त्री स्वरोजगार कार्यक्रम : स्वरोजगारको आवेदन दिन बेरोजगारको लाम

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम : स्वरोजगारको आवेदन दिन बेरोजगारको लाम

गिरिराज नेपाली

घोराही । बिहानको करीब साढे १० बज्नै आटेको थियो। चैते धुप विस्तारै बढ्दै थियो। सबैका अनुसार पसिनाले लुुत्थ्रुुक्क भिजेका थिए। कसैले छाताले घाम छेक्दै थिए। कोही छाया खोज्दै यताउती छेउकुना हेर्दै बस्दै थिए। तर पनि घामको कुनै पर्वाह थिएन। उनीहरू सबै हात–हातमा बेरोजगार दर्ताको लागि दिने निदेवन समातेर उभिएका थिए। मंगलवार घोराही उपमहानगरपालिका वडा नं. १२ को कार्यालय हापुर बिजौरी पुुग्दा यस्तै दृश्य देखिन्थ्यो। कार्यालयका ढोका खुलिसकेका थिए।

कर्मचारी पनि कार्यालय पुगिसकेका थिए केही। केही आउ“दै गरेका देखिन्थे। कार्यालयको गेटदेखि सेवा कक्षसम्म महिला पुुरूषको उत्तिकै भीड थियो। कति गेट बाहिरै बसेर बेरोजगारका दर्ताको निवेदन लेखिरहेका थिए। निवेदन लेखिसकेकाहरू लाइनमा उभिएका थिए। प्रायः सबै हतारमा थिए। छिट्टोछिट्टो काम सक्न यताउति गरिरहेका थिए। १८ देखि ५९ वर्ष उमेर समूहका युवायुवती र बयस्कहरूले कार्यालय परिसर भरिएको थियो।

पाए रोजगार नपाए भत्ताको मोहले लाइनमा उभिनु, घाम खानुु कुनै दुख्ख नभएको घोराही–१२ हापुरकी चेतना रोका मगरले बताउनुुभयो। कक्षा १२ उत्तीर्ण गरिसक्नुुभएकी रोकाले आर्थिक अभावका कारण न उच्च शिक्षा पढ्न पाउनुुभयो। न आफूले हासिल गरेको शिक्षाअनुुरूपको कुनै रोजगार पाउनुुभयो। जसका कारण बेरोजगार भइ घरमै बसिरहनुुपरेको सुुनाउनुभयो। उहा“ले भन्नुभयो– ‘सरकारले सके काम न सके भत्ता दिने भनेको छ। त्यसकै लागि फाराम भर्न आएकी हु“।’ बेरोजगारहरूलाई सरकारले आफै रोजगार दिने भएपछि निकै उत्साहित बनाएको उहा“ले सुनाउनुुभयो। जसका कारण गाउ“भरका सबै युवायुुवती, संगीसाथी, काका, काकीलगायतका सबै निवदेन दिन आएको उहा“ले बताउनुुभयो।

एक हातमा निवेदन र अर्काे हातमा नागरिकताको फोटोकपी समातेर लाइनमा उभिनुभएका सोही ठाउ“का २३ वर्षीय विनोद बिक पनि लुुत्थुु्रक्क पसिनाले भिज्नुुभएको थियो। रोजगारी  पाइने आशमा निवदेन दिन आउनुभएका बिकले भन्नुुभयो– ‘बा दिने मात्रै हो। न धेरै पढ्न सकियो, न पेशा व्यवसाय गर्न लगानी नै लगाउन सकिन्छ। हातमा कुनै सीप छैन। कि यो पनि त्यत्तिकै हुने हो। खै  त्यति विश्वास ला छैन मलाई।’ सबैले निवेदन दर्ता गराउ“दा आफूूलाई पनि गराउने भन्ने इच्छा लागेको उहा“ले बताउनुुभयो। कक्षा १२ उत्तीर्ण गर्नुभएका बिकले पनि आर्थिक अभावका कारण न पढ्न, न केही पेशा व्यवसाय गर्न सकेको बताउनुुभयो। बेरोजगारलाई सरकारले रोजगार बनाउन निवदेन माग गर्दा आफूलाई निकै उत्साहित बनाएको उहाले बताउनुुभयो। रोजगारका लागि सरकारले माग गरेको आवेदन दर्ता गर्न वडा वडामा बेरोजगारहरूको भीड लागेको छ। जसले बेरोजगार युवायुुवतीहरूलाई उत्साहित बनाएको छ।

 

१५ हजार निवेदन वितरण
नेपाल सरकारको चैत ४ गतेको मन्त्रिस्तरीय निर्णयले १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगारहरूलाई स्वरोजगार बनाउने उद्देश्यले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ। जसका लागि यही चैत १४ देखि २९ गतेसम्म बेरोजगार दर्ताका लागि आवेदन खुला गरेको घोराही उपमहानगरपालिका रोजगार संयोजक शरद पाण्डेले बताउनुुभयो। घोराही उपमहानगरपालिकाका १९ वटै बडाहरुमा १५ हजार बढी निवेदन वितरण भएको बताउनुुभयो।

सरकारले चालु आर्थिक वर्षमा असार मसान्तसम्ममा निवेदन लिने, छानबिन गरी आवश्यक तयारी पूरा गर्नेलक्ष राखेको छ। चैत मसान्तसम्ममा निवेदन दर्ताको काम सकिएपछि बैशाख छानविन समिति गठन गरी आवश्यक छानबिन प्रक्रिया शुरू हुने बताउनुभयो। प्रत्येक स्थानीय तहका प्रमुखको संयोजकत्वमा पा“च सदस्यीय छानबिन समिति गठन गरिएको छ। छानबिनपछि बेरोजगार परिचयपत्र वितरण गरिनेछ। परिचयपत्र वितरणपछि आवश्यक काम आगामी आर्थिक वर्ष २०७६÷७७ को मध्यभागबाट सरकारले शुुरु गर्ने तयारी गरेको उहाको भनाइ छ।

निवदेन दर्ता गराएकारूको सीप दक्षताका आधारमा सरकारले एकसय दिन बराबर रोजगार दिनेछ। जसका लागि नेपाल सरकारले निर्माणाधीन पूर्वाधारहरूमा निर्माण कम्पनी रोजगार केन्द्रबाट आवश्यक जनशक्ति ब्यवस्थापन गर्ने सरकारले तय गरेको उहाको भनाइ छ। विकास निर्माणमा उक्त जनशक्ति परिचालन गरिनेछ भने निवेदन दर्ता गरेका परिवारका कुनै सदस्य कुनै सरकार वा गैरसरकारी, निजी संघसंस्था, पेशा व्यवसायमा संलग्न नभएको वा बैदेशिक रोजगारमा पनि नगएको भएमा सरकारले एक सय दिन बराबरको भत्ता दिने उहा“ले जानकारी दिनुुभयो। उहाले भन्नुुभयो– ‘निवेदकको सीप र दक्षताका आधारमा सय दिन काम दिनेछ भने काम पनि गर्न नसक्ने, आर्थिक आम्दानीको कुनै स्रोत नभएका परिवारलाई सय दिनको भत्ता दिनेछ।’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top